समिर र बिद्याको जोडीले पायो एक करोड

बिहिबार, कार्तिक १५, २०७५

loading...


काठमाडौँ । गायक समिर आचार्य र गायिका बिद्या तिवारीको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ । लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका छन्  ।

गायिका बिद्या तिवारी भोइस अफ नेपाल कि एक शसक्त प्रतिस्पर्धी रहेकी छन् ।  विदेशमा रहेर पनि नेपाली सांगीतिक बजारमा समिर ले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका छन् । यस गीतको शब्द तथा संगीतमा राजेन्द्र भट्ट र सन्तोष कुमार रहेका छन् भने छायाँकार राम कुमार केसीले म्युजिक भिडियोलाई छायांकन गरेका हुन् ।
निर्देशक टेकेन्द्रशाहले निर्देशन गरेको यस भिडियोमा चर्चित नायिका आंचल शर्मा र सुसान्त खत्रीको बेजोड नृत्यको साथमा अभिनय देख्न सकिन्छ । छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल गित “पिच रोड” को सफलता देखेर गायक समिर अहिले दङ्ग परेका छन् ।

नेपाली गित संगीत प्रेमीहरुको अपार माया तथा यस गितको म्युजिक भिडियोलाई दर्शकहरुले अत्याधिक मनपराई दिएकोमा सम्पूर्ण भिउर्सहरुलाई गायकले धन्यबाद समेत दिएका छन् भने आगामी दिनहरुमा समेत यस्तै माया र साथको अपेक्षा समेत गरेका छन् ।

हेर्नुहाेस भिडियाे

85 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank