‘अमेरिकन बाबु मेड इन नेपाल’ युट्युबमा रिलिज

शुक्रबार, चैत्र २२, २०७५

loading...


काठमाडौं । ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ नायिका नन्दिता केसीको पछिल्लो चलचित्र हो । ईश्वर आर थापाको निर्देशनमा अमेरिकामा निर्माण गरिएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ युट्युब रिलिज गरिएको छ ।

राजेश गुरुङ, मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका सो चलचित्रमा नन्दिता केसी, स्मृति पोखरेल, इशान ढकाल, कृश थापा, राजेश गुरुङ, अन्जली लामा, प्रवेश उप्रेती, प्रियंका अईयर, रघु गिरी, जंगबु शेर्पा, सुरेन्द्र बास्तोला, आर जे सी, मे नोभ्याक आदि कलाकारको अभिनय रहेको छ ।

बाबु बोगटीको संगीत रहेको उक्त चलचित्र बाबु बोगटी, मिलन अमात्य, जगदीश समाल आदिको स्वर रहेको छ । शम्भु मोक्तानको सिनेमाटो ग्राफी रहेको उक्त चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलसँग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म ड्रिम्स गेट नेपालको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको निर्देशक ईश्वर थापाले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata