प्रवेशपौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’को चर्चा

आइतवार, जेष्ठ २०, २०७५

loading...


शुक्रबारदेखी प्रदर्शनमा आएको छ । चलचित्र ‘अमेरिका बोईजले दर्शकबाट राम्रो प्रतिकृया पाएको छ। शुक्रबार र शनिबार हलहरुमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पाएको छ।

चलचित्र हेर्ने अधीकांस दर्शकहरुले ‘फिल्म रमाईलो र राम्रो छ’भन्ने बताएका छन।करिब २ घन्टा १०मिनेट लामो यो फिल्मले दर्शकलाई पूर्णरुपमा मनोरञ्जन दिन्छ। हिरा र चिठ्ठा परेको टिकट फिल्मको मुख्य कथा हो।

फिल्ममा अमेरिकाको डीभी पर्यो भनेर घरबाट ३–३ लाख रुपैयाँ मगाएर काठमाण्डौमा मोज गर्ने३ यूवाको कथालाई बेजोडरुपमा प्रस्तुत गरिएको छ।वास्तवमा फिल्ममा पस्किएका मसलाले दर्शकले फिल्महे रुन्जेल कही कतै दिक्कर अल्छी मान्ने दृश्य भेटिदैन।कमेडी जनरामा निर्माण भएको फिल्मले दर्शकलाई हँसाउदा हँसाउदै कुन बेला रुवाउछ पत्तै पाईदैन।फिल्ममा मुख्य गरेर यूवाहरुले भोगेको पीडा र गलत कामगर्दा बेहोर्नुपर्ने समस्यालाई समेट्ने प्रयास गरिएको छ।

‘अमेरिका बोइज’प्रवेश पौडेलको पहिलो निर्देशकिय फिल्म हो।।फिल्म मुख्यतःअभिनेता अर्पण थापा, कलाकार अभय बरालर अशिषप्रसाईंको वरपर घुम्दछ।यी तीन पात्रले दर्शकलाई हँसाउँदै अन्त्यमा रुवाएका छन्।नायक अर्पण थापाले यो चलचित्रमा उत्कृष्ट काम गरेका छन्। अभय र आशिष। पनि आफ्नो भूमिकामा जमेका छन्।कमेडी जनरा भएकाले पनि होला फिल्ममा कमेडी उत्कृष्टछ।
यी सँगै अभिनेता हरिहर शर्मा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरसिया, शारदागिरी, रश्मीभट्ट, रमा थपलिया लगायत कलाकारहरुको अभिनय छ। नवनायिका सृष्टिकेसीले पनि आफ्नो भूमिकालाई न्याय गरेकी छन्।

‘अमेरिकाबोइज’प्रकाश भूजेल र ईन्द्रप्रसाद खरेलको संयुक्त लगानीमा निर्माणमा बनेको फिल्म हो।दर्शक प्रतिक्रियाबाट हल मादर्शक बढ्ने निर्माण पक्षले आशा राखेको छ।

165 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank