दीपिकाका एक्स रणवीर आलियाका फेभरेट, यस्तो छ कारण

आइतवार, पुस २३, २०७४

loading...


आलिया भट्ट अहिले रणबीर कपुरको साथमा फिल्म ‘ब्रह्मास्त्र’को शूटिङमा व्यस्त छिन् । यो फिल्म पछि रणवीर सिंह संग जोया अख्तरको फिल्म ‘गल्ली बाँया’ को शूटिङमा व्यस्त हुन्छिन् । हालै एमएएमआई फेस्टिवल २०१७ मा जब आलियालाई सोधियो कि उनको फेवरेट स्टार को हो भनेर, उनले जवाफ दिइन् रणवीर कपुर ।

तर केही दिन पहिला भएको एक अवार्ड कार्यक्रममा उनले रणवीरु सिंह आफ्नो मनपर्ने कलाकार भएको बताएकी थिइन् । अब साँचो के हो त्यो त खुद आलिया नै बताउन सक्छिन् । अहिलेलाई भने फिल्म ‘ब्रह्मास्त्र’को शूटिङमै व्यस्त छिन् आलिया ।

समाचारका अनुसार आफ्नो व्यस्त शेड्यूलमा रहेका कारण आफ्नै बुवा चर्चित फिल्म डाइरेक्टर महेश भट्टको फिल्म ‘सडक’को सिक्वेल मा काम नगर्ने भएकी छिन् । यो फिल्ममा महेश भट्ट आलिया भट्टलाई लिएर बनाउन चाहन्छन् ।

यसकारण उनी अर्काे डेटको लागि पर्खिरहेका छन् । रणवीर कपुर र आलिया भट्टले नयाँ वर्षको उत्सव एकै साथ इजरायलमा मनाएका छन् । फिल्म ‘ब्रह्मास्त्र’का डाइरेक्टर अयान मुखर्जी हुन् । हालै सामाजिक सञ्जालमा अयान, रणवीर र आलियाको फोटो भाइरल भएको थियो ।

253 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank