नवमोडल कार्कीको सफल नायिका बन्ने लक्ष्य

बिहिबार, माघ ४, २०७४

loading...


एलिना कार्की मोडलिङ क्षेत्रमा पाइला चाल्दैछिन् । मोडलिङबाट यात्रा अगाडि बढाएर सफल नायिका बन्ने उनको लक्ष्य छ । दर्शकको माया र साथ पाए सुपरस्टार नै पो भइन्छ कि भन्ने सोच भएकी कार्कीसँग नेपालपाटी डटकमले गरेको संक्षिप्त कुराकानीः

alina final

कसरी लाग्नुभयो कलाकारिता क्षेत्रमा ?
मिस कलेज नेशनलमा भाग लिएको थिएँ । त्यहींबाट नै म कलाकारिता क्षेत्रमा अगाडि बढेँ ।

घरपरिवारको साथ छ कि छैन् ?
घरबाट शुरुमा त त्यति सपोर्ट थिएन । त्यो प्रतियोगितामा पनि कर गरेपछि मात्र जान दिनुभएको थियो । अहिले चाहिँ पहिलाको भन्दा अलि बुझ्नुहुन्छ । पूरा सपोर्ट चाहिँ अहिलेसम्म पनि पाएको छैन् ।

कसरी अगाडि बढ्दै हुनुहन्छ त ?
म नयाँ मोडल हुँ । अलिअलि कामहरु गरिरहेको छु । पढाइ पनि चल्दैछ । पढाइ पुरा गरेपछि कलाकारिता क्षेत्रमै अगाडि बढ्न चाहन्छु ।

कलाकारितामा लागेपछि सवैभन्दा खुशी भएको क्षण कुनै छ ?
धेरै मान्छेहरु चिन्न पाएँ । मलाई पनि धेरैले चिन्न थाले । रेस्पेक्ट गर्न थाले । त्यसैमा खुशी लाग्छ ।

अनि सवैभन्दा दुःशी भएको क्षण चाहिँ ?
त्यस्तो दुःखी भएको क्षण त छैन । तर, प्रतिष्पर्धाको बेला साथीहरुसँग रमाइलो हुन्थो । फाइनल राउण्ड हुँदादेखि चाहिँ अव साथीहरुसँग नभेटिने भयो भनेर दुःख लाग्यो । हामीलाई कोरियोग्राफी गर्नुभएको मिस नेपाल २००० उषा खड्गी म्यामसँगको अन्तिम दिन धेरै दुःखी भएको थिएँ ।

तपाईलाई सवैभन्दा मनपर्ने कलाकार को हो ?
साम्राज्ञी राज्यलक्ष्मी शाह ।

कला क्षेत्रमा मायाप्रेमका कुरा धेरै हुन्छन किन् ?
मायाप्रेम धेरै किसिमका हुन्छन र जुन सुकै क्षेत्रमा पनि हुन्छन् ।

तपाईको विचारमा लभ के हो ?
जव कसैसँग मन, विचार मिल्छ र साथ हुन्छ तब लभ हुन्छ । लभ विश्वासमा अडिएको हुन्छ ।

alina 2

भविश्यको लक्ष्य के छ ?
सवैभन्दा पहिला त बुबा–आमालाई दुःखबाट बाहिर निकालेर खुशी र सुशी राख्न पाउँ । मोडलिङबाट अगाडि बढेर सफल नायिका बन्ने लक्ष्य छ ।

नेपाली कला क्षेत्रका राम्रा र नराम्रा पक्ष के–के लाग्छन् ?
अहिले नेपाली कलाकारिता क्षेत्र पहिलेको भन्दा राम्रो हुँदै गएको छ । पब्लिकले पनि कला क्षेत्रलाई बुझ्न थाल्नुभएको छ । कला क्षेत्रबाट समाजमा चेतना फैलाउन सकिन्छ । कलाकार बन्नका लागि जे पनि गर्ने गरेको पनि सुनिन्छ, त्यो चाहिँ नराम्रो पक्ष हो ।

अन्त्यमा ?
दर्शकहरुको माया र सपोर्ट आवश्यक छ । उहाँहरुको साथ भयो भने के थाहा भोलि सुपरस्टार नै पो भइन्छ कि ? बुबा, ममी, सम्पूर्ण परिवार र मेरो मायालु साथीहरु अनि मेरो अन्तर्वार्ता पढ्ने सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु । मिठो अन्तर्वार्ताका लागि हजुरलाई पनि धन्यवाद ।

707 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank