गायक मगियाको जुनी जुनी सार्वजनिक

बुधबार, जेष्ठ ९, २०७५

loading...


काठमाडौँ ।

गायक ईश्वर मागीयाको जुनी जुनी नामक एल्बम बजारमा आएको छ । विगत एक दशकदेखि सांगितीक क्षेत्रमा सक्रिय रहदैँ आएका उनको यो दशौँ एल्बम हो ।
सो एल्बममा स्वर संगीत शब्द सबै उनी आफैँले दिएका छन् ।
टच नामक गीती एल्बम बाट संगीत क्षेत्रमा प्रवेश गरेका उनले हालसम्म ,स्पन्दन,स्पन्दन२,प्रयास लालिमा , कान्छी जस्ता दर्जनौ एल्बम बजारमा आएका छन् ।
काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका उनमा सानै देखी कलाकारिता क्षेत्रमा रुची थियो ।
भारतको ईलाहाबादमा रहेको प्रयाग संगीत समितीबाट यससम्बन्धी औपचारिक शिक्षा लिएका उनले वि सं २०६५ सालमा रेडियो नेपालको स्वर परिक्षा उतीर्ण गरेका हुन ।
साथै उनको अभिरुची सोलो संगीतमा पनि छ ।उनको एक्लो जीवन ,चाहाना, सफलता नामक सोलो संगीतको एल्बम पनि बजारमा छ । काठमाडौको त्रिपुरेश्वरमा संगीत विधालयको स्थापना गरेका उनले संगीत पनि सिकाउँदै आईरहेका छन् ।

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank