अक्षय कुमारको शुरुवाती करिअरको पीडा

सोमवार, मंसिर ११, २०७४

loading...


एजेन्सी- अभिनेता अक्षय कुमार यतिबेला सिनेमा ‘पेडम्यान’ र ‘मुगल’को छायाकंनमा व्यस्त छन् । सिनेमाको छायाकंनका क्रममा आफ्ना पुराना दिनहरु याद गर्दै अक्षयले एक अनलाईन पोर्टलसँगको कुराकानीमा सिनेमा ‘फूल और काँटे’सँग जोडिएको एउटा रहस्य खोलेका छन् । अजय देवगनको डेब्यु सिनेमा ‘फूल और काँटे’मा पहिले अक्षय कुमार फाईनल भएका थिए । सिनेमामा फाईनल भईसकेका अक्षयलाई एकदिन अचानक मध्यरातमा फोन आयो । निर्माण पक्षले फोन गरेर उनलाई सिनेमाको छायाकंनमा आउनु नपर्ने बतायो । उक्त फोनमा अक्षयलाई उनको ठाउँमा अरुलाई नै लिईएको जानकारी पनि दिईएको थियो ।

‘फूल और काँटे’ सन् १९९१ मा रिलिज भएको सिनेमा हो । अक्षयले यसै वर्ष सिनेमा ‘सौगन्ध’मार्फत डेब्यु गरेका थिए । तर उनको यो सिनेमा भने खासै सफल हुन सकेन । अहिले राम्रा ब्यानरका सिनेमाको अफरलाई समेत अस्विकार गर्ने अक्षय सिनेमा ‘जो जिता वहि सिकन्दर’मा पनि रिजेक्ट भएका थिए । सिनेमामा भिलेनको भूमिकाका लागि अडिशन दिएका अक्षयलाई रिजेक्ट गरिएको थियो । पछि उनको ठाउँमा अभिनेता दीपक तिजोरीलाई लिईएको थियो । अक्षयले करिअरको शुरुवातमा बीआर चोपडा, रवि चोपडा, राज सिप्पी, प्रमोद चक्रवर्ती लगायतका निर्देशकहरुको सिनेमामा अडिशन दिए तर उनी सफल भएनन् । पछिल्लो समयमा अक्षय कुमारले सिनेमा बाजीगर, भाग मिल्खा भाग, रेस जस्ता सफल सिनेमा गर्न मानेनन् । यसका साथै उनलाई हलिवुड सिनेमा ‘द रक’ पनि अफर भएको थियो । तर उनले यसमा पनि काम गरेनन् ।

फोटो खिचिने आसमा सित्तैमा काम
करिअरको शुरुवातमा पैसा नभएका कारण अक्षयले पोर्टफोलियोको लागि फोटो समेत खिचाउन सकेनन् । यहि कारण उनले जय सेठलाई बिना पारिश्रमिकमै सघाउन शुरु गरे । उनले जयलाई सघाउनुको कारण थियो तस्बिर खिचाउन पाईने आस । उनको यो आसा एकदिन पूरा पनि भयो । उनका तस्बिर खिचिए ।

सिनेमा उद्योगले दिएको नाम
करिअरको शुरुवातमा अक्षय कुमारलाई महेश भट्टको सिनेमा ‘आज’मा जम्मा सात सेकेण्डको भूमिका मिलेको थियो । यसमा उनी मार्शल आर्ट टिचरको भूमिकामा थिए । यस सिनेमामा मुख्य अभिनेता कुमार गौरवको नाम अक्षय थियो । त्यस बखतका राजिव भाटिया (अक्षय कुमार)लाई यो नाम यति मन पर्यो कि उनले आफ्नो नाम नै परिवर्तन गरेर अक्षय कुमार राखिदिए । अक्षयले पछि सिनेमा उद्योगमा लागेर अर्को नाम पनि पाए, खेलाडि । सिनेमा ‘खेलाडि’ पछि उनलाई धेरैले खेलाडि भनेर बोलाउन थाले ।

586 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank