अभिनेत्री सोफियाले भनिन्, ‘सलमानलाई पैसाले मिलेको जमानत’

आइतवार, चैत्र २५, २०७४

loading...


काठमाडौं । कालो हरिण शिकारको मुद्दामा पाँच वर्षको जेल सजाय पाएका बलिउड नायक सलमान खानलाई जमानत मिले पछि उनका प्रशंसकहरु धेरै खुसि भएका छन् ।

शनिवार सलमानलाई जमानत मिलपछि जोधपुर देखी मुंबई सम्मका प्रशंसकहरुले आताबाजी गर्दै मिठाइ बाडेका छन् । तर यो खवरले अभिनेत्री साथै पूर्व बिग बोस कंटेस्टेंट सोफिया हयात धेरै दुखि छिन् ।

सोफियाले सोशल मिडियामा सलमान खानको विरुद्ध पोष्ट गर्दै भारतीय रुपैंयाको फोटो पोष्ट गरेकी छिन् । यसको साथै उनले लेअखेकी छिन् कि यी जरुरी कागजात जम्मा गरेपछि सलमानलाई जमानत मिलेको छ ।

उनले अगाडी लेखेकी छिन्, यदी सबैसंग यस्ता कागजात भयो भने उनीहरुलाई अदालत जान आवश्यक पर्दैन । सलमानले यो कुरालाई पुष्टि गर्दिएका छन् कि भारतमा न्याय भन्दा बढी भ्रष्टाचार फैलिएको छ ।

अन्तमा उन्ले लेखेकी छिन्, जो व्यक्ति भारतीय कानुनमा विश्वास गर्छन मलाई उनीहरु प्रति सहानुभूती छ । जानकारी दिउँ की बिहीवार सलमान खानकलाई पाँच वर्षको जेल साजाय सुनाएपछि सोफियाले खुसि व्यक्त गरेकी थिइन् । उनले सलमानको फोटो पोष्ट गर्दै उनको फोटोमा  guilty  लेखेकी छिन् । साथै  being human काटेर  no more human लेखेकी थिइन् ।

salman-2
आजतक

259 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank