अभिनेत्री जीनत अमानद्वारा एक व्यापारी विरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता, आरोपी पक्राउ

शुक्रबार, चैत्र ९, २०७४

loading...


काठमाडौं । १९७० र १९८० को दशककी बलिवुडकी चर्चित अभिनेत्रि जीनत अमानले मुम्बई स्थितत जुहू पुलिस स्टेशनमा एक व्यापारी विरुद्ध बलात्कारको आरेपमा मुद्दा दर्ता गराएकी छिन् । समाचार एजेन्सी एएनआई को अनुसार, आरोपीलाई बिहीवार पक्राउ गरेको थियो । प्रहरीले आरोपीलाई आज अदालतमा प्रस्तुत गर्नेछ।

समाचार एजेन्सीको अनुसार, यो मामला अपराध शाखालाई हस्तान्तरण गरिएको छ । अभिनेत्री जीनतले बलात्कार र धोखा दिएको आरोप लगाएकी छिन् । यो भन्दा अघि जनवरीमा पनि , अभिनेतात्री जीनतले व्यापारी विरुद्ध दुर्व्यवहार गरेको आरोपमा मुद्धा दर्ता गराएकी थिइन् । त्यसवेला पनि प्रहरीले आरापीलाई पक्राउ गरेको थियो ।

jinat-

उक्त व्यापारीले अभिनेत्री जीनतलाई अश्लिल म्यासेज पठाउँथे

जानकारी अनुसार, व्यवसायी ३८ वर्षका छन् । जीनतका अनुसार उक्त व्यापारीले उनको घरको परिसरभित्र गएर सुरक्षा गार्डलाई गालिव्यइजती गर्दै आक्रमण गरेका छन् । धेरै दिनदेखी अभिनेत्री जीनतको ह्वाटस्अपमा अश्लील म्यासेज पठाउँदै आइरहेका थिए । व्यवसायी प्रायः उनको पिछा गरिरहेको हुन्थ्यो । त्यसपछि प्रहरीले ३५४ (द), (५०९) आईटी एक्ट र अन्य खण्ड अन्तर्गत व्यवसायी विरुद्धमुद्दा दर्ता गराइएको आजतकले जनाएको छ ।

267 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank