क्यान्सर उपचाररत ऋषि कपुरले बनाए ‘बेबी फिल्टर’

आइतवार, जेष्ठ २६, २०७६

loading...


एजेन्सी । बलिवुडको चर्चित अभिनेता ऋषि कपुर यस समय न्युयोर्कमा आफ्नो उपचार गराईरहेका छन् । अमेरिकामा रहेता पनि ऋषि भारतमा हुनेगरेका गतिविधिमा सुक्ष्म नजर राखीरहन्छन् ।

सामाजिक सञ्जालमा कहिले फोटो पोस्ट गरेर होस् या स्टाटस राखेर होस् आफ्नो चहलपहल देखाईरहने ऋषि एकफेर फेरी चर्चाको केन्द्रमा समेटिएका छन् । कपुरले आफ्नो ट्वीटर अकाउन्टमा बलिवुड अभिनेता प्रेम चोपडाको एक गज्जबको फोटो सियर गरे पश्चात उनको सो फोटो सोसियल मिडियामा भाइरल भएको हो ।

ऋषि कपुरले सियर गरेको सो फोटोमा अभिनेता प्रेम चोपडा फिल्म ‘बबी(Bobby)’ को  हिस्सा बनेको देखिएको छ । तर रमाइलो कुरा के भने यस फोटोमा प्रेम चोपडा बच्चाको रुपमा देखिएका छन् । जहाँ बच्चा प्रेम चोपडाले चोरी औंला र माझि औंलाको बीचमा चुरोट च्यापेका छन् ।

फोटो सियर गर्दै उनले फोटो क्याप्सन लेखेका छन्, ‘बबीको प्रेम चोपडासँग पुन: भेटघाट ।’ फोटोमा ऋषिले अभिनेता चोपडाको सुप्रसिद्द डाइलग अर्कै अन्दाजमा लेखेका छन्, ” प्लेम नाम है मेला, प्लेम तोपला ।” ऋषिले यस फोटोको माध्यामद्वारा  ‘मजाक’ गर्दै अभिनेता प्रेम चोपडालाई सम्झिएका हुन् ।

Bobby revisited by Prem ji.

ऋषि कपुर लगभग ८ महिना (सेप्टेम्बर २०१८) देखि अमेरिकाको न्युयोर्क शहरमा क्यान्सरको उपचार गर्दैछन् । ऋषिलाई भेट्न थुप्रै बलिवुड कलाकार न्युयोर्क पुगीसकेका छन् । पछिल्लो पटक बलिवुड डाइरेक्टर राहुल रवेलले आफ्नो फेसबुकमा पोस्ट गर्दै बताएका थिए, ” ऋषि जी क्यान्सर मुक्त भइसकेका छन् । उहाँ छिट्टै घर फर्किदै हुनुहुन्छ ।”

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank