अभिनेता वरुण धवन भन्छन्, ‘म सलमान खानको लागि सोचेर बोल्दिन’

सोमवार, चैत्र २६, २०७४

loading...


काठमाडौं । बलिउड अभिनेता वरुण धवन र सुपरस्टार सलमान ख़ानबीचको मित्रतालाई लिएर प्रायः चर्चा हुने गर्छ । जब सलमान ख़ानलाई कृष्णसार शिकारको मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको थियो तब वरुण धवनले एक भावुक ट्वीट गरेका थिए । वरुण सलमानको घर पनि गए र उनले सलमानलाई अंगालो लगाएका थिए ।

फ़िल्म जुड़वा २ मा काम गरेपछि वरुण धवनको तुलना सलमान ख़ानसंग गरिहेका थिए । यस विषयमा वरुणले बीबीसीलाई भने, ‘मेरो तुलना सलमान ख़ानसंग हुनै सक्दैन । सलमान ठुलो हृदय भएका व्यत्ति हुन् । उनी आज जुन स्थानमा छन्, त्यो ठाउँ सम्म पुग्न मलाई गाह्रो छ ।

वरुणले भने, ‘हामी सबैलाई राहत मिलेको छ जब सलमान घरमा आए । म उनको घरमा गएको थिए र उनलाई भेटेको थिएं । सलमान ख़ान र उनका पूरा परिवार न्यायपालिकाको सम्मान गर्छन् । यदी म उनको लागि ट्विटरमा केही बोल्छु भने त्यो कामलाई ध्यानमा राखेर बोल्दिन । म पुरै आफ्नो व्यक्तिगत धारणा राख्छु ।

उनलाई म त्यो बेलेदेखी चिन्दछु जुनबेला म बच्चानै थिए । उनी मेरो लागि विशेष छन् । म उनको बारेमा जे बोल्छु हृदय देखी बोल्छु । कुनै सोच विचार गरेर बोल्दिन । अभिनेता वरुण धवन आजकल उनको आउन लागेको फिल्म ‘अक्टूबर’ को प्रमोशन मा व्यस्त छन् । यो फ़िल्म १३ अप्रिलमा रिलिज हुँदैछ ।
आजतक

263 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank