आँचलको फुलीमा पल्के पल

बुधबार, जेष्ठ ९, २०७५

loading...


काठमाण्डौ। नायक पल शाह नायिका आँचल शर्माको फुलीमा पल्केका छन् । गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियोमा पल र आँचल एकसाथ देखिएका छन् । गीतको भिडियोमा आँचलको पछि पछि पल देखिएका छन् ।

अचानक भेट हुँदा पल र आँचलको टकराव शूरु भएपछि पलले आफु आँचलको फुलीमा पल्केको बताईरहेको दृश्य भिडियोमा छ । विकास सुवेदीले भिडियो निर्देशन गरेका छन् । गीतमा एक नारायण भण्डारीका शब्द छन् भने आशिष अबिरलको संगीत छ ।

गीतमा पल र आँचलको साथमा शाइनिङ्ग डान्स क्रुको नृत्य छ भने नृत्य निर्देशन अनुराग ठकुरीको हो । अनिल के मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

यस्तो छ भिडियो हेर्नुहोस:

207 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank