काठमाडौंको एक होटलमा छापा, दुई अवैध यौनकर्मी सहित ७ जना पक्राउ

आइतवार, जेष्ठ ६, २०७५

loading...


काठमाडौं । काठमाडौंको एक होटलमा प्रहरी छापा मारेको छ । काठमाडौं महानगरपालिका–१२ मयलबारी स्थित नाम समेत नभएको एक होटलमा प्रहरीले छापा मारेको हो ।

होटल सञ्चालनका नाममा अबैध कारोबारो गरिरहेको सर्वसाधरणको सुचनाका आधारमा छापा मार्दा प्रहरीले उक्त स्थानबाट अवैध यौन क्रियाकलापमा संलग्न दुई यौनकर्मीसहित सात जनालाई पक्राउ गरेको हो ।

रामेछापको बाम्ती भण्डार–२ स्थायी घर भएका होटलका मेनेजर विक्रम खड्कासहित अनैतिक क्रियाकलापमा संलग्न कञ्चनपुर घर भएकी रश्मि न्योपाने, सिन्धुलीकी सरिता कार्की, भारतीय नागरिक अंकित रेकवार र धादिङ्गका आकाश मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, नाम समेत नभएको होटलको ब्यानरमा यौन अखडा सञ्चालन गर्ने मध्येका दोलाखाका प्रविन कार्की र जनक थापाले केश मिलाउनका लागी भन्दै प्रहरीलाई घुस खुवाउन लगेको १० हजारसहित कार्की र थापा समेतलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएको छ ।

‘होटल सञ्चालकमध्येका दुई जनाले ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार राउतलाई केश मिलाईन भन्दै १० हजार दिन खोज्दा उनीहरुलाई दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

127 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank