जिउने आधार नै माया होः मोडल कार्की

बुधबार, पुस १२, २०७४

loading...


मोडल आयुष्मा कार्की दुई वर्षदेखि म्युजिक भिडियो अभिनय, डकुमेन्ट्री, सिरियल र स्टेज प्रोग्राममा व्यस्त छिन् । उनै कार्कीसँग नेपालपाटी डटकमले गरेको कुराकानीः

कलाकारिता क्षेत्रमा कसरी लाग्नुभयो ?
कलाकारितामा सानैदेखि रुची थियो । रुचीले डोहो¥याउँदै यहाँसम्म आईपुगे ।

यस क्षेत्रमा लागेपछि सवैभन्दा खुशी भएको क्षण कुन हो ?

मेरो पहिलो म्युजिक भिडियो रिलिज हुँदा एकदम खुशी लागेको थियो ।

अनि सवैभन्दा दुःखी भएको क्षण नि ?Aayushma Karki 1
अहिलेसम्म त्यस्तो महसुस भएको छैन ।

कलाकारितामा लाग्न घरपरिवारको सपोर्ट छ कि छैन ?
सपोर्ट धेरै छ । त्यसैले अगाडि बढ्न सहज भइरहेको छ ।

तपाईलाई सवैभन्दा बढी मनपर्ने कलाकार को हो ?
नायिका रेखा थापा ।

सवैभन्दा सेक्सी कलाकार चाहिँ को लाग्छ ?
सुष्मा कार्की ।

कला क्षेत्रमा मायाप्रेमका कुरा धेरै हुन्छ किन ?

कला क्षेत्रमा मात्र मायाप्रेमका कुरा हुने होइनन् । जुनसुकै क्षेत्रमा पनि माया प्रेमका कुरा हुन्छन ।

तपाईको विचारमा लभ के हो ?
जीवन जिउने आधार नै माया हो ।

बिहे चाहिँ कहिले गर्ने ?
आफ्नो लक्ष्य पुरा भएपछि ।Aayushma Karki 2

कहिले पुरा हुन्छ त लक्ष्य ?
त्यो त अहिले नै कसरी भन्न सकिन्छ र ? मिहेनत गर्दै जानेछु । अवश्य पनि कलाकारिता क्षेत्रमा स्थापित हुनेछु । साथसाथै बैंकिङ क्षेत्रमा पनि स्थापित हुने लक्ष्य छ । यद्यपि बैंकमा काम भने थालेको छैन ।

भविश्यमा यो जस्तो बन्छु भन्ने केही छ ?
त्यस्तो त छैन । तर सिनियर कलाकारहरुको अभिनय देखेर मैले नि यस्तै गर्न सक्नुपर्छ भन्ने चाहिँ लाग्छ ।

आजको दिनमा कहाँ पुगे भन्ने लाग्छ ?
कहि पनि पुगे जस्तो लाग्दैन । अझै मैले धेरै सिक्नुछ ।

नेपाली कला क्षेत्रको राम्रो र नराम्रो पक्ष चाहिँ के–के लाग्छ ?
कला क्षेत्रमा स्थापित हुन सकियो भने नाम र दाम दुवै पाइन्छ । समाजको ऐनाको रुपमा काम गर्न पाइन्छ । समाजमा चेतना फैलाउन सकिन्छ । नराम्रो चाहिँ, यस क्षेत्रमा एक दुई जनाको कारणले विकृति पनि फैलिरहेको छ ।

अन्त्यमा ?
सवैले कला क्षेत्रलाई माया गरिदिनुहोला । अवसर दिनुभएकोमा तपाई र तपाईको मिडियोलाई धन्यवाद ।

आयुष्मा कार्कीको अभिनय हेर्नुहोस्

995 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank