अहिलेसम्म कुमारीनै छुः मोडल आरिया

सोमवार, माघ २२, २०७४

loading...


काठमाडौँ । नायिका तथा मोडल आरिया बस्नेतले फिल्म, म्युजिक भिडियो र डकुमेन्ट्री समेत अभिनय गरेकी छिन् । राजेशपायल राईको इसाराले बोलाउसहित ए जुली, कसरी बस्यो माया लगायतका उनका म्युजिक भिडियो चर्चित छन् । दुई वर्षयता दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरेपछि उनी नायिकको भूमिकामा समेत देखिएकी हुन् । उनले चलचित्र ‘दिलको राजा’ लगायतका फिल्ममा नायिकाको भूमिका निभाएकी छिन् । पाँच वटा फिल्ममा अभिनय गरेकी आरियाको दुई वटामा भने मेन रोल छ । आफ्नो रहर र बाबाको शोखले कलाकारिता क्षेत्रमा आएको उनी बताउँछिन् । उनी भन्छिन् ‘सानैदेखि मलाई रहर थियो । छोरीलाई नायिका बनाउने मेरो बाबाको शोख पनि थियो ।’

Aariya Basnet 1

सवैले चिन्ने र आफ्नो क्षमता पनि देखाउन पाइने भएकाले कलाकारिता क्षेत्रप्रति मोह भएको उनको भनाइ छ । संघर्षरत आरिया भविश्यमा राम्रो कलाकार बन्ने लक्ष्य रहेको बताउँछिन् । मनपर्ने नायक र नायिकाको बारेमा सोधिएको प्रश्नमा उनले भनिन् ‘मलाई केकी अधिकारी मनपर्छ । केकीको बोल्ने तरिका मेरो जस्तै छ । मनपर्ने नायिक प्रदीप खड्का ।’

उनलाई आफ्नो आँखा सवैभन्दा राम्रो लाग्छ । उनको आँखा जति ठूलो छ, त्यति नै नशालु पनि । कपाल छोटो भएकाले मन नपर्ने उनी बताउँछिन् । मायालाई ट्रष्ट समर्पणको रुपमा लिने आरियाले लभका प्रस्तावहरु धेरै आउने गरेको स्मरण गरिन । तर, आत्मादेखि नै मनले खाएको व्यक्ति नभेटेकाले अहिलेसम्म स्वीकार गर्न नसकेको उनी बताउँछिन् । अहिलेसम्म कुमारीनै रहेको उल्लेख गरेकी आरियाले सफल भएपछि मात्रै बिहे गर्ने बताइन् ।

Aariya Basnet 2

364 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank