आमिरले पछारे शाहरुख र सलमानलाई

आइतवार, माघ २३, २०७३

loading...


एजेन्सी । अभिनेता आमिर खानले सलमान खान र शाहरुख खानलाई पछि पारेका छन् । भारतभित्र सलमानलाई र देशबाहिर बढी व्यापार गर्ने शाहरुख खानलाई आमिरले पछि पारेका हुन् ।

भारतबाहिरको व्यापारलाई हेर्ने हो भने शाहरुख खानलाई आमिरले पछि पारेका छन् । यससँगै आमिर सबैभन्दा बढी कमाउने अभिनेता बनेका छन् । शाहरुख खानले अन्तराष्ट्रिय बजारमा लगातार पाँच बर्षदेखि सबैभन्दा बढी कमाएर राज गरिरहेका थिए ।

भारतभित्रै फिल्म ‘दंगल’लाई ४।५ करोडले, ‘सुल्तान’लाई ४ करोडले, ‘रईस’लाइे २ करोड दर्शकले हेरेका छन् । त्यस्तै, व्यापारलाई हेर्दा भारतभित्र ‘दंगल’ले ३८५ करोड, ‘सुल्तान’ले ३०० करोड, ‘रईस’ले १४० करोड कमाएको छ ।

त्यस्तै, अन्तराष्ट्रिय बजारमा दंगल, सुल्तान र रईसले क्रमश, १५ करोड, १५ करोड, १५ करोड व्यापार गरेका छन् । लोकप्रियतालाई हेर्दा पनि सलमान र शाहरुखलाई आमिरले पछि निकै पारेका छन् ।

721 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank