हलिउडलाई पछिपार्दै आमिर, ५ सय करोडलाई पछ्याँदै उनको फिल्म

सोमवार, माघ १५, २०७४

loading...


काठमाडौं । दगंलर पीके पछि आमिर खानको फिल्म सिक्रेट सुपरस्टारले चीनमा नयाँ रेकर्ड बनाएको छ। सामाजिक सञ्जाल मार्फत आमिरको उक्त फिल्मले दुई हप्तामा ४१८ करोड कमाएको खुलासा गरिएको छ । साथै सो फिल्मले ५ सय करोड कमाउने आशा पनि गरिएको छ ।

चीनको बक्स अफिसमा यो हप्ताको सूचीमा सबै भन्दा बढी व्यापार गर्दै फिल्म ‘सिक्रेट सुपरस्टार’ले हलिवुड फिल्म ‘स्टार द लास्ट जेडी वार’ लाई पनि पछि पारेको छ । यसका साथै फिल्म ‘सिक्रेट सुपरस्टार’ शीर्ष स्थानमा रहेको छ । सो फिल्मा जायरा वसिम मुख्य भूमिकामा छिन् । उक्त फिल्मले आमिरको अर्काे फिल्म दाङलको रेकर्ड समेत तोडेको छ।

फिल्मले पहिलो दिनमै दंगलको भन्दा बढी कमाई गरेको थियो । दुई दिनमै उक्त फिल्मले सय करोड कमाएको थियो । आमीर को यो तेस्रो फिल्म हो जुन चिनियाँहरुले मन पराएका छन् ।

केही दिन पहिले मात्रै आमिरले एक इन्टरभ्यूमा भनेका थिए, कि उनी चिनियाँ कलाकारसंग काम गर्न चाहन्छन् । चीनमा धेरै प्रतिभाशाली कलाकारहरु छन् ।

186 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank