क्यान्सर बिरामीको सहयोगार्थ ‘ऐ मेरो हजुर–२’ डिसीमा प्रदर्शन हुने

बिहिबार, फाल्गुन ३, २०७४

loading...


वाशिंगटन डिसी । अमेरिकाको भ्रमणमा रहेका नायिका तथा निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापाको ‘ऐ मेरो हजुर–२’ डिसीमा प्रदर्शन हुने भएको छ ।

नेपालमा चलचित्र निर्माण गरे पछि युरोपका विभिन्न देशहरुमा ‘ऐ मेरो हजुर–२’ सफलता पूर्वक प्रदर्शन गरे पछि अमेरिकाको बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने तयारीमा रहेको अवसरमा फिल्म ‘ऐ मेरो हजुर–२’ डिसी क्षेत्रमा प्रदर्शन गर्ने लागिएको हो ।

चलचित्र मार्च ४ ÷ २ बजे अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहर स्थित लोमन प्लाजा चलचित्र मन्दिरमा प्रदर्शन हुने छ ।

उनीहरुले भरतपुरमा रक्त क्यान्सरको उपचार गराई रहेका १० बर्षे बालक विवेक आचार्यको सहयोगार्थ आफ्नो चलचित्र प्रदर्शन गर्ने भएका हुन् । विवेक आचार्य लाई पप सम्राट ओम बिक्रम बिष्ट ले १ हजार डलर ईनासद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा उठेको रकम बाट हस्तान्तरण गरेका थिए ।

यसै गरि भर्जिनिया हर्नडन निवासी समाज सेवी परशु राम भण्डारीले को पहलमा संकलन गरिएको २ हजार ४४ डलर पीडितका पितालाई ईनास भर्जिनियाद्वारा रकम पठाईएको थियो ।

गत फेब्रुअरी ११ तारिख आइतबार एक समुदाय तथा पत्रकार भेटघाट कार्यक्रम राखी नायिका तथा निर्देशक झरना थापाले आफूले पहिलो पटक निर्माण गरेको चलचित्र हेर्न आई दिन सबैमा आग्रह गर्दै हौशला दिन समेत अनुरोध गरेकी छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank