क्रिकेटर कपिलदेव जस्तै देखिए रणवीर सिंह, फिल्म ८३ को फस्ट लुक सार्वजनिक

सोमवार, असार २३, २०७६

loading...


एजेन्सी । भारतीय क्रिकेटर कपिलदेवको सन् १९८३ को विश्वकप जितको आधारमा बन्न लागेको फिल्म ८३ मा रणवीर सिंहको फर्स्ट लुक सार्वजनिक गरिएको छ ।

भारतीय क्रिकेटका पूर्व कप्तान भइसकेका कपिलदेवको असली नाम कपिलदेव रामलाल निखञ्ज (जन्म: ६ जनवरी १९५९, भारतको चण्डीगढ)  हो  । उनले आफ्नो कप्तानीमा भारतलाई १९८३ क्रिकेट विश्वकप जिताएका थिए ।

अर्जुन पुरस्कार(१९७९ – ८० ),  पद्मश्री(१९८२ ), विस्डेन क्रिकेट खेलाडी ओफ द ईयर९१९८३),  पद्मभूषण(१९९१), विस्डेन इन्डियन क्रिकेट खेलाडी ओफ द सेन्चुरी(२००२) लगायतका उपाधी जितिसकेका कपिलदेवलाई सन्  १९९९ मा भारतीय क्रिकेट टीम कोच चुनिएको थियो ।

आफ्नो जन्मदिनको अवसरमा रणवीरले फिल्म ८३ को आफ्नो पहिलो लुक सार्वजनिक गरेका हुन् । भारतीय क्रिकेटको यो ऐतिहासिक जितलाई पर्दामा हेर्न उत्सुक भारतीय दर्शकलाई रणवीरले आफ्नो जन्मदिनको दिन फिल्मको पहिलो लुक सार्वजनिक गरेका हुन् ।

सार्वजनिक लुकमा रणवीरलाई हुबहु कपिलदेव बनाउने प्रयास गरिएको छ र रणवीरलाई हुबहु कपिलदेव देखिएको पनि छ । रणवीरले कपिलदेवको भूमिकाको तयारीका लागि कपिलदेवसँग धेरै समय बिताएको र उनीसँग उनको क्रिकेट खेल्ने तरिका पनि सिकेका थिए ।

फिल्म ८३ लाई चर्चित निर्देशक कबीर खानले निर्देशन गरिरहेका छन् । यस फिल्ममा कपिलदेवकी पत्नीको भूमिकामा रणवीर सिंहकी रियल लाइफ जोडी दीपिका पदुकोनेले अभिनय गर्ने भएकी छन् । फिल्म सन् २०२० को अप्रिलमा रिलिज हुने बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank