‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीत बजारमा (भिडियो सहित)

बुधबार, माघ ९, २०७५

loading...


काठमाडौं। पछिल्लो समय अमेरिकामा बसोबास गर्ने नेपालीहरुले नेपाली गीत, संगीतको बजारमा फरक फरक गीत बजारमा ल्याउने गरेका छन् ।

त्यस्तै पछिल्लो समय जाडो यामलाई लक्षित गर्दै हर्ट डान्सिङ बिटको  ‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक अर्जुन सुनाम र गायिका बिन्दु परियारकोे स्वर रहेको उक्त गीत हालै युट्युबमा लञ्च गरिएको हो ।

गीतमा शब्द भने गीत लेखनमा आफ्नो पृथक पहिचान बनाएकी चर्चित सञ्चारकर्मी सुविधा आचार्यको रहेको छ ।  झलक  संगितको संगीत तथा भिडियोका निर्देशक शिवन श्रेष्ठले गरेका हुन्।

साथै अनिल तामाङको कोरियोग्राफी, एकान्त मगरको सम्पादन रहेको गीतमा एकान्त मगर, जुना आलेमगर, खुशिका मगराती लगायतका कलाकारलाई देख्न सकिन्छ ।

केशव आचार्यको प्रोडक्शन रहेको उक्त सुन्दर म्युजिक भिडियो श्रृष्टि किड्र्स टिभि नामक युटुव च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुहाेस भिडियाे

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata