‘नेपाली फिल्मको हिस्सा हुँन पाउँदा गर्व महशुस गरिरहेको छु ।’ – सन्नी लियोनी

मङ्लबार, असार ३, २०७६

loading...


काठमाडौं । एडल्ट फिल्मबाट बलिवुड प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्मको हिस्सा हुँन पाउँदा गर्व महसुस  गरेको बताएकी छन् । गत शुक्रबार(जुन १४)मा सार्वजनिक फिल्म ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत शेयर गर्दै उनले सो बताएकी हुन् ।

उनले सामाजिक संजालमा लेखेकी छन्, ‘नेपाली फिल्म ‘पासवर्ड’को गीत शेयर गर्न पाएकोमा म निकै खुसी छु ।’ ‘तपाईंहरु सम्पूर्ण मेरो नेपाल प्रतिको माया जान्नुहुन्छ । म नेपाली फिल्म क्षेत्रको एक हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दछु ।’ उनले अगाडी लेखेकी छिन, ‘नेपालबाट नयाँ ट्यालेन्ट आउँदैछ । स्टे ट्युन्ड  !!!”

Sunny Leone ‏ Verified account   @SunnyLeone  Jun 14 More So Happy to share  my new song for the Nepali movie 'Password'

फिल्म ‘पासवड’को गीतमा उनले नै आइटम डान्स गरेकी छन् । सो आइटम डान्समा अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङको अलवा थुप्रै कलाकारहरु पनि देखिन्छन् ।

गीतलाई युट्युवमा मिश्रित प्रतिक्रिया मिलेको छ । थुप्रैले गीतमा सन्नीले गरेको नृत्यको प्रशंसा गरेका छन् । साथै केहीले भने गीतको शब्द नबुझेको बताएका छन् ।

गीतका छायांकनका लागि सन्नी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर लण्डन पुगेकी थिइन् । अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द गीतमा रहेको छ ।

२७ भाद्रबाट प्रदर्शनमा आउने यो फिल्मको प्रिमियरका लागि सन्नी नेपाल आउने निर्माण टिमले बताएको छ । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् । हिरल जोशी र अमित बस्नेतले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata