निर्देशक शिव शर्मा भन्छन : ‘ चलचित्र परदेशीको उमंगमा स्व. शिव रेग्मी दाईको छनक दिएको छु’

बिहिबार, कार्तिक २५, २०७३

loading...

थुप्रै नृत्य निर्देशनहरु गर्दै शिव रेग्मीका सिनेमामा समेत काम गरेर निर्देशक बनेका शिव शर्माले निर्देशन गरेको चलचित्र परदेशीको उमंग दोस्रो सातामा देशभर प्रदर्शन भइरहेको छ ।

निर्माता कुमार बिसीको सत्य घटनामा तयार गरिएको भनिएको उक्त चलचित्रलाई थुप्रै दर्शक स्रोताले मन पराइदिएका छन् । चलचित्रमा बिशेष गरि दर्शकको सेन्टिमेन्ट तान्न खोजिएको छ ।

यस अघि आफूले स्वर्गिय  निर्देशक शिव रेग्मीसँग चलचित्रहरुमा काम गर्ने मौका पाएकोले आफू उनीसँग निकै प्रभावित भएको बताउदै शिव शर्माले भने मैले शिव रेग्मी दाईको छनक दिएको छु चलचित्र परदेशीको उमंगमा । उनी स्वर्गिय शिव रेग्मीलाई आफ्नो आदर्शको पात्रको रुपमा पनि मान्ने गर्दछन् ।

१२ कार्तिकबाट प्रदर्शन भएको चलचित्र परदेशीको उमंगमा बिनिता बराल, कुमार बि.सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी, राम थापा, उमेश कुमार के .सी , लगायतको अभिनय रहेको छ ।बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुन पोख्रेल र बि बि अनुरागी , द्वन्द कुमार महर्जन , सम्पादन अर्जुन जि शि तथा अक्कि शर्माको रहेको छ निर्दैशन शिव शर्माले गरेका छन् ।

हाँस्य टेलिचलचित्र हाक्काहाक्की बाट भूकम्पे माईलोको रुपमा सबैमाँझ परिचित शिव शर्मा भन्छन, ‘चलचित्र परदेशीको उमङ्गको अपार सफलतासंगै दर्सकहरुको माया र साथले हामीलाई हौसला र प्रेरणा मिलेको छ, हामि अझै उत्साहित भएका छौ र अझै जिम्मेवारी बढेको महसुस गरेका छौ, त्येसैले अर्को चलचित्र को तयारीमा लागेका छौ, कथा छनोटको प्रक्रिया सुरु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata