दोलखाकी जीरेल सांगीतीक क्षेत्रमा जम्दै म्युजिक भिडियोदेखी गाएनसम्म

शनिबार, मंसिर ११, २०७३

loading...


घरमा रेडीयोमा गीत बज्यो की ढोका थुनेर नाचिहाल्ने । अनि तीनै गीतसँगै–सँगै आफ्नो आवज मिसाउदै गीतमै भुलीदीने । थाहा थीएन अनि कुनै त्यस्तो सोचाई पनी थिएन आजको दिनमा आएर नेपाली सांगीतीक क्षेत्रमा एउटा परिचय बनाउछु भनेर । तर जीवनमा त्यही भईदीदो रहेछ जुन कुरा हामी निस्वार्थ रुपमा निरन्तर लागिरहन्छौ ।

receiv

त्यसैले दिन्छ एउटा परिचय त्यसैले दिन्छ एउटा काम अनि कामसँगै जोडीने नाम दाम माम । आज तीनै बालिकाको संगीतप्रतिको लगाबले उनलाई एउटा परिचय मिलेको छ एउटा छुटै जीवन मिलेको छ । र अझै पनि उनी संगीतमा आफ्नो बलियो भविष्य खोज्दैछिन । बलियो परिचय खोज्दैछिन आफ्नो मात्र नभई आफ्नो गाउँ ठाउँको पनि ।

उनी हुन दोलखाकी रीतिका जिरेल । बुबा धनबहादुर जिरेल र आमा माया जिरेलकी कान्छी छोरीको रुपमा जन्म लिन पुगेकी जिरेल सानैदेखि संगीतका झुकाब राख्थिन । विभिन्न सांगितीक कार्यक्रमहरुमा भ्याएसम्म आफुले थाहा पाएसम्म सहभागी हुन्थीन । स्कुलमा कती पटक सरहरुले गाली पनि गर्थे अनि पढ्नु सढ्नु छैन खाली के के हो के के भन्दै अनि कहिले माया पनी गर्थे रे उनले हामीलाई सुनाएको कुरा ।

आज त्यही लगाबले त्यही झुकाबले जिरेल विगत ३ बर्ष अगाडिबाट औपचारीक रुपमा नेपाली सांगीतीक क्षेत्रमा पुर्ण जीवन विताउन सफल भएकी छिन जिरेल । म्युजिक भिडियोमा अभिनयसँगै गाएनमा प्रवेश गरेकी जिरेलले करिब २ दर्जन म्युजिक भिडियोमा आफ्नो अभिनय कला देखाईसकेकी छिन ।

जसमा अन्जु पन्त र स्वरुप राज आचर्यको स्वर रहेको मैले तिमीलाई चिन्न सकिन गीतबाट अभीनय सुरु गरेकी जिरेल तिम्रो आँखैमा गीतसँगै करिब २ दर्जन गीतमा अभीनय गरेर दर्शकलाई मन्त्रमुग्न पारिसकेकी छिन । म्युजिक भिडियोमा अभिनय गर्दा गर्दै नजिकका साथीभाई र सहकर्मी संगीतकर्मीको सल्लाह सुझाब र प्रेरणाले उनले गाएनमा पनि करिब १ बर्ष अगाडिबाट कम्मर कसेर लागेकी छिन ।

विशेष गरी लोकगीत राष्ट्रीय गीत आधुनीक पप सबै बिधाकी गीतमा उत्तीकै न्याय गरेर गाउन सक्ने जिरेलले आफुलाई नेपाली सांगीतीक क्षेत्रमा भर्षटायल गायिकाको रुपमा  आफ्नो परिचय बनाउदै छिन । नेपाली सांगीतीक क्षेत्रको बजार खस्कदो अवस्थामा रहेको समयमा पनि दील खोलेरै लागेकी जिरेलको आटलाई देखेर कतिपय उनका सांगीतीक साथीहरु पनी छक पर्छन उनले भनीन तर म चाँडै खाउ चाँडै मरौ भन्ने स्वाभावकी केटी होईन मलाई विश्वास छ एक दिन मलाई यही क्षेत्रले विश्वसामु चिनाउनेछ अहिले पनी मलाई एउटा छटै पहीचान दिएको छ । म सन्तुष्ट छु ।

हाल उनी आफ्नो पछिल्लो गीत सर्वश्व सुम्पे तिमलाई को प्रमोसनमा लागेकी छिन । जसमा दिनेश आशुको शब्द संगीत र राम कार्कीको संगीत संयोजन रहेको छ ।

547 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank