ठाँउ खाली छ भनेपछी हाम फाले गणेश

शुक्रबार, मंसिर १७, २०७३

loading...


पछिल्लो समयमा बजारमा विभिन्न किसिमका गीतहरु सार्वजनिक हुने क्रममा केही गितहरु समाजलाई अपच हुने र स¬– परिवार संगै बसेर हेर्न समेत अप्ठेरो हुने गरेका उदाहरण हाम्रो समाजमा प्रसस्तै छन् । कोही गितहरु साँचिकै समाजलाई परिवर्तन र चेतना दिने खालका छन ।
यस्तै चेतना दिने गीत गाउने गायक हुन, गुल्मीका २४ वर्षिय गणेश अधिकारी । अधिकारी १ वर्ष देखी यही साँगितिक महासागरमा प्रवेश गरेर चर्चित गायकको रुपमा परिचित भईसकेका छन् ।
अधिकारीले एक वर्षको अन्तरालमा दुई दर्जन बढी गीतहरुमा आफ्नो आवाज दिई सकेका छन् । उनको सानै देखिको साँगितीक क्षेत्रमा प्रवेश गर्ने निकै रहर थियो । अहिले आएर सो रहर पुरा भएकोमा खुसी व्यक्त गर्छन् ।
उनका यस अघिका गीतहरुले पनि बजारमा निकै चर्चा पाई सकेका छन् । एक दर्जन बढी गीतहरुमा लय तथा शव्द समेत भरिसेका र यसपछि बजारमा आउने गीतहरु पनि रेकर्ड भई सकेका र एकपछि अर्को गर्दै बजारमा ल्याउने तयारी गरिरहेको जानकारी गराएका छन् । उनी गायक सर्जक मात्र नभई मोडल समेत भईसकेका छन् ।
चर्चित गायिका देवी घर्ती र गणेश अधिकारीको दमदार स्वरमा विहिबार मात्र पीपलपाते ओठ नामक गीतको म्यूजिक भिडियो म्यूजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । सो म्यूजिक भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक भएको २४ घण्टामा झण्डै पाँच हजारले हेरिसकेका छन् ।
अधिकारीले सोही गीतका भाव अनुसार देवी घर्ति को दिलमा खाली ठाँउ भए हामफालेर दिलमा प्रवेश गर्ने संकेत गरेका हुन भने देवी घर्तिले पनि मन चोर्न धेरै सिपालु छौ कि नजिकै सर्छौकी  म आफै हाम फालु भनेर जबाफ गीत बाट फर्काएकी छिन् ।
मेशना डिजिटल प्रालिको विरगौरमय प्रस्तुतिमा रामजी बोहरा र विक्रम तामागंको सहकार्य र अविरल बोहराको शव्द तथा नेत्र अर्यालको लयमा गीत सारै राम्रो बनेको गायक तथा सर्जक गणेश अधिकारीले बताए ।
गितलाई व्यस्त म्यूजिक एरेन्जर विनोद बाजुरालीले ऐरेन्ज गरेका हुन् भने गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।
चर्चित निर्देशक कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको गीतमा चर्चित मोडेल सारिका केशी र विमल अधिकारीको दमदार अभिनय रहेको छ ।
भिडियो हेर्न यँहा क्लिक गर्नुहोस ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank