जीवनमा सॉच्चिकै अगाडी बढ्न चाहन्छन् : सन्देश लामिछाने (बट्टारे कान्छो)

शनिबार, मंसिर ११, २०७३

loading...


करिव एक दशकदेखि नेपाली रंगमञ्चहुदै टेलिसिरियल एवं बिभिन्न म्युजिक भिडयोमा कलाकारिताको भूमिका निर्वाह गर्दै आएका सन्देश लामिछानेले पछिल्लो समय ‘जिरे खुर्सानी’, ‘तितो सत्य’, ‘मेरी वास्सै’ हुदै ‘खासखुस’सम्म आइपुग्दा निकै नै चर्चा कमाएका छन् । नुवाकोटको खानीगाउमा जन्मेका सन्देशले राजधानी छिर्नुभन्दा अघिदेखि नै बिभिन्न नाटक एवं समारोहमा अभिनय प्रदर्शन गरिसकेका छन् । पछिल्लो समय उनी मेरी बास्सै र खासखुसमा बट्टारे कान्छो नामको पात्रको रुपमा चर्चामा रहेका छन् । उनको ‘म अगाडी बढ्न चाहन्छु नि’ भन्ने थेगो अहिले निकै नै चर्चित बनिरहेको छ ।
बास्तविक जीवनमा पनि थेगोे र नाम जस्तै उनी । सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ भन्ने मान्यता बोकेका लामिछाने थेगोले भनेझैं सकारात्मक सन्देश दिन चाहन्छन । यसका लागि आफूले धेरै मेहेनत गरेर यस्तो थेगो बनाएको बताउछन उनी । उनी भन्छन,‘अगाडी बढ्ने चाहना कसको हुन्न र तर अगाडी बढ्ने चाहि आफ्नै बलबुताले बढ्नु पर्छ कसैलाई पछि पारेर होइन् ।’
कलाकारितामा लागेर आफूले थुप्रै संघर्ष गरेको बताउने सन्देश आफूलाई कलाकारिताको विद्यार्थीको रुपमा मात्र हेर्छन् । उनी भन्छन, ‘मैले यो क्षेत्रमा लागेर धेरै सिक्नु छ,यो त मेरो प्रयाश मात्र हो ।’
कलाकारितालाई हल्का रुपले लिन नहुने भन्दै उनी भन्छन, ‘कलाकारिता सस्तो कुरा होइन कलाकारको भूमिकाले मान्छेको जीवनमा परिवर्तन ल्याउनुपर्छ । हिजोआज पैसाको आडमा कलाकार बन्नेको पनि भीड देखिन्छ तर त्यस्तो कलाकारिता जीवनउपयोगी हुदैन र त्यस्ता कलाकार जीवन्त कलाकार बन्न सक्दैनन ।
कलाकारले चर्चा कमाउने र लोकप्रिय हुने थेगोले हो भन्दै सन्देश भन्छन थेगोले चर्चामा ल्याएपनि सकारात्मक थेगो ल्याउनु पर्छ भन्छन सन्देश मुखा हान्नु जस्तो,लात्ताले हानेर बारीको पाटोमा पुर्याइन्छिु जस्ता थेगो जति नै चर्चित भएपनि आम जनताले यसलाई नकारात्मक पाटोबाट बुझ्ने बताउछन सन्देश ।
सन्देश भन्छन,‘असल कलाकार त्यो हो जसले समाज र देशलाई परिवर्तन गर्न सकोस ।’ कलाकारिताको क्षेत्रमा लाग्ने प्रेरणा दिने प्रेरकका रुपमा क्षितीज थापा मगरलाई लिने सन्देश आफूलाई परिपक्व बनाउने काम चाहि केदार घिमीरे अर्थात माग्ने बुढाले गरेको बताउछन भने रंगमञ्चको क्षेत्रमा भने सुनिल पोखरेललाई गुरु मान्ने बताउछन् ।
मण्डला थिएटरमा नाटक गरेर आफूलाई अभिनयमा खारेर मात्र उनले टेलिचलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकाले पनि होला उनको अभिनयमा प्रशस्त निखारता पाउन सकिन्छ ।
हाल उनी खासखुसमा सहायक निर्देशकको रुपमा समेत काम गर्दै आएका छन् । युवा कलाकार सन्देश लामिछानेलाई कलाकारिताको यात्रामा सफलताको शुभ कामना ।

प्रस्तुति : जनार्जन पौडेल

567 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank