सभामुख चयनका लागि ओली र प्रचण्डबीच छलफल शुरु



काठमाडौं । सभामुख चयनमा विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्षकेपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । संघीय संसदको हिउँदे अधिबृशन शुरु भएपनि सभामुख पद रिक्त हुँदा कामकार्बाही अघि बढ्न सकिरहेको छैन ।

निर्वतमान सभामसख कृष्णबहादुर महारा संसद सचिवालयको एक महिला कर्मचारी माथि बलात्कार अभियोग लागेसँगै रिक्त रहेको सभामुख कसलाई बनाउने भन्ने विषयमा अन्यौदा कायम रहेको छ ।

नेकपामा पूर्व एमालेबाट सुभासचन्द नेम्वाङ र पूर्व माओवादीबाट अग्नी साप्कोटालाई बनाउने विषयमा लम्बिङ शुरु भएको छ । प्रतिनिधि सभाको पुस ११ गते बोलाएको बैठक सभामुखमा नेकपा भित्र सहमति नभएकाले बुधबार सम्मका लागि स्थगित गरिएको थियो । सत्तारुढ दलमा सभामुख कसलाई चयन गर्ने भन्ने बारेमा सचिवालयलाई दिइएको थियो ।

सोहि सम्बन्धमा नाम टुग्याउनका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ । सभामुखको टुग्गो लागिसकेपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजिनामा आउने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments