अमेरिकी हमलामा ईरानी जनरल मारिए, तेलको मूल्य बढ्न सक्ने आशंका



एजेन्सी । अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुद्स फोर्सका प्रमुख जनरल मारिएका छन् । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

विभागका अनुसार यो हमला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको थियो  ! अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, ‘राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले कासिम सुलेमानीलाई मारेर विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि निर्णायक रक्षात्मक कारबाही गरेको छ। यो कारबाही भावी इरानी आक्रमण योजनालाई कमजोर बनाउन लक्षित थियो।’

अलजज़ीराको अनुसार, इराकी अधिकारिहरू एवं सरकारी टेलिभीजनको रिपोर्ट अनुसार सुलेमानी के अलावा शुक्रवार भएको हमलामा इराकी मिलिशिया कमान्डर अबू महदी अल-मुहान्दिस पनि मारिएका छन् !

यस सँगै अर्को घटनाको बारमा पनि चर्चा चलेको छ, शुक्रबार तेलको मूल्य ४ % बढेसँगै मध्यपूर्वमा तेलको आपूर्तिमा अवरोध खडा  हुन् सक्ने चिन्ता बढेको छ ।  बजारमा डर छ कि ईरानले मध्यपूर्वमा अमेरिका र तिनका सहयोगीहरूको सम्पत्तिमा हमला गरी उसले आफ्नो शिर्ष सैन्य प्रमुखको हत्याको प्रतिकार गर्न सक्छ ।

The US claimed responsibility for an air raid in Baghdad that killed General Qassem Soleimani, the head of Iran's elite al-Quds force, raising fears that oil supplies could be disrupted in the Middle East [File: Haider al-Assadee/EPA]

इरानले सुलेमानीको अमेरिकी हेलिकप्टर आक्रमणमा मृत्यु भएको बताएको छ । बग्दादमा रहेको अमेरिकी राजदूतावासलाई केही प्रदर्शनकारीले घेरा हालेको र अमेरिका सेनासँग मुठभेड भएको केही दिनपछि यो आक्रमण भएको हो।

सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो । सो दस्ताले देश बाहिर गोप्य गतिविधिहरू गर्ने बताइएको छ। जनरल सुलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको संघर्षमा विशेष भूमिका खेलेका थिए । उनले सन् १९८० को दशकमा भएको इरान–इराक युद्धमा लडेका थिए।

ANI

@ANI

The White House: General Soleimani was actively developing plans to attack American diplomats and service members in Iraq and throughout the region. https://twitter.com/ANI/status/1212934874320883712 

ANI

@ANI

The White House: At the direction of the President, the U.S. military has taken decisive defensive action to protect U.S. personnel abroad by killing Qasem Soleimani, the head of the Iranian Revolutionary Guard Corps-Quds Force, a US-designated Foreign Terrorist Organization.

View image on Twitter
21 people are talking about this

 

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments