एमाले मैदानमा जवाफ दिनेगरि तयारीमा छः योगेश भट्टराई

शुक्रबार, फाल्गुन २०, २०७३

loading...


नेकपा एमाले आजदेखि मेची–महाकाली अभियानमा हिडेको छ । अध्यक्षसहित उच्चतहका नेता, केन्द्रीय नेतादेखि हजारौ कार्यकर्ता तराई झरेका छन् । मेची महाकाली अभियानमा एमालेले गरेको तयारीका विषयमा इटहरीमा रहेका एमाले सचिव योगेश भट्टराईसँग नेपालपाटीले गरेको छोटो टेलिफोन कुराकानी

मेची–महाकाली अभियानको तयारी पुरा भयो ?

सबै हिवासले तयारी पुरा भइसकेको छ । अब सिंगो एमाले अभियानमा केन्द्रित भएको छ । शनिबार मेचीपुलबाट अभियानको सुरु हुनेछ ।

अभियान चुनाव प्रचारका लागि हो ?

होइन । यो राष्ट्रियता, संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि हो । हामी अभियानको नारामा नै भनेका छौ । तर एमालेका एजेण्डा र कार्यक्रमलाई अभियानका क्रममा जनतालाई जानकारी गराउने भएकाले चुनावका विषयमा पनि केन्द्रित रहन्छ ।

कति नेता कार्यकर्ता अभियानमा सहभागि हुँदैछन् ?

एमालेका अध्यक्ष शीर्ष तहका नेताहरुसहित सबै नेताहरु पनि अभियानमा छन् । अभियान भरीमा एमालेको ठूलो पक्ति सहभागि हुनेछ । तर अभियानको उदघाटनदेखि अन्त्यसम्म १ हजार नेता कार्यकर्ता सधैसँगै रहनेछन् । जनताका हिसावले ५० लाख मान्छे अभियानका सहभागि हुनेछन् ।

अभियानमा पर्ने कति जिल्लामा कतिवटा कार्यक्रम हुन्छन् ?

झापाको मेचीबाट सुरु हुने अभियानमा तराईका सबै जिल्लाहरु पर्नेछन् । ३३ ठाउँमा सभागर्ने एमालेले पहिले नै कार्यक्रम तय गरेको छ । निश्चित रुट पनि बनाइएको छ । त्यही रुट अनुसार अभियान अगाडी बढ्नेछ । प्रत्येक आमसभामा कम्तीमा २० हजारदेखि बढीमा १ लाखसम्म जनता सहभागी गराइनेछ । मैले अघि भने अभियानभर कम्तीमा ५० लाख मान्छे सहभागि हुनेछन् ।

यो शक्ति प्रदर्शन हो ?

होइन । यसमा एमालेले निश्चित उद्देश्य लिएको छ । त्यसका विषयमा नागरिकलाई जानकारी गराउनुपर्ने आबश्यकताका आधारमा यो तय गरिएको हो । कसैले यसलाई शक्ति प्रदर्शन बुझ्न पनि सक्ला । तर यो विशुद्ध एउटा अभियान हो ।

त्यतिका मान्छेलाई खाना चै कसले खुवाउछ ?

हामीले खानपानका लागि पनि त्यसै अनुसारको ब्यवस्था मिलाएका छौ । हरेक आमसभामा ५ सय मान्छेका घरमा खाना खानेगरि व्यवस्था मिलाइएको छ । एक घरमा दुई जनाका दरले खाना खुवाइनेछ । कतै सामुहिक खानपिनको ब्यवस्था पनि मिलाइएको छ । नेता–कार्यकर्ता सामूहिक खानपान र आवासमा रहनेछन, जनताको पार्टी भएकाले जनताकै बीचमा रहने गरी सबै तयारी पूरा भएको छ । हरेक ठाउँका स्थानिय पार्टी कमिटीले ब्यवस्था मिलाएको छ ।

मधेसमा अभियान विथोल्ने तयारी छ सुरक्षा दस्ता पनि आफ्नै छ ?

सुरक्षाको कुरा राज्यको हो । हामीले संविधान, नीति विधीसंगत कार्यक्रम गर्न गइरहेका छौ । प्रधानमन्त्री, गृहमन्त्री सरकारलाई कार्यक्रमका विषयमा र सुरक्षाका विषयमा जानकारी गराइसकेका छौ । सुरक्षा दिने काम राज्यको हो । अर्को कुरा एमालेका कार्यक्रम, एजेण्डाका विषयमा कसैको असहमति छ भने हरेकले आमसभा मार्फत वा कुनैपनि हिसावले जनताका बिचमा राख्न पाउने अधिकार छ । हामी त्यसलाई स्वागत नै गछौ ।

तर यदी एमाले कार्यकर्तालाई लखेट्छौ भन्ने हिसावले कसैले सोचेको छ । त्यस्तोे कार्यक्रम बनाएको छ भने त्यसको जवाफ दिन एमालेले पनि जानेको छ । सुरक्षाका लागि अभियानभर छुट्टै दस्ता पनि रहनेछ । अवरोध खडा गर्नु, बिथोल्न खोजे असंवैधानिक, गैरकानुनी र उद्दण्ड व्यवहार गर्न खोजे स्थलगत रुपमा नै शसक्त प्रतिवाद नै हुनेछ ।

9495 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv