ओलीले खनेको गोरेटोमा प्रचण्ड हिड्न सके पुग्छ : पूर्वराजदूत कार्की

अन्तरवार्ता

बिहिबार, चैत्र १०, २०७३

loading...


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार राती उत्तरको शक्तिशाली छिमेकी चीन जाँदैछन् । विना एजेण्डा तर केही आकांक्षा लिएर  प्रचण्ड चीन जान लागेका बेला भ्रमणका विषयमा टिप्पणीहरु भइरहेका छन् । केपी शर्मा ओली सरकारले गरेका सम्झौताको जगमा हुन लागेको भ्रमणबाट के अपेक्षा गर्न सकिएला ? भ्रमणका विषयमा परराष्ट्र विज्ञहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । चीनको नेपाली राजदुतको भूमिका निभाइसकेका नेपाल चीन सम्बन्धका जानकार टंक कार्कीसँग नेपालपाटीले गरेका कुराकानी संक्षेप   

प्रधानमन्त्रीको चीन भ्रमण कस्तो भ्रमण हो ?

यो भ्रमण केवल सदभावना भ्रमण मात्रै हो । चिनियाँ पक्षले गरेको आमन्त्रणका क्रममा साइड लाइनमा अरु वार्ता पनि हुनेछ । यो भ्रमणले चीन नेपालका बिचमा भएको सम्बन्धलाई सुधार गर्न सहयोग गर्नेछ । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सम्झौता कार्यान्वयनमा प्रतिवद्धता जनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फर्किनु हुन्छ होला ।


यसअघि पनि नेपालका चिनियाँ राष्ट्रपति आउने विषयमा तयारी नभएको होइन । नेपालको राजनीतिक वातावरणका कारण चिनियाँ राष्ट्रपति आउन सकेनन । अहिले पनि चिनियाँ राष्ट्रपति नेपाल आउन तयार छन् । तर त्यो तहको भ्रमण आउने भनेको पर्यटक घुम्न आए जस्तो मात्रै होइन ।


त्यसका निम्ति सरकारका तर्फबाट गृहकार्य पुगेको छ ?

खासमा राम्रो गृहकार्य गरेर नेपाली पक्षले केही कुरा राखेको भए हुन्थ्यो । अहिले पुशपति नाथको जात्रा सिद्राको ब्यापार जस्तो मात्र भएको छ । खासगरि यसअघि जुन सम्बन्धमा गेरोटो कोरिएका छन् । त्यसलाई हामी पुरा गर्छौ भन्ने प्रतिवद्धतासहितको तयारीका साथ यो भ्रमण आयोजना गरिनुपथ्र्यो । अहिले यो अवसरलाई सदुपयोग गर्ने हिसावले मात्रै प्रधानमन्त्री जादै हुनुहुन्छ । त्यति मात्रै प्रयाप्त होइन । दुई देशबीचको सम्बन्धको बाताबरण छ त्यसलाई वामअप गरेर फर्किनु हुनेछ भन्ने म ठान्छु ।

ओलीले खनेको गोरेटेमा प्रचण्डलाई हिड्न कति सहज छ ?

उहाँ आफै त्यो गोरेटो खनिदाको सहयात्री हो । अहिले कतिपय भित्री बाहिर परिस्थिति जन्य कारणहरु होलान । त्यसलाई मृत जस्तै अवस्थामा रहेका सम्झौताहरुलाई फेरि जागृत बनाएर त्यसको कार्यान्वयनको दिशामा लाग्छौ भनेर प्रतिवद्धता जाहेर गछौ भनेर प्रधानमन्त्री प्रचण्डले भन्न सक्नुभयो भने मात्रैपनि वातावरण फेरि सहज बन्नेछ ।

भ्रमण उसो भए सम्बन्ध सुधारको कडी मात्रै हो ?

यसले एक आपसका शंका पैदा भएको अवस्थामा त्यसलाई मत्थर पार्ने काम गर्छ । जुन हिसावले भेटवार्ता हुँदैछ, त्यसमा सम्झौता नभएपनि सम्बन्ध सुधारलाई थप सहयोग पुग्नेछ । अहिले पनि विग्री हालेको त होइन तर केही असमझदारी छन त्यसलाई चिर्ने काम गर्छ भन्नेमा म विश्वस्थ छु ।


स्वभाविक रुपमा गर्छ । चीनले जतिबेला सम्झौता भयो त्यति बेला नै काम सुरु गरेको अवस्था छ ।  रेल्वेलाइनको सम्भाब्यता अध्ययन, तेलका भण्डारको खोजी लगायतका काम सुरु भएको हो । तर नेपालको पाटमा नेपाल गम्भिर देखिएन । चिनियाँहरु बोली र बाणीमा संगति चाहान्छन् ।


प्रचण्डले केही कुरा नलिइकन त्यसको आधार तयार हुन्छ ? एजेण्डा खै त  ?

एजेण्डा भनेको पहिलाको नै हो । तीनै एजेण्डा कार्यान्वयन गर्नका लागि दुवै पक्षका तर्फबाट होमवर्क जरुरी छ । हिजोका सहमति कार्यान्वयनमा जति सक्रियता चाहिन्थ्यो त्यो तहको सक्रियता देखिएन । त्यसका कारण जे जे कारण भएपनि चीनका अगाडी वेवास्था गरेको नै देखिन्छ । अब नेपालले ढिला ढाला गर्दैनौं, हामी अन्यथा गर्दैनौ । हामी पुरा प्रतिवद्ध भएर अगाडी बढ्छौ भनेर नेपाल जान सक्नुपर्छ । चीनले ओबिआरमा प्रतिवद्धता खोजीरहेको छ । त्यसमा नेपाले खुला हिसावले चीनलाई प्रष्ट रुपमा बुझाउन सक्नुपर्छ । ओली सरकारले गरेका १० वटा एजेण्डाको फेर्मआर्क भित्र रहेर अगाडी बढ्छौ भनेर फर्किन सक्यो भने त्यसले चीनलाई विश्वस्थ बनाउन सक्ला ।

ओलीले गरेका सम्झौतामा प्रचण्डले त्यसो भन्न सक्नु होला ?

ओलीले गरेको सम्झौता व्यक्तीगत नभएर राज्यका तर्फबाट गरिएको हो ।  त्यसबाट प्रचण्डले दायाबाया जान मिल्दैन । ओली एमालेको नेता, व्यक्ति मात्र होइन राज्यको प्रतिवद्धता हो । त्यसबाट पलतिर जान कोही पनि सक्दैन । अझ ओलीले गरेको सम्झौतामा प्रचण्ड सहयात्री थिए । ओलीले बनौको बाटामो प्रचण्ड हिड्न सकेमात्रै पनि ठूलो उपलब्धी हुनेछ ।

प्रतिवद्धता कार्यान्वयन नगरि फेरि त्यो कुरा गर्छौ भन्दा चीनले प्रश्न गर्दैन ?

स्वभाविक रुपमा गर्छ । चीनले जतिबेला सम्झौता भयो त्यति बेला नै काम सुरु गरेको अवस्था छ ।  रेल्वेलाइनको सम्भाब्यता अध्ययन, तेलका भण्डारको खोजी लगायतका काम सुरु भएको हो । तर नेपालको पाटमा नेपाल गम्भिर देखिएन । चिनियाँहरु बोली र बाणीमा संगति चाहान्छन् । एकरुपता चाहान्छन् । अहिले त्यो कुरा त पक्का पनि गर्छ ।

चीनले गरेको अपेक्षा नेपालसँग के हो ?

चीन विरोधी गतिविधि नेपाल आफुले पनि नगरोस र अरुलाई पनि गर्न नदेओस भन्ने चाहान्छ । खासगरि फ्री तिब्बितमा उसको चासो छ । अर्को अहिले चीन खुला अर्थ राजनीतिमा अगाडी बढीरहेको छ । विश्व ब्यवस्थालाई नेतृत्व गर्न उसले नयाँ अभियान चालेको छ । आफुमात्रै होइन सबैलाई एक साथ अगाडी बढाउने अभियान उसले सुरु गरेको छ । त्यसका लागि अहिले ओबीआरको अबधारणा अगाडी बढाइरहेको छ । त्यसमा नेपालले प्रतिवद्धता जनाओस हस्ताक्षर गरोस भन्ने चाहिरहेको छ । यी दुईवटा एजेण्डामा नेपालले खुला दिलले सहयोग गरोस भन्ने उसको चाहाना छ ।


ओलीले गरेको सम्झौता व्यक्तीगत नभएर राज्यका तर्फबाट गरिएको हो ।  त्यसबाट प्रचण्डले दायाबाया जान मिल्दैन । ओली एमालेको नेता, व्यक्ति मात्र होइन राज्यको प्रतिवद्धता हो । त्यसबाट पलतिर जान कोही पनि सक्दैन । अझ ओलीले गरेको सम्झौतामा प्रचण्ड सहयात्री थिए । ओलीले बनौको बाटामो प्रचण्ड हिड्न सकेमात्रै पनि ठूलो उपलब्धी हुनेछ ।


भारतसँग जोडिएको विषयमा चीनको केही चासो छ ?

चीन र भारतबीचमा केही असमझ्दारीहरु छन् । यसमा उनीहरु ती विवाद सल्ट्याउन आफै सक्षछ छन् । त्यसमा हामी प्रवेश गर्नु हुँदैन । तर दुईवटा देशको सहयोगले के फाइदा लिन सक्छौ भन्नेमा सचेत ढंगले कदम चाल्नुपर्छ । एउटा खुसी बनाउन अर्कोको विरोधको अभ्यासले हामी अगाडी होइन पछाडी धकेलिन्छौ । उनीहरुका सामरीक स्वार्थ भन्दा हामी आफ्नो स्वार्थमा केन्द्रित हुनुपर्छ ।

चीनीयाँ राष्ट्रपति आउन बाटो खन्ने काम गर्ला ?

यसअघि पनि नेपालका चिनियाँ राष्ट्रपति आउने विषयमा तयारी नभएको होइन । नेपालको राजनीतिक वातावरणका कारण चिनियाँ राष्ट्रपति आउन सकेनन । अहिले पनि चिनियाँ राष्ट्रपति नेपाल आउन तयार छन् । तर त्यो तहको भ्रमण आउने भनेको पर्यटक घुम्न आए जस्तो मात्रै होइन । नेपाल चाडै नै एउटा स्थिर राजनीतिक वाताबरणमा प्रवेश गर्नेछ । २०१८ भित्री चिनियाँ राष्ट्रपति नेपाल आउनेमा म विश्वस्थ छु ।

9599 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom