शेर बहादुर अब प्रधानमन्त्री बन्ने सम्भावना छैन:ज्योतिष बहिङगमराज तिमिल्सीना

आइतवार, माघ ६, २०७५



कास्कीको कालिकामा २०२६ सालमा जन्मिएका बहिङगमराज तिमिल्सीना नेपालमा दश महाविद्याका एक साधक हुन । जुन दश महाविद्याका साधक यसअघि योगी नरहरीनाथ र धन शमसेर मात्र थिए ।  सानैदेखि भारतको बनारस बसेर तपस्या गरी नेपाल फर्किएको उनको भनाई छ । दश महाँविद्या ज्योतिष विद्या भन्दा धेरै गुणा चमत्कारिक हुने उनको दावी छ । नेपाली सेनाको पण्डितबाट अवकाश पाएका उनले तत्कालिन राजा वीरेन्द्र र ज्ञानेन्द्रको समेत भविष्यवाणी गरेका थिए । नेपालपाटी डटकमसंग उनले नेपालका केही प्रमुख नेताहरुको राजनीतिक भविष्यको भविष्यवाणी गरेका छन् ।

खड्ग प्रसाद ओलीको ग्रह दशा राजा महाराजाको भन्दा पनि बलियो

केपी ओली तेह्रथुममा जन्म भयो । उहाँको मकर राशी हो । उहाँ पनि राष्ट्रका लागि केही गर्छु भनेता पनि ग्रह दशा त्यस्तो हुन सकेको छैन । पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टी अध्यक्ष हुने कुरा भैराछ । नेपालमा बृह्स्पति बलवान छ ।
कार्ययोजनामा कमी भयो । नेपालमा प्रधानमन्त्रीको नेृत्वमा घोडाको टाप र पशुपतिनाथको नौ मुठी माटो लिएर पुजा गरेमा राम्रो हुन्छ । दश वटा देवीको अराधना गराउँदा राम्रो हुन्छ । ओलीजीको बृहस्पति बलियो छ । त्यहि भएर पार्टी एकता हुनु र बहुमतको सरकार बनाउनु धेरै ठुलो कुरा हो । उहाँको बृहस्पति त पहिलेका राजा महाराजा भन्दा बलियो छ । खासमा भन्दा बृह्स्पति र चन्द्र ग्रहणले गर्दा प्रचण्ड केपी ओलीमा समाहित भएका हुन ।

प्रचण्डको गुरु मंगल बलियो

प्रचण्डको गुरु मंगल ग्रह बलियो छ । प्रचण्डको ग्रहका कारणले पारिवारिक जीवन बलियो भएको होइन । प्रचण्डको ग्रह दशा हेर्दा उनि फेरी पार्टी अध्यक्ष र प्रधानमन्त्री हुने योग छ । पुत्र पुत्री शोक र पारिवारिक विग्रह उहाँको ग्रहका कारणले भन्दा पनि स्वयम् उनिहरुकै कारणले हुने हो ।

झलनाथ खनालको राष्ट्रपति हुने योग

झलनाथ खनालको ग्रह दशा हेर्दा बोलिमा शुद्धता भएको, छलकपट नभएको नेता हुन । मैले एक पटक उहाँको निवासमै गएर नाडी  समातेको थिएँ । त्यो हेर्दा उहाँ राष्ट्रको पहिलो मानिस बन्न सक्नुहुन्छ । त्यो भनेको राष्ट्रपति नै होला । तर समय लाग्छ । अन्य नेताहरु भन्दा बौद्धिक हुनु र बोलीको प्रभाब हुनुको कारण पनि सुर्यकै प्रभाव हो । सुर्य बलवान हुने मानिसहरुमा यस्तो हुन्छ । सहनशिलता र धैर्यता उहाँको ग्रह दशाकै फल हो ।

शेरबहादुर अब प्रधानमन्त्री बन्ने सम्भावना छैन

शेर बहादुर देउवाको ग्रह अहिले असाध्यै कमजोर अवस्थामा छ । उहाँको शनि कमजोर छ । त्यसैले उहाँ अब पार्टीमा र देशमै बलियो हुने अवस्था छैन । यस अघि मलाई कसैले सोधेको थियो की शेर बहादुर देउवाजी सात पटक प्रधानमन्त्री हुने ज्योतीषीको भविष्यवाणी मिल्छ की मिल्दैन भनेर । मैले त्यति बेलै भनिदिएको हुँ यो वाहियात कुरा हो भनेर । उहाँको ग्रह दशा हेर्दा उहाँ काँग्रेसमा फेरी सभापति हुने सम्भावना पनि झिनो छ । किनकी उहाँको मंगल र बुध भुत छ । पार्टीमा अर्कै व्यक्ति बलियो भएर आउने देखिन्छ ।

रामचन्द्र पौडेलको भाग्यमा माथिल्लो राजकीय ओहोदा लेखेकै छैन

रामचन्द्र पौडेलजी पनि कमजोर अवस्थामा छ । उहाँको ग्रह दशा हेर्दा पार्टी सभापति बन्न सक्नु हुन्छ ।  तर प्रधानमन्त्री राष्ट्रपति बन्ने सम्भावना छैन । उहाँको नक्षेत्र नै कमजोर । मैले केपी ओली, पुष्पकमल (छबिलाल) दाहाल र झलनाथ खनालको जन्मकुण्डली बनाएर राखेको छु । यि तिनै जना कम्युनिष्ट नेताहरुको ग्रह दशा अरुको भन्दा बलियो छ । माधव नेपालजी लगायतका नेताहरुको जन्मकुण्डली मैले हेर्न पाएको छैन ।

युनिभर्सल चर्चको सम्मेलन नेपालमा गर्नु महाभुल

धर्मले धर्मलाई रक्षा गर्ने हो । जतिसुकै मानिसहरुले हिन्दु धर्मका विरुद्ध अर्को कुनै धर्मलाई उछालुन, हाम्रो हिन्दु धर्म झन बढ्दै जान्छ । सनातन हिन्दु धर्मको उद्देश्य भनेको सबैलाई संरक्षण गर्ने हो । हिन्दु धर्मले अरु धर्मलाई बाईपास गर्दैन । उदारहणका लागि यसअघि हिन्दु धर्म छोडेर अरु धर्म अंगालेका केही मानिसहरु मेरो सम्पर्कमा हुनुहुन्छ । बौद्ध, ईसाई, ईस्लाम, शिख लगायतका सबै धर्महरु हाम्रा भाईचारा धर्म हुन । त्यसैले एकले अर्कोलाई सक्ने भन्ने प्रश्नै आउदैन ।

युनिभर्सल चर्चको आयोजनामा नेपालमा सम्मेलन हुनु बडो दुखद कुरा हो । नेपाल परापुर्वकालमा तपोभुमी हो । यहाँ विभिन्न ऋषीमुनीहरुले ज्ञान आर्जन गरेका थिए । यो आफैमा ठुलो गल्ती हो । हाम्रो धर्म शास्त्रले आफ्नो धर्ममा मर्नु अति राम्रो हुन्छ, अर्को धर्ममा मर्नु भयावह हुन्छ भन्छ । त्यसैले सबैले आ आफ्नो धर्म मान्नु उपयुक्त हुन्छ ।

1551 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank