नेपाल बन्न नसक्नुका तीन कारण

सोमवार, साउन २, २०७४

loading...


म विद्यार्थीकाल देखि नै जनवर्गिय सँगठन र पार्टिका स्थानीय कमीटीमा नेतृत्वदायी भूमिकाको दोश्रो व्यक्तिका रुपमा नै रहेर लामो समय सम्म काम गरेँ । पछि अनेरास्ववियूको जील्ला सचिव, अँचल कोषाध्यक्ष, अध्यक्ष हुदै राष्ट्रिय परिषद सम्म र यूवा सँघको जील्ला अध्यक्ष भएर काम गरेँ । 

पश्चिम पहाडको गुल्मी—भनभनेमा बाल्यकाल विताएका डा. रमेश पौडेलको युवा अबस्था तराईको रुपन्देहीमा वित्यो । करिव ४ बर्षको उमेरमै भारतप्रबासमा बुवाको मृत्युपछि वहाँको बाल्यकाल स्वाभावीक संघर्षशिल रह्यो । गुल्मीबाट रुपन्देही हुँदैसमयक्रमले काठमाडौंमा ल्याइ पुर्यायो । कानुन पढेर कालोकोटमा अदालत प्रवेश गर्ने चाहाना थियो तर, पारिवारीक सल्लाहलेअध्ययनलाई ब्यवस्थापनतिर डोर्यायो । नेपालको विकास र अर्थतन्त्र बुझ्ने चाहनाले संसारकै उत्कृष्ट मध्येको विश्वविद्यालय अष्ट्रेलियाको “अष्ट्रेलियन नेष्नल यूनिभर्सीटी” को यात्रा तय भयो । त्यहाँ उनले “विकाशसील राष्ट्रहरुको आर्थिक विकास र व्यापार प्रवद्र्धन” भन्ने शिर्षकमा विद्यावारीधिको सोधपत्र लेखे र भूपरिवेष्ठीत विकाशसील राष्ट्र र अन्य विकाशसील राष्ट्रहरुका विकाश समस्या मा के फरक छन् र नेपाल जस्ता राष्ट्रहरुले छिटो विकाशका लागि के गर्न आवस्यक छ भन्ने कुराको विष्लेषण गरे । अहिले उनी आफ्नो विज्ञता सहितनेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने अभियानमा सक्रिय छन् ।लामो समयसम्म अध्यापन, अनुसन्धान् र राजनीतिलाई साथै बढाएका पौडेल राजनीतिक पृष्ठभूमिका हिसावले ने क पा एमालेमा आवद्ध छन् । पौडेलसँग नेपाल किन बन्न सकेन र कसरी बनाउन सकिएला भन्ने विषयमा नेपालपाटीले गरेको कुराकानी ।

अहिले तपाई एउटा क्षेत्रको विज्ञ तर राजनीतिक पृष्ठभूमि चै के थियो ?
राजनीतिमा लाग्ने प्रेरणमा बाल्य कालदेखि नै मिल्यो । हजुर बुवा पञ्च्यातको राजनीति गर्नु हुन्थ्यो । काकाहरु त्यति बेला अनेरास्ववियुको पाँचौमा सक्रिय रहनु भएको थियो । उहाँहरुको प्रवाभले राजनीतिमा इच्छा जाग्यो । अंकलहरुको संगतले मलाई पनि अनेरास्ववियुको राजनीतिमा तान्यो । ७ कक्षा पढ्दादेखि म संगठनमा आवद्ध भइसकेको थिए । गुल्मीको पृथ्वी मा.वि. मा पहिलो पटक अनेरास्ववियू पाचौमा सँगठित भएँ । एस एल सी पछि रुपन्देहीको रामणी क्याम्पसमा पढ्न थाले, म पहिलो व्याचको पहिलो विद्यार्थी नै थिएँ । त्यसै बेला बहुदलको आन्दोलनमा रुपन्देहीको मणिग्राम क्षेत्रमा अनेरास्ववियूको क्याम्पसको सचिवको हिसावले सक्रियतापूर्वक लागियो । पछि स्नातक पढ्ने बेला भने संगठनको सल्लाहमा भैरहवा क्याम्पस गएर विद्यार्थी राजनीतिमा सक्रिय भएँ र पढाईलाई पनि सच्चा र जेहेन्दार विद्यार्थीको हैसियतले नै अगाडि बढाउन शफल भएँ । म विद्यार्थीकाल देखि नै जनवर्गिय सँगठन र पार्टिका स्थानीय कमीटीमा नेतृत्वदायी भूमिकाको दोश्रो व्यक्तिका रुपमा नै रहेर लामो समय सम्म काम गरेँ । पछि अनेरास्ववियूको जील्ला सचिव, अँचल कोषाध्यक्ष, अध्यक्ष हुदै राष्ट्रिय परिषद सम्म र यूवा सँघको जील्ला अध्यक्ष भएर काम गरेँ । त्यति नै बेला म पार्टिको क्षेत्रीय कमिटीको उपसचिव रहेको थिएँ ।

राजनीति र पढाई सँगै थियो की पढाई रोकेर राजनीतितिर पाइला चाहियो ?
त्यति बेला जो पढाईमा राम्रो छ उसलाई संगठनमा आवद्ध गर्नुपर्छ भन्ने मान्यता थियो । म पनि पढाईमा राम्रो विद्यार्थी थिए र पारिवारिक पृष्ठभूमि समाजसेवा थियो । पढाई र विद्यार्थी राजनीति मेरो हिसावले सँगै थियो । घरको पृष्ठभूमि र मेरो ईच्छाका हिसावले चार्टर्ड एकाउण्टटेन्ट पढ्ने सोँच थियो । तर कतिपय राजनीतिक जीम्वेवारीका कारण त्यो सुरु नै गर्न सकिएन । मलाई त्यसमा पछुतो पनि छैन ।

विद्यार्थी राजनीति चै कति उमेरसम्म गरियो ?
भैरहवा क्याम्पसमा पढ्दा पढ्दै म अञ्चल अध्यक्ष भए । राष्ट्रिय पार्षद पनि भए । मेरो विद्यार्थी राजनीति होलटाइमरको रुपमा थिएन । बुवा नहुनुभएकोले परिवार पाल्ने हिसावले केही न केही पेशा पनि गर्नै पर्ने थियो । पहिलो स्नातकोत्तर सकिएको करिव १ वर्ष पछि क्याम्पस पढाउन थालेँ । क्याम्पस पढाउने तर विद्यार्थी राजनीति किन गर्ने भन्ने विषयमा म भित्र नै द्विबिधा पलायो, यद्येपी मैले अर्थशास्त्रमा स्नातकोत्तर गर्दै थिएँ । मैले विद्यार्थी राजनीति नगर्ने निस्कर्ष निकाले । पार्टी विभाजनसँगै युवासंघमा पनि समस्या थियो । पछि मैले युवा संघको रुपन्देही जिल्ला कमिटीको सँयोजक र अध्यक्ष भएर काम गरे । त्यस हिसावले मैले पुग नपुग २४ वर्ष पुरा नहुदै विद्यार्थी राजनीति छाडिसकेको थिएँ ।

काठमाडौंप्रवेशले सबै राजनीतिसँगको सम्बन्ध टुट्यो ?
ramesh-paudelएक हिसावले राजनीतिसँगको सम्बन्ध टुट्यो र अर्को बाटो सुरु भयो भन्न सकिन्छ ।म यूवा सँघको जील्ला अध्यक्षको जीम्वेवारी पुरा गरेपछि काठमाण्डौ आएँ । यूवासँघको केन्द्रीय सम्मेलन हुँदै थियो । म त्यसको व्यवस्थापन समितिमा बसेर काम गरेँ । पछि सम्पर्क मँचमा पनि सामान्य भूमिकामा रहेर साथिहरुलाई सहयोग गरे तर म अलग भूमिकाको खोजीमा लागि सकेको थिएँ । पहिला पनि म विकास र राजनीतिका विषयमा स्थानीय पत्र पत्रिकामा लेखि रहन्थ्ये । काठमाडौमा आएपछि भरतमोहन अधिकारी,डा गोविन्द बहादुर थापा, रमेश सिलवाल आदिसँग सम्पर्क बाक्लो भयो । भरतमोहन अधिकारी र डा. थापा त्यसबेला पनि नेपालको विकाश बारे बहश चलाउन पाए हुन्थ्यो भन्नु हुन्थ्यो । मैले त्यसको पहल गर्न पाए हुन्थ्यो भन्ने लागे पछि वहाँहरुका अतिरिक्त विष्णु पौडेल, प्रदिप ज्ञवाली र रमेश सिलवालसँग विभिन्न हिसावले सल्लाह र सहयोग मागे । पछि इश्वरी भूसालको समेत सहयोगमानेपाल टेलीभिजनमा आर्थिक विकाश र सुशासनका विबिध पक्षमा बहश गर्ने गरि राष्ट्रिय अर्थतन्त्र भन्ने कार्यक्रम चलाएँ । यसो गर्दा पनि राजनीतिमा सहयोगी भूमिकामा सँगठित रहिरहेँ र सक्रिय नै थिएँ ।

टेलीभिजनमा कार्यक्रम चलाउँदाका उपलव्धि के भयो?
त्यसबेला सक्रिय बामपन्थी राजनीतिबाट टेलीभिजनमा कार्यक्रम चलाउने सम्भवतः म मात्र थिए । अरु पनि थिए होलान् तर साँगठनिक हिसावबाट चिनिएका थिएनन् । यस हिसावले ममा आफ्नै खालका चुनौति र अवशरहरु थिए । त्यसभन्दा अगाडि विकाश र सुशासनका बारे खासै चर्चा हुदैनथे, यद्यपि आर्थिक समाचार भन्ने चलन भने बसीसकेको थियो । आर्थिक विषयमा मात्र केन्द्रीत भएर चलेको त्यो नै पहिलो कार्यक्रम थियो । अर्को उपलव्धि भनेको बहसका कार्यक्रममा सिमित नेताहरुको मात्र पहुँच हुन्थ्यो त्यो वेला । त्यति बेलासम्म नेपाल टेलीभीजन मात्र थियो, अन्य टेलीभिजनहरु आईसकेका थिएनन् । त्यस कार्यक्रम मार्फत हामीले विकाश र सुशासनका लागि भूमिका खेल्ने सरकारी कर्मचारीहरु, सम्वन्धित नेताहरु, बिज्ञहरु, प्राविधिकहरुलाई समेत टेलीभिजनको पर्दामा उहाँहरुका विचार र भूमिका सहित उतार्न सफल भयौँ । त्यही कार्यक्रमले मलाई अर्थशास्त्रमा थप अध्ययन गर्नका लागि प्रेरित पनि गर्यो । त्यसपछिको मेरो यात्रा अर्थशास्त्र र विकासको अध्यनतिर मोडियो ।

अष्ट्रेलियाको यात्रा कसरी तय भयो ?
टेलिभिज कार्यक्रम चलाउँदा चलाउँदै विकास के हो ? विकास कसरी हुन्छ ? त्यसका मुद्दाहरु के के हुन भन्ने कुरा मनमा खेल्न थाल्यो । त्यसमा थप अध्यन गर्ने रुची पलायो । त्यसमा डा गोविन्द बहादुर थापा, प्रा डा पार्थिवेश्वर तिमील्सीना र प्रा डा विश्वम्भर प्याकुरेलको सल्लाहले पनि भूमिका खेल्यो । भरतमोहन अधिकारीले पनि तपाई जस्तो मान्छे पढ्न जानुपर्छ भन्नुहुन्थ्यो । राजनीतिक पार्टीहरुको औद्योगीक नीति विषयमा मैले अर्थशास्त्रमा थेसिस गर्न खोजेको थिए । तर विभागले विवादमा परिन्छ भन्दै मलाई सुपरभाइजर दिन मानेन । मैले बल्खुमा पुगेर म यो विषयमा थेसिस गर्न चाहान्छु हाम्रो पार्टीसँग सम्पर्कमा रहेका प्राध्यापक को छ भन्ने सोधी खोजी गर्दा प्रदीप ज्ञवालीले प्रा डा पार्थिब्यस्वर तिमिल्सेनाको नाम लिनुभयो । मैले उहाँको मातहतमा रहेर नै थेसिस सके । त्यसबेला पार्टिहरुले औद्योगिक नीतिका विषयमा खासै रुची नदेखाएको नै देखियो । बरु तुलनात्मक रुपले अलिकति व्यवस्थित एमाले रहेको पाइयो । माओवादी त्यति बेला शसस्त्र संघर्षमा नै थियो ।त्यसपछि त्यसमा थप अध्यन गर्नुपर्छ भन्ने उद्देश्यले अष्ट्रेलिया पुगेको हुँ ।

विद्यावारीधि गरिसकेपछि नेपालको औद्योगिक नीतिलाई फर्केर हेर्दा कस्तो पाउनु भयो ?
त्यही रुपमा मैले अध्यन गरेको छैन । तर सामान्य रुपमा हेर्दा पहिला र अहिले खासै अन्तर पाएको छैन । उद्योग नीति र कार्यक्रमका बिचमा अन्तर छ । नीतिका विषयमा केही सामान्य उल्लेख छ ।लोकतन्त्रमा पार्टीहरु नै सर्वोपरि हुन्छन्, तर उनीहरु नै यस सवालमा उनिहरु परिस्कृत नभए पछि देशका नीतिहरु स्वतः व्यवहारिक बन्दैनन्, हुँदैनन् । पार्टीहरुका घोषणापत्र हेर्दा पनि सामान्य रुपमा समेटिएको छ । तर यो–यो गर्नुपर्छ । यसरी अगाडी बढ्दा यो उपलब्धि हाँसिल हुन्छ भन्ने कुरा प्रष्ट पाइन्न । जे जती उल्लेख छन्ती पनि अनुसन्धानमा आधारित भन्दा बढी भावना र आकाक्षामा आधारित छन् ।

किन होला ?
त्यसमा राजनीतिक दलहरुको ध्यान पुग्न सकेको छैन भनने मलाई लाग्छ । त्यो नीतिले देशलाई नै कायापलट गर्न सक्छ भन्नेमा दलहरुले अझै नबुझेका हुन की ? विकासका मुद्दाहरु नै अझै पनि व्यवस्थित ढंगले अगाडी बढ्न सकेका छैनन् । विकासको एउटा आधारऔद्योगीक नीतिमा ध्यान कम गए पछि रोजगारी र पूर्वाधारका कुराहरु पनि गफ मात्र बन्ने नै भए । । अर्को दुर्भाग्य भनेको त नेपालका कुनै पनि राजनीतिक दलहरुले आफ्ना दस्तावेजहरुलाई तथ्य र अनुसन्धानमा आधारित भएर बनाउने अभ्यास नै सुरु गरेका छैनन्, त्यसको महत्व नै बुइmेको आभास हुँदैन ।

राजनीति र विज्ञतालाई कसरी हेर्नु हुन्छ ?
राजनीति र विषयमा विज्ञता दुवैलाई साथै बढाउन सकियो भने मात्र नीति निर्माणमा प्रभावकारी भूमिका खेल्न सकिन्छ । कुनै विषयमा गहिरो अध्ययन गरेर नै विज्ञता आउने हो । एउटा विषयको विज्ञले अर्को विषय नजानेको पनि हुन सक्दछ, तर विषय वस्तुलाई कसरी समातेर अगाडि बढ्न सकिन्छ भन्ने क्षमता विज्ञसँग हुन्छ । राजनीतिले विज्ञतालाई राम्रो सँग परिचालन गर्दा मात्र देशको आवश्यकता बुझेको र ठिक कार्यक्रम बनाउन सकिन्छ । सारमा भन्नु पर्दा राजनीतिज्ञले धेरै कुराहरु केही न केही बुझेको  हुन्छ, विज्ञले कुनै एक बिषयमा गहिरो सँग बुझेको हुन्छ र कुनै पनि विषमा गहिरो अध्ययन गर्ने तरिका सिकेको हुन्छ । हामीकहाँ मात्र होईन अन्य अविकशित मुलुकमा पनि नेताले सवै थोक जानेको अभिनय गर्दछन् । उनीहरुले सवै कुरा जाने जस्तो, विज्ञले केही नजाने जस्तो हुन्छ । यसले गर्दा नजानिदो पाराले विज्ञहरुको अपमान समेत हुन्छ । हुनु के पर्ने हो भने राजनीतिज्ञले आवश्यक विषयमा विज्ञसँग परामर्श गरेर त्यस विषयमा विचार बनाउनु पर्ने हो, नेपालमा त्यो अझै राम्रो सँग सुरु नै हुन सकेको छैन ।

राजनीतिमा जो पदमा पुग्यो त्यो ठूलो हुने तर जसले पदमा पुरयाउन भूमिका खेल्यो त्यो चै सानो हुने जर्वजस्त प्रवृति छ । जिम्मेवारी दिने बेलामा अघिल्लो पटक कुन पोष्टमा काम गरेको थियो भन्ने मात्र हेरिन्छ, जवाक कहाँ कस्तो काम गर्यो भनेरत्यसको हिसाव किताव खोज्नुपर्ने हो। उसको विज्ञता कम हेरिन्छ । त्यसकारण विज्ञहरुले राजनीतिमा पर्याप्त ठाउँ नपाएका हुन्। फेरी केही विज्ञहरुलाई विगतमा दिइएका जीम्वेवारीहरु पनि पुरा नभएका तीतो यथार्थ हामी सँग छन् । विज्ञता र राजनीति सँगै लैजान सक्दा मात्र पार्टी, देश र जनताको समग्र भलाई गर्न सकिने नीति र योजना बन्न सक्दछन्, त्यो नै अहिलेको राजनीतिको मुल कमजोरी हो ।

अभ्यास सुरु भएन किन ? नेतृत्व भएन ? विज्ञहरुको कुरा सुनिएन वा दलहरुले त्यसलाई मुद्दा नै बनाएनन ?
यसमा तीनवटा कुरा महत्वपूर्ण छन् । अहिलेका राजनीतिक दलहरुको अधिकांस नेतृत्व विद्रोहको मानसिकताबाट आएको हो । कांग्रेस, एमाले, माओवादी सबै । उनीहरु सबै राजनीतिक परिवर्तनका कुराहरुलाई अगाडी बढाउदैै यहाँसम्म आइ पुगे । तर, त्यो परिवर्तन राजनीतिक अधिकारसँग मात्रै जोडियो आर्थिक परिवर्तनसँग जोडिएन । अथवो आर्थिक समृद्धीको क्षेत्र एजेण्डा बन्न, बनाउन सकिएन । राजनीति परिवर्तनका लागि आन्दोलन र चेतना महत्वपूर्ण हुन्छ भने आर्थिक परिवर्तन (विकाश, समृद्धी) रचनात्मकता, नीति, योजना र उत्प्रेरणा सँग सम्वन्धित हुन्छ । नेतृत्वले यो कुरा नबुझेको त होईन होला तर त्यसलाई ब्यबहारमा उतार्न सकिएन, त्यो चुनौती हो । हरेकदलभित्र जो जुन क्षेत्रको विज्ञ छ त्यसलाई अगाडी सारेर विज्ञहरुको सल्लाहमा नै दलहरु नीतिगत रुपमा अगाडी बढाउनु अवको अनिवार्य आवश्यकता हो ।
तपाईको विज्ञता चै के हो, कसरी हाँसिल गर्नुभयो ?
म आफूलाई अर्थशास्त्रको विद्यार्थी ठान्दछु । मैले विभिन्न परिवेशमा अर्थशास्त्रीकै हैसियतले काम गरेको छु । लामो समय सम्म अध्यापनमा लागेँ, करिव एक दशक भन्दा बढी समय विकाशवादी अर्थशास्त्रीको हिसावले अनुसन्धानमा लागेको छु र अन्तराष्ट्रिय जर्नलहरुमा आफ्ना अनुसन्धानात्मक कृतिहरु प्रकाशित पनि गरेको छु । दुई वटा पुस्तक पनि प्रकाशित गरेको छु । मैले हासिल गरेको विज्ञता पनि अरुहरुले जसरी नै हो । अर्थात अध्ययन्, अनुसन्धान, अध्यापन र त्यससँग सम्वन्धित काम । मैले नेपालबाट एमविए र एमए गरिसकेपछि अष्ट्रेलीयामा (वोलङ्गन विश्वविद्यालयमा) अर्थशास्त्रमा एमए—रिसर्च (एमफिल) गर्न गए । त्यहाँ मैले श्रीलंकाको वित्तीय उदारीकरणका विषयमा थेसिस लेखे, त्यसबाट ३ वटा लेखहरु प्रकाशित पनि भएका छन् । त्यहिबाट विद्यावारिधि गर्ने विचार थियो तर सुपरभाइजरले नै त पढ्न सक्ने मान्छे रहेछस, त्यसैले अष्ट्रेलियन विश्वविद्यालय (अष्ट्रेलीयन नेष्नल यूनिभर्सिटी) मा पढ्न जानु भनी सल्लाह दिनुभयो । उहाँको सल्लाहमाम त्यहाँ गएँ । विश्वको ख्याती प्राप्त विश्वविद्यालयमा निकै मेहनत गरेरऔषत भन्दा कमै समयमा विद्यावारिधि सकेँ । विद्यावारिधिमामैले नेपालजस्तै अर्थतन्त्र भएका ३४ वटा भूपरिवेष्टित राष्ट्रहरुको आर्थिक विकाश र निर्यात प्रवद्र्धनका विषयमा सोध पत्र लेखेँ ।

तपाईको विज्ञता नेपालमाकसरी सदुपयोग हुन्छ ?
मैले जुन विषयमा पिएचडी गरे, त्यो नेपालको चिन्ताले वा नेपालको विकासकमा केही योगदान गर्न सकिन्छ की भन्ने उद्देश्यले नै गरेको हुँ । सँगसँगै म २०४२ सालदेखि विद्यार्थी सँगठनमा सँगठित भएदेखि नै निरन्तर सँगठित भएर नै काम गरिरहेको छु, लगातार म पार्टीमा लागि रहेकोछु । मैले विज्ञता हासिल गर्दा पनि आफूले पाएको जीम्वेवारीलाई राम्रो सँग पुरा गरेको छु,, त्यसैले नै मलाई नेपालको बारेमा अध्ययन गर्न विशेष रुची जगायो ।अहिले म मेरो विज्ञता पनि पार्टीले लिने नीति र नेपालको समग्र आर्थिक समृद्धि सँग जोड्न चाहान्छु । पार्टीले लिने नीति अनुसन्धान मुलक बनाउनपर्छ भन्नेमा अहिले मेरो प्रयास जारी रहेको छ र नीरन्तर लागि रहने छु । लोकतान्त्रीक व्यवस्था भएकोले एउटा पार्टीलाई मात्र सुधार्न सकियो भने अन्य पार्टीहरुले पनि सुरु गर्दछन् र देशमै एक खालको प्रवृत्तिको विकाश हुन्छ भन्ने लाग्दछ ।

तपाईसँग भएको विकाशको दृष्टिकोण के हो ?
नेपालजस्ता विकासशील भूपरिवेष्ठीतराष्ट्रहरु ३४ वटा छन् ।आजको विश्वब्यापीकरणले गर्दा जुनदेशसँग जे छ त्यो बेच्न सक्नुपर्दछ, विकाशका लागि ।अर्थात जसले केही वेच्न सक्दैन वा जो सँग विक्रिका लागि केही छैन, ती देशहरु यो जमानामा स्वाभाविक रुपमा पछि पर्दछन् वा पारिन्छन् । यस हिसालवले हामी प्राविधिक रुपमा कमजोर छौ । भएका कुरालाई बाहिर लैजान सकेका छैनौं । हामी उत्पादन गरिरहेका छैनौं । भएको उत्पादनलाई पनि बाहिर लैजाने सयन्त्रहरु कमजोर छन् । हाम्रा सँस्थाहरु ब्लियो होइन कमजोर बन्दै गएका छन् । हामी खुला अर्थनीतिको कुरा गछौं तर त्यो अनुसार नीति बनाइरहेका छैनौ । अहिले देशको समग्रै आर्थिक नीति के हो भन्ने सन्दर्भमा राष्ट्र नै प्रष्ट छैन । दोस्रो शुसानको मुद्दा पनि मुख्य हो । नेपालको शासन व्यवस्था के हो ? कसरी सञ्चालन गर्नुपर्छ भन्नेमा पनि दलहरु स्पष्ट छैनन् ।विश्व वैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष जस्ता सँस्थाहरुले जे बनाएर दिए त्यसका आधारमा मात्रै चलिरहेको छ । नेपालको माटो, नेपालको आबश्यकता अनुसार नीति बनाउनेमा कसैको पनि ध्यान पुग्न सकेको छैन, केही पहल भने भएका छन् तर मुर्त रुप लिन सकेका छैनन् ।एमालेमा त्यस्तो दृष्टिकोण केही मात्रामा छ । अतः राम्रो अनुसन्धान गरेर आर्थिक नीति बनाई सन्तुलित विकाशको अवधारणामा जान ढिलाई गर्न हुँदैन ।

नीति नभएको हो कि बिकास गर्नेसस्था नभएको हो ?
एक हिसावले त्यो दुइ वटै अवस्था हो । सँस्था पनि कमजोर छन्, नीति पनि छैनन् । भएका सस्थाहरु पनि कमजोर बन्दै गएका छन् । कुनैपनि निकायले समयमा नै काम गर्दैनन् । १५ किलोमिटर बाटो बनाउछौँ तर त्यसमा चाहिने पुल बनाउँदैनौ जसले गर्दा त्यो बाटोबाट जुन फाईदा अर्थतन्त्रका अङ्गले लिनुपर्ने हो त्यो लिन सकेका छैनन् । ठेकेदारले २० हजार खर्च जोगाउन अहिले पनि करौडौको क्षती पुर्याईरहेका छन् । राजधानीमा भेलले बगाएर बालक मर्ने जस्तो लज्जास्पद स्थितीले नै हाम्रो सुसाशन र योजनाको हालत प्रष्ट्यााउछन् । बनेकासडकहरु बर्षदिन पनि टिक्दैन । राजधानीका सडक हेर्दा भनि साध्य छैन । स्वास्थ्य, शिक्षा, रोजगारी सबैतिर लथालिङ्ग छ । शासन गर्ने शैली नभएर यस्तो भएको हो । यो राजनीति, नीति र प्रशासनको जिम्माको काम हो । दलहरु सत्ताको खीचातानीमा र प्रशासन भ्रष्टाचारमा र आफ्नै गुणगान एवँ स्वार्थमा केन्द्रित देखिन्छ । शिक्षा स्वास्थ्य पनि निजी क्षेत्रलाई जिम्मा लगाइएको छ । नीजिक्षेत्रले सरकारलाई कमजोर बनाउने गरि ठाउँ ठाउँमा सिन्डिकेट सृजना गरेका छन् । अनुगमन गर्ने निकायहरु त इmनै निरीह छन् । जती नीतिहरु बनेका छन्, तीनीहरुले नेपालको समस्यालाई छुनै सकेका छैनन् । यी सवैले नीति र सँस्था दुवै नभएको सँकेत गर्दछन् ।

नेपाल बन्न नसक्नुका मुख्य तीन कारण के के हुन ?
तीनवटा समस्या मध्ये पहिलोसाशन शैलीको गुणस्तर सुधार्नुपर्दछ, यो कम्जोर भएका कारण नै देशमा लगानी भित्रिएको छैन र लगानीले पनि उचीत प्रतिफल दिने वातावरण बन्न सकेको छैन । दोस्रो, हाम्रो शिक्षा क्षेत्रको उत्पादन प्रणालीलाई सहयोग गर्न सक्ने गरि विकाश गरिएको छैन । त्यसैले युवाहरु विदेसिने क्रम बढेको हो । उच्च शिक्षालाई व्यवसायिक र सीप मुलक बनाउनैपर्छ । तेश्रो, हामीले विदेशमा के वेच्ने ? भन्ने कुराको यकिन गर्न सकेनौँ ।कृषिमा अरु भन्दा के फरक गर्ने ? परिणाममा थोरै भएपनि तरिका नयाँ र उत्पादनमा विशिष्टता कसरी ल्याउने भन्ने सोच्नुपर्छ । हामी जे उपभोग गर्छौ त्यो उत्पादलन गर्दैनौ जे उत्पादन गछौं त्यो उपभोग गर्दैनौ । त्यसको तालमेल नीतिगत रुपमा नै मिलाउनु आबश्यक छ । यी तीनवटा विषयमा हामी अगाडी बढ्न सक्यौ भने मात्र हाम्रा छिमेकमै भएका ठुला बजारबाट फाईदा लिन सक्दछौँ र नेपाल बन्न धेरै समय लाग्दैन । यी सवैका लागि अव दलहरुले अनुसन्धानमा आधारित नीति, बजेट, कार्यक्रम बनाउने कुराको थालनी गर्नै पर्दछ । विवाद पनि मनगणन्ते भावनामा होईन तथ्यमा आधारीत भएरै गर्नु पर्दछ ।

3335 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv