समाचार लेखे वापत् धेरै पटक स्पष्टिकरण बुझाईयो: प्राध्यापक रेग्मी

अन्तरवार्ता

बुधबार, माघ २६, २०७३

loading...


प्राध्यापक रामकृष्ण रेग्मी नेपालको आमसंचार तथा पत्रकारिता क्षेत्रमा निकै सम्मानित नाम हो । लामो समय राष्ट्रिय समाचार समितिमा विताएका उनी आमसंचार तथा पत्रकारिताका प्राध्यापक हुन । उनले पढाएका धेरै विद्यार्थीहरु राज्यको उच्च ओहोदामा पुगेका छन् । केही प्रतिष्ठित पत्रकारका रुपमा चिनिएका छन् । उमेरको हिसावले झण्डै साढे सात दशक पार गरेका रेग्मीलाई सवैले गुरु भनेर सम्बोधन गर्छन । नेपाली र अंग्रेजी भाषामा बलियो पडक बनाएका प्राध्यापक रेग्मीले पत्रकारिता क्षेत्रका अलावा समसामयिक विषयमा समेत प्राज्ञिक रुपले टिप्प्णी गर्छन । काठमाडौको पुतलिसडकमा रहेको कान्तिपुर सीटि कलेजमा पत्रकारिता विषयको अध्यापन सुरु गर्ने बेलादेखी क्रियाशिल रहेका उनी अहिले पनि उत्तिकै सक्रिय छन् । प्राध्यापक रेग्मीसंग नेपालपाटीका लागि दीपेन्द्र खड्का र कृष्ण भट्टराईले पञ्चायतकालमा समाचार संकलन गर्दाका तिता-मिठा क्षण तथा नेपाली मिडियाको वर्तमान अवस्थाका विषयमा खुलेर कुराकानी गरेका छन् । प्रस्तुत छ प्राध्यापक रेग्मीसंगको अन्र्तवार्ता ।

 

तपाई प्राज्ञिक हिसावले मात्र नभएर सक्रिय पत्रकारितामा लामो समयदेखी क्रियाशिल हुनुहुन्छ । तपाईको करिअर कसरी सुरु भयो ?
अहिलेको परिभाषाबाट करिअर सुरु भएको भन्न मिल्दैन । बिद्यार्थीकालमा लेख्दै गर्दा सुरु भएको हो । एकपटक गोपालदासजी (वरिष्ठ पत्रकार गोपालदास श्रेष्ठ) ले समाचार लेख्न भन्नुभयो । त्यसपछी लगातार जशो ‘द कमनर’मा समाचार लेखेँ । करिअर भन्दा पनि त्यो बेला संलग्नता मात्र हुन्थ्यो । विस्तारै एकपछी अर्को लेख्न थालेपछी म यो क्षेत्रमा आएँ । त्यो कुनै स्थायी पेशाको हिसावले थिएन । एउटा यस्तो अवधी थियो कि वि.स. २०७२÷२०२८ सालतिर हामीहरु विभिन्न पत्रपत्रिकामा लेखिरहन्थ्यौँ । नाम पनि आउँदैनथ्यो । अहिलेजस्तो कुनै संस्था जोईन गरेजस्तो होईन । त्यो अस्थायी काम मात्र थियो । अहिले काम गरे पनि भोली निरन्तरता पाउने नपाउने टुंगो हुन्थेन ।

त्यतिबेला तपाई त्रिवीमा पढ्दै हुनुहुन्थ्यो ?
म त्यतिखेर कलेजतिर पढ्दै थिएँ । म प्रायजशो पत्रपत्रिकामा संलग्न भएको थिएँ । त्यो बेलाका सबैजशो सम्पादकहरुसंग राम्रो सम्बन्ध थियो । मैले सबैसंग काम गरेको छु । समाचारका अलावा कहिलेकाँही सम्पादकीय पनि लेख्थेँ । म आफैँलाई यही क्षेत्रमा लाग्छु भन्ने थिएन । त्यसैले मैलै एम.ए अर्थशास्त्रमा गरेँ । त्यसपछी पनि लेख्दै गर्दा रासस जोईन गरेँ ।

त्यो कति साल तिरको कुरा थियो ?
२०३४ साल तिर होला ।

त्यतिबेला पञ्चायत चलिरहेको थियो । रासस सरकारी एजेन्सी भएकोले सरकारको डोमिनेशन कत्तीको थियो ?
रासस सरकारी निकाय भएकोले सरकारको डोमिनेशन थिएन भन्ने कुरा होईन । तरपनि केही गर्न सकिने कामहरु थिए । हामीले केही गरेका छौँ । समाचारको प्रवाहलाई देशको विभिन्न ठाउँमा पुर्याउने, आर्थिक र विकास समाचारहरु खोज्ने कामको सुरुवात गरेका छौँ । त्यो अहिले पनि देख्न सकिन्छ ।

वि.स.२०३६ साल नेपालको इतिहासमा चर्चित छ । त्यतिबेलाको राजनीतिक अवस्था कस्तो थियो ?
एक पक्ष चाँही पञ्चायतलाई केही पनि नचलाएर समाचार दिनुपर्छ भन्ने थियो । अर्को चाँही यतिसम्म समाचार दिन हुन्छ भन्ने थियो । समाचारपिच्छे नै बहस चलिरहन्थ्यो । तर २०३६ सालमा जनमतसंग्रह भएपछी अलिकति राम्रो वातावरण बन्यो । सबै पार्टीहरुको समाचार दिन पाउने भयो । तर त्यो भन्दा अगाडी प्रतिबन्धीत पार्टीहरुको समाचारको गन्ध नै आउन हुदैनथ्यो । त्यतिबेला हामीले समाचार समिति यसरी चलाउनुपर्छ भन्ने विषयमा अभ्यास पनि गर्यौँ ।

अर्को पक्ष प्रतिबन्धित पार्टीहरुले पनि राससको समाचारलाई लिएर नकरात्मक प्रतिक्रिया जनाएको मलाई थाहा छैन । बरु कहिलेकाँही समाचारकर्मीहरुमाथी बहुदलको पक्षमा समाचार दिएको आरोप लाग्यो । केहीले निर्दलको पक्षमा समाचार दिएको आरोप पनि लाग्यो । तर वास्तवमा हामीले सबैको आवाजलाई समेट्ने कोशिस गर्यौँ । त्यतिबेलाको रेकर्ड हेर्दा पनि हुन्छ ।

Prof-Regmi2त्यतिबेला न्युज रुममा धेरै समाचार किल हुन्थे भनिन्छ । के थियो वास्तविक अवस्था ?
त्यतिबेलाको सरकारको आलोचना सहन सक्ने क्षमता त छँदै थिएन । कहिले धेरै दिएको त कहिले थोरै दिएको भन्दै समस्या ब्यहोर्यौँ । बाहिर जनचाहना धेरै अगाडी बढि सकेको अवस्था थियो । तर मुखरित हुन सकिरहेको थिएन । समाचार समितिले पुर्ण प्रेस स्वतन्त्रता भएको बेलामा जस्तो काम गर्यो भनेर त नभनौँ तर त्यो एक वर्षमा धेरै किसिमका स्वतन्त्रताहरु प्रयोग भए । त्यतिबेला धेरैका आवाजहरु पाउन सक्नुहुन्छ । बहुदल आएपछी फरक ढंगले गयो ।


मैले धेरै पटक स्पष्टिकरण दिएको छु । यो समाचार यो कारणले लेखेँ । यो यो कारणले लेखेँ भनेर लिखित र मौखिक दुवै स्पष्टिकरण दिएको छु ।


 

पञ्चायतको अवधीमा सुर्यबहादुर थापा, कीर्तिनीधी विष्ट, तुलसी गिरी र केही समय मरिचमान सिंहले प्रधानमन्त्रीको रुपमा शासन गरे । तर सुर्यबहादुर थापाले सरकारी संचारमाध्यामहरुमा प्रत्यक्ष हस्तक्षेप गर्दथे भनिन्छ । के यो वास्तविक हो ?
त्यति धेरै होईन । पञ्चायतलार्ई सघाउने, गाउँ फर्कलाई सघाउने किसिमको कुरा आउँथ्यो । तर यस्ता कुरामा कतिपय कम र कतिपय बढी मात्र अगाडी थिए ।

पञ्चायतभित्र अलि उदार शासक को थिए ?
उदार भनेर टिप्पणी नगरिहालौँ । पञ्चायत भन्नाले राजाको प्रत्यक्ष शासन थियो । जुन अर्थमा स्वतन्त्र प्रेस जस्तो थिएन । त्यो बेला गाउँ फर्क र पञ्चायतलाई अप्ठेरो पर्ने समाचार दिन पाईदैनथ्यो । सेन्सरकै लागि विशेष अवस्था थिएन । तर अञ्चलाधिशले केही गडबढी हुनासाथ पुर्जि काटिहाल्थे ।

तपाईले त्यस्तो अवस्था व्यहोर्नुपर्यो ?
मैले धेरै पटक स्पष्टिकरण दिएको छु । यो समाचार यो कारणले लेखेँ । यो यो कारणले लेखेँ भनेर लिखित र मौखिक दुवै स्पष्टिकरण दिएको छु ।

त्यस्तो कुनै घटना याद छ अहिले ?
जुलुशको समाचार लेख्दा, त्यसको नाराका विषयमा लेख्दा स्पष्टिकरण दिएको थिएँ । एकपटक त समाचार जत्तिकै स्पष्टिकरण थियो । अन्चलाधिसले सोधने पाउने थियो । त्यही विषयमा हामी रमाईलो गथ्यौँ ।

त्यतिबेला दरवारको रिर्पोटिङ गर्दा निश्चित किसिमको आचारसंहिता थियो भनिन्छ । तपाईहरुले राम्रोसंग भोग्नुभयो । कस्तो थियो त्यो ?
आचारसंहिता भन्ने नै त थिएन तर निश्चित किसिमको प्याटर्न थियो । राजाको समाचारमाथी टिप्पणी गर्न पाईदैनथ्यो । राजाको रिर्पोटिङग गर्दा हामी त्यसलाई फ्लो गर्दथ्यौँ । त्यतिबेलाको संविधान नै त्यस्तो थियो । तपाईले यस्तो नठान्नुहोस कि त्यो बेला निश्चित पुस्तिका नै थियो ।


अलिकति पश्चिमी अध्ययनले गर्दा पनि उहाँमा उदारता देखिन्थ्यो । तर राजा त राजा नै भयो । विकासको लागि संचार भन्ने कुरा आफैमा हामीले आलोचना गर्न मिल्दैन ।


 

अलिकति पश्चिमी अध्ययनले गर्दा पनि उहाँमा उदारता देखिन्थ्यो । तर राजा त राजा नै भयो । विकासको लागि संचार भन्ने कुरा आफैमा हामीले आलोचना गर्न मिल्दैन ।
तपाईले विषेश गरी राजा महेन्द्र र वीरेन्द्रको रिपोर्टीङग गर्नुभयो । महेन्द्र भन्दा वीरेन्द्र अलि उदार थिए भनिन्छ, संचारमाध्यामहरुका लागि । खासमा कस्तो थियो उनको पत्रकारहरुलाई हेर्ने दृष्टिकोण ?
जस्तो नेपालमा टेलिभिजन ल्याउनुपर्छ भन्ने उहाँको भाषणमै आएको थियो । पत्रपत्रिकाहरु रहनुपर्छ उहाँको सोचाई थियो । अलिकति पश्चिमी अध्ययनले गर्दा पनि उहाँमा उदारता देखिन्थ्यो । तर राजा त राजा नै भयो । विकासको लागि संचार भन्ने कुरा आफैमा हामीले आलोचना गर्न मिल्दैन । तर त्यस अनुसार आउने कुराहरुमा पञ्चायतलाई सघाउने गरी समाचार दिनुपर्छ भन्ने थियो ।
वीपी कोईराला नेपालको इतिहासमा उचाई बनाएका राजनेता हुन । उनको रिर्पोटिङग गर्दाको कुनै अविष्मरणीय संस्मरण छ की ?
त्यस्ता धेरै घटना छन् । २०३६ सालको जनमतसंग्रहमा भाग लिने निर्णय गर्नुभयो । त्यसको नतिजालाई स्वीकार गर्नुभयो । त्यो विषयमा धेरै रिर्पोटिङग गरियो ।

भेट हुँदा उनले पत्रकारहरुलाई कस्तो व्यवहार गर्दथे ?
निकै राम्रो सम्मान गर्नुहुन्थ्यो । मित्रवत व्यवहार थियो । अझ जस्तो प्रेसले अपेक्षा गर्छ त्यही थियो ।

उनको राम्रो पक्ष ?
प्रेसलाई राम्रो सम्मान गर्नुहुन्थ्यो । आफ्नो मन्तव्यपछी पे्रेसलाई केही सोध्नुछ की भन्ने जस्तो बडी ल्याङग्वेज हुन्थ्यो ।

बहुदल आएपछी सरकारी संचारमाध्यामहरुको भूमिका अलि कमजोर बन्दै गएको जस्तो देखिन्छ । परिवर्तनपछीका चरणहरुलाई विश्लेषण गर्दा सरकारी संचारमाध्यामहरुको अवस्था किन कमजोर बन्यो ?
२०४६ देखी पहिलो चुनावसम्म नीजी क्षेत्र आईसकेको थिएन । राससले गर्ने सेवा सबैका लागि सेवा जस्तै थियो । स्वतन्त्रता आएपछी राज्यले आफै गर आफै खाउ जस्तो गर्यो । तर संचारमाध्मयामलाई व्यवस्थीत गर्नलाई केही गरेको भए अहिलेको जस्तो अवस्था हुदैनथ्यो । लेखेको आधारमा सजाय पाईदैनथ्यो । प्रेस बन्द गर्नु परेन । तर आमसंचारमाध्याम त्यसै बढ्ने होईन । पत्रकारहरुको क्षमता पनि अभिवृद्धि गराईएन । राज्यले संचारकर्मीहरुको जीवीका चलाउन र संस्थाहरुको सामाथ्र्य बढाउन केही गरिदिनुपथ्र्यो । तर त्यो हुन सकेन ।
नीजी क्षेत्रले अलिकति टिपेर लियो । तर उसले पनि दुई ठुला स्तम्भहरुलाई बुझ्न सकेन । पहिलो जनशक्ती र दोश्रो उत्पादनलाई संगसंगै लिन सकेन । तर रिर्पोटिङगमा उहाँहरुको दृष्टि पुगेन । किनभने त्यसको व्यापारिक पक्षलाई ध्यान दिनुभयो । त्यो फस्टाउँदै गयो । तर यि दुई स्तम्भहरु जहाँको त्यही रह्यो ।

त्यतिबेलाको सरकारले यो क्षेत्रलाई बलियो बनाएर लिने सोच बनाएको भए अहिलेको जस्तो भद्रगोल हुदैनथ्यो भनिन्छ । त्यस्तै बुझाई तपाईको पनि हो ?
त्यो बेला सहजीकरण भएको भए अहिलेको जस्तो अवस्था आउँदैनथ्यो भन्ने लाग्छ ।

बहुदलीय व्यवस्थामा राससको तपाई प्रधान सम्पादक हुनुहुन्थ्यो । सम्पादकीय टिमको हिसावले दरवार र दलको हिसावले कत्तिको दवाव हुन्थ्यो ?
त्यतिबेला म चिफ रिर्पोटर थिएँ । प्रजातन्त्रमा यस्तो भैरहन्छ । कुनै पार्टीप्रति हाम्रो ध्यान पुगेन, त्यसलाई पनि हामिले सच्यायौँ । कुनै पार्टीप्रति बढी भयो, त्यसलाई पनि हामिले सच्यायौँ । तर यो पार्टी र उ पार्टी भनेर हामीले गरेनौँ । हामीले ६५ जिल्लासम्ममा हामीले सुचना प्रवाह गर्दथ्यौँ । त्यो बेला त्यहाँको रिपोर्ट पनि हप्ता दिन जतिमा टेलिफोन मार्फत काम गरिन्थ्यो । त्यतिबेला डर भन्ने थिएन ।

तर जागिरको सवाल त थियो होला नी ?
हामीलाई जागिरकै पनि डर थिएन । एक किसिमले भन्दा हामीलाई जागिर नै हो भन्ने पनि लाग्दैनथ्यो । कसैले पुर्जि काट्छ भने काटोस न भन्ने थियो । आखिर पछी त छाडियौँ नि त । अर्को जागिर भएर छोडेको त होईन ।


नेपालमा यो एक किसिमको रोग जस्तै देखिन्छ । यो कसरी आयो म भन्न सक्दिनँ । पदमा नपुग्दासम्म प्रेसको आवाज उठाउनलाई साह्रै फ्रेण्डली तर पुगेपछी फरक हुन्छ । म अहिले आउने प्रधानमन्त्रीहरुका विषयमा उहाँहरुको पनि स्वभाव होला भन्ने तयार भएको हुन्छु ।


माधव नेपाल प्रधानमन्त्री हुँदा राससको रजत जयन्तीमा म भुमिगतकालमा राससको एउटा समाचारका कारण बाँचे भनेका थिए । त्यस्ता समाचारहरु कसरी दिनुहुन्थ्यो ?
यस्ता समाचारहरु दिएको विषयमा किन दिएको भन्ने पनि हुन्थ्यो । तर संधै चुनौतिहरु हुन्थे । तर कसै कसैले रासस भन्नाले सुरक्षित काम भन्ने बुझ्थे । तर त्यस्तो थिएन । त्यतिबेला रेडियो नेपाल र नेपाल टेलिभिजनले पनि राससकै समाचार प्रयोग गर्थे । च्यालेन्जहरु त संधै हुन्थे । जे ठान्थ्यौँ, तर गरिहाल्ने पछी Prof-Regmiफिर्ता लिने पनि गरेका छौँ ।

जीवित नरहेका प्रधानमन्त्रीहरुमध्य संचारमाध्यामहरुको भूमिकालाई ब्रोड बनाउनुपर्छ भन्ने उदार प्रधानमन्त्री को थिए ?
यही थियो भनेर त नभनौँ । तर पदमा नपुग्दा र पुगिसकेपछीको अवस्थामा धेरै अन्तर देखिन्छ । पदमा पुगेपछी मलाई सहयोग हुनैपर्छ भन्ने भाव देखिन्छ । नेपालमा यो एक किसिमको रोग जस्तै देखिन्छ । यो कसरी आयो म भन्न सक्दिनँ । पदमा नपुग्दासम्म प्रेसको आवाज उठाउनलाई साह्रै फ्रेण्डली तर पुगेपछी फरक हुन्छ । म अहिले आउने प्रधानमन्त्रीहरुका विषयमा उहाँहरुको पनि स्वभाव होला भन्ने तयार भएको हुन्छु । यो कुरा मन्त्रीहरुमा पनि लागु हुन्छ ।

यो शासकिय प्रवृक्ती हो ?
कतिपयको त राजनीति गर्नुमा कुनै स्वार्थ देखिदैन । त्यस्तो पनि प्रधानमन्त्री हुनुभयो । तर त्यस्तासंग पनि प्रेसको तिक्ष्ण आलोचना क्षमता नहुँदो रहेछ ।
कतिपय वरिष्ठ पत्रकारहरु जीवित नभएका पुर्व प्रधानमन्त्रीहरु मध्य मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई अलि उदार थिए भनिन्छ । तपाईको बुझाई के छ यसमा ?
यत्तीका ठुला मान्छेहरुका विषयमा म कसरी टिप्पणी गरौँ । समग्रमा भनिहाले की पञ्चायतकालमा स्वतन्त्र प्रेस नभएको बेला बेग्लै थियो । बहुदल यता भय थिएन । बहुदलका नेताहरुमा समय समयमा प्रेसका विषयमा लागेको रोग प्रकट हुन्थ्यो । पदमा हुँदा प्रेसलाई आलोचना गर्ने मानिस मैले भेटेको छैन । तरपनि उनिहरुलाई मिडिया चाहिन्छ ।


अहिले आर्थिक स्थीरता भएन भनेर राजनीतिलाई दोष लगाईन्छ । वास्तविकता भने एउटा स्थीर भयो भने अर्को पनि स्थीर हुन्छ । यदी दुवै स्थीरता भैदिएको खण्डमा प्रेसभित्र पनि जागरण आउँथ्यो । हामी यसरी भर पर्नु पर्ने थिएन । हामी आफैँ एउटा संस्था हौँ भन्ने भावना आउँथ्यो ।


 

अहिले नेपाली मिडियाले लिएको बाटो ठिक छ ?
बाटो ठिक छ तर गतिशिलता छैन । मैले देखको चाँही मिडिया अहिले धेरै फास्ट भएर गईरहेको छ । धेरै मानिसकहाँ पनि पुगिरहेको छ । २४ घण्टामा एक पटक पत्रिका आउने बेला र प्रत्येक मिनेटमा अपडेट हुने बेला अन्तर हुन्छ । त्यसैले गर्दा त्यहाँ काम गर्ने जनशक्ती पनि प्रेसरमा छ । समयसंगै कसरी दौडने भन्ने विषयमा सोच्नुपर्छ । यतिबेला राम्रो बाटो तय गर्न सकेनौँ भने भविष्यमा थप समस्या आउँछ ।

ब्रोडसिट अखबारहरु पनि राजनीतिक रुपमा पक्ष या विपक्षमा देखिन्छन् । यसमा उनिहरुले तटस्थता देखाउन नसक्नुको कारण चााँही के देख्नुहुन्छ ?
अहिले दुई ठाउँमा आड लिने अवस्था छ, राजनीतिक र आर्थिक रुपमा । कि व्यापर कि राजनीतिमा भर पर्नु पर्ने अवस्था छ । आफ्नो सुरक्षाका लागि कि व्यापार की आर्थिक स्थीरताका पक्षमा आड लिने चलन छ । अहिले आर्थिक स्थीरता भएन भनेर राजनीतिलाई दोष लगाईन्छ । वास्तविकता भने एउटा स्थीर भयो भने अर्को पनि स्थीर हुन्छ । यदी दुवै स्थीरता भैदिएको खण्डमा प्रेसभित्र पनि जागरण आउँथ्यो । हामी यसरी भर पर्नु पर्ने थिएन । हामी आफैँ एउटा संस्था हौँ भन्ने भावना आउँथ्यो । अहिलेको सबै अवस्था स्थीरताको परिणाम हो । स्थीरतापछी पो नविनता र सिर्जनशिलता आउँछ । संधै त्यही कुराले ज्वरो गाडेको खण्डमा कसरी स्थीरता आउँछ । नेपाली पत्रकारिताको समस्या यहीँनेर छ ।

के यही अवस्था रहिरहेमा नेपाली प्रेस संकटमा पर्छ ?
यस्तै अवस्था रहिरहेमा संकटमा पर्ने दिन आउँछ । कि उ कसैको मुख भईदियो कि कसैको एजेण्ट भैदियो । उसको स्वरुप: त ब्रोडसिट हो नि त । कसैमाथी भर परिहँदा उ आफैमा कसरी अस्तीत्व भएको संस्था हुन सक्छ ? अहिले निष्पक्ष नै छैन भन्ने होईन । भरसक दिन खोजिरहेको छ ।

प्राध्यापक रेग्मीसंग गरिएको गम्भिर कुराकानी आगामी साता भाग २ का रुपमा प्रकाशन हुनेछ । 

2497 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank