विद्यासुन्दरको साथमा ‘म छु सिङ्गो एमाले छ’

स्थानीय निर्वाचनः एमालेको पक्षमा खुले स्थापित

बुधबार, बैशाख २०, २०७४

loading...

विद्यासुन्दर भनेको काम गर्ने मान्छे हो । आज उहाँलाई काठमाडौं महानगरपालिकाको मेयरमा जिताउनु काठमाडौंका जनताको अनिवार्य दायित्व बनेको छ । उहाँलाई जित्ने स्थिति बनाउनका लागि म दिलो ज्यानका साथ लागि पर्नेछु । कुनै कसर बाँकी नराखी, म आफैँ उम्मेदवार भएको ठानेर म चुनावी मोर्चामा छु ।

०००
मैले ०४३ र ०४९ मा उपमेयरमा हारेँ । त्यसबेला मेरो लोकप्रियता नभएर हारेको होइन । जनताको बीचमा एजेन्डा लैजान नसकेर हारेका थियौँ । किनभने, हामीले जनतालाई कामबाट विश्वास जितेका थिएनौँ । हामी सानै, फुच्चे थियौँ । पञ्चायतका बूढापाकाहरुले हामीलाई हेप्थे र जनताले पनि तिनै बूढापाकाका कुरा पत्याउँथे । तर, जब ०५४ मा भारी मतका साथ मेरो नेतृत्वमा हामीले महानगर जित्यौँ, त्यसपछि काठमाडौंका जनताले हामीलाई कामबाटै चिनेँ । आज विद्यासुन्दरसँग विगतमा आफैँले देखाएको कामको विरासत छ । काठमाडौंका ३५ जना वडाध्यक्षमध्ये विद्यासुन्दर त्यस्तो वडाध्यक्ष हुनुहुन्थ्यो, जोसँग जनताका काम गर्ने दृढ इच्छाशक्ति थियो । त्यस्तो इच्छाशक्ति उहाँमा अझै पनि छ । त्यसैले अब कोही नयाँ मान्छे आउला र गरिदेला भनेर आश गर्ने होइन, हिजो काम गरेर आफूलाई जनताका बीचमा प्रमाणित गरिसकेको विद्यासुन्दर शाक्यलाई जिताउनु महानगरवासीको अनिवार्य दायित्व हो ।

BIDHYA_SUNDAR_SAKYA_LEADER_CPN_UML

०००
विद्यासुन्दरलाई म उहाँ सानै हुँदादेखि चिन्छु । उहाँ युवाहरुको अगुवाई गर्दैै गणेश युवा क्लबमा काम गर्नुहुन्थ्यो । त्यसबेला २१ वडा (लगनटोल, जैसीदेवल, भीमसेनस्थानतिर) हाम्रो पार्टीमा काम गर्ने त्यस्ता युवाहरु खाँचो थियो । ०४३ मा म पार्टी निर्देशनअनुसार जनपक्षीय उपप्रधानपञ्चमा उठेँ । त्यहाँ वडाध्यक्षमा राजेन्द्र स्थापित उठ्नुभयो । तर, उहाँलाई नेपाली भाषा बोल्नै नआउने, नेपाल भाषा (नेवारी) मात्र बोल्ने । उहाँले पछिमात्र नेपाली भाषा बोल्न जान्नुभएको हो । तर, विद्यासुन्दर नेपाली भाषा पनि दुरुस्तै बोल्ने । त्यसपछि हामीले विद्यालाई पार्टीमा सक्रिय बनायौँ ।

उहाँको सक्रियताबाट त्यो वडामा पार्टी निक्कै लाभान्वित भयो । उहाँले उठेको कुनै पनि चुनाव हार्नु परेन । उहाँले मिलाउनका लागि पहल गरेका जनताका कुनै पनि समस्या नमिलेको रेकर्ड छैन । ०५४ मा म मेयर भएर जाँदा विद्यालाई मैले पनि त्यति धेरै पत्याएको थिइनँ । तर, केही कामहरु गर्दै जाने क्रममा म आफैँ चकित खाने गरी उहाँले आफूलाई प्रमाणित गर्नुभयो । अब उहाँले काठमाडौंका सारा जनताले चकित खाने गरी काम गर्नुहुन्छ, त्यसैले उहाँलाई मेयरमा जिताउनै पर्छ ।

०००
हिजो उम्मेदवारी दावी गरिरहँदा मैले काठमाडौंलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने जेजस्ता योजना अगाडि सारेको थिएँ, ती योजना अब स्वतः नेकपा (एमाले) को सम्पत्ति बनेको छ । तिनै योजना विद्यासुन्दर शाक्यका पनि हुन् । म साथमा छु, हाम्रो पार्टी हामीसँगै छ । त्यसैले अब काठमाडौंमा मेट्रो ट्रेन चल्ने, युरोपेली दुनियाँलाई बिर्साउने मल्टीप्लेक्सको निर्माण गर्नेजस्ता कामहरु विद्यासुन्दरले जितेको भोलिपल्टदेखि अगाडि बढ्छ ।

तपाईंहरु विश्वस्त हुनुस् कि, अहिले काठमाडौंमा उडिरहेको धुँवा र धुलो विद्यासुन्दर कमरेडले जितेको एक हप्ताभित्र बन्द हुन्छ । धुँवा र धुलो नियन्त्रण गर्ने केमिकलको पहिचान भइसकेको छ । एमालेले काठमाडौंमा जित्नेबित्तिकै त्यसको आयात गर्ने काम अगाडि बढ्छ ।

(विश्वमणिसँगको कुराकानीमा आधारित) रातो सूर्य बाट

9594 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank