हामीकहाँ फाईन आर्टका स्कुल/कलेज छैन ।

बिहिबार, भदौ १९, २०७६



छिन्चु -१, गेरूवानी सुर्खेतमा वि.सं २०३१ फागुन ५ आमा भविसरा चन्द तथा बुबा केशर बहादुर चन्दको छोरा हुन- विक्रम शिशिर (Bikram Sishir)। उनको वास्तविक नाम राज विक्रम चन्द हो ।

शिशिर हाल कोहलपुर १२ चप्परगौडी बाँकेमा अटो इलेक्ट्रिक पार्टस् व्यवसाय तथा बस ट्रक रंग रोगन, (भुवनेश्वरी इलेक्ट्रिक एण्ड  कलर फम) संचालन गरिरहेका छन् । शिशिर आफ्नो श्रीमती उषा चन्द सहित तिन छोरा(विवेक, वैभव र दिवश)सँग हाल कोहलपुर १२ चप्परगौडी बाँकेमा बसोबास गर्दछन् ।

आवद्धता

  • कार्य समिति सदस्य – हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँके कोहलपुर
  • कला विभाग संयोजक- हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँके कोहलपुर
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएई आजिवन सदस्य
  • उपाध्यक्ष-कोहलपुर अटो एसोसियसन बाँके कोहलपुर
  • हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएई ।

पुरस्कार तथा सम्मान 

  • नेपाली कला साधक सम्मान, हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवन २०७३
  • नेपाली युवा साहित्यकार सम्मान ,कोहलपुर टाईम्स साप्ताहिक २०७४
  • खसान कला साधक, खसान साहित्य समाज कर्णाली प्रदेश २०७५
  • प्रोफोमेन्स आर्ट कार्यशाला तथा प्रतियोगिता पोखरा-बेष्ट अवार्ड
  • एन एस नेसनल आर्ट याप एग्जिवेसन पोखरा- प्रथम
  • बेस्ट अवार्ड , प्रफोमेन्स आर्ट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान पोखरा ।

उनी यहिँ भाद्र १२ गते रिटर्नी माइग्रेन नेपालको बाँके जिल्लाबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । साथै उनीमाथि बाँके लगायत बर्दिया र कर्णाली प्रदेशलाई संगठन विस्तारको अभिभारा थपिएको छ ।

भ्रमण 

भारत, कुवेत, इराक, साउदी अरब, युएई, कतार, बहराइन, ओमान्  ।

नेपाली साहित्य तथा चित्रकला क्षेत्रमा विशेष रुची राख्ने विक्रम शिशिरको नेपालि गजल क्षेत्रका पनि प्रस्ट अनुहार हुन् । प्रस्तुत छ:  नेपालपाटीका लागि कवि/गजलकार/चित्रकार विक्रम शिशिरसँग गरिएको कुराकानीको अंश:-

तपाईलाई कहिले महसुस भयो की हजुर चित्रकार बन्न चाहनुहुन्छ ?

जतिबेला म कक्षा छ पढ्थे ।  वि. सं २०४२ सालमा चित्रकला प्रतियोगितामा प्रथम भएको थिए । त्यसपछि मलाई चित्र प्रति रुची बस्यो ।

चित्रकारको रुपमा यहाँ सबैभन्दा बेसी कोसँग प्रभावित हुनुहुन्छ ?

किरण मानन्धर र तेल बहादुर चित्रकार। विशेषगरी मानन्धरको जिवनी, कलाकार बन्न गरेको संघर्ष र कलाकारितालाई म सलाम गर्दछु ।

हजुरको चित्रकलाको प्रकृति  कुन हो ?

विशेषत आधुनिक चित्र हो र त्यसमध्य पनि अमुर्त भावचित्र ।

चित्रकला मार्फत हजुरले उठान गर्ने विषय कस्ता हुन् ?

महिला सौन्दर्य, परिवर्तन, समस्या र प्रकृतिक सौन्दर्य ।

सन् २०१९मा यहाँका योजनाहरु के-के छन् ?

खासै व्यक्तिगत केहि छैन तर यहाँ(बाँके)का कलाकार भाई बहिनीहरुको  एग्जिवेसन गरिदिने योजना छ ।

मध्यपश्चिममा चित्रकलाको अवस्था कस्तो पाउनु हुन्छ ?

अवस्थालाई हेर्दा बहुत राम्रो छ तर केन्द्रमा बसेर हल्ला मात्र गरेर हुँदैन ।

ललितकला प्रज्ञा प्रतिष्ठानमा वा अन्य सरकारी निकायबाट मध्यपश्चिममा कलाको विकासमा निम्ति कस्तो कार्य गर्नुपर्छ ?

यो जटिल समस्या हो, प्रतिष्ठानले आफ्नो काम नगरेको होइन तर स्वयम कलाकार, कला प्रेमी तथा शुभ चिन्तक पनि लागि पर्नु पर्दछ ।  यहाँ  विभिन्न गुट उपगुट बनाएर बस्नेहरूको जमात बाट के अपेक्षा गर्न सकिन्छ र ? र पनि मन्ध गतिमा काम गरिरहेर यहाँको साख बचाउनेहरूले भने नेतृत्व सम्हालेका छन् । जुन सुखदायी कुरा हो ।

चित्रकला मात्र गरेर बाच्ने स्थिति छ ?

राजधानीमा होला तर मोफसलबाट त्यस्तो अपेक्षा राख्न नै धेरै संघर्ष गर्नुपर्दछ ।

कलमा प्रविधिको प्रयोग गर्नुहुन्छ ?

गरेको छैन तर हेरेको छु ।

कुनै पनि पल यस्तो आयो जब चित्रकार भएकोमा प्रश्न उठ्यो ?

अवश्य पनि । कोहलपुरमा कलाको पाचौँ शृङ्खला गर्न कोहलपुरबाट बाहिर जाने निर्णय पश्चात आर्थिक तथा सामाजिक कुराले म माथि प्रश्न उठेको थियो ।

कोहरपुरमा कला इन्स्टिट्युट खोल्दै हुनुहुन्छ, यस बारे केही बताउनु होस !

हाम्रो तिर प्रशस्त संभावना भएका प्रतिभा छन तर हामीकहाँ फाईन आर्ट स्कुल /कलेज छैन । अर्को समस्या भनेको आम जनमानसमा चित्रकला पनि विधागत विषय भित्र पर्छ भन्ने चेतना सम्म छैन । यसै समस्यालाई मध्यनजर गर्दै कोहलपुर, बाँकेमा चित्रकला सम्बन्धमा जनस्तरमा पनि ज्ञान हुनुपर्छ भन्ने हेतुले फाईन आर्ट कक्षा सञ्चालन गर्ने जमर्को गर्दै छौ ।

आगामी दिनमा चित्रकारको रुपमा यहाँको भुमिका के-के हुनेछ?

विशेष गरेर कोहलपुर र आसपासका क्षेत्रहरूमा हामी काम गर्दै आएका छौ । केही महिना अघि भेरी-गङ्गा नगरपालिकामा बृहत कार्यक्रम  सम्पन्न गर्यौं । अब छिटै बासगढी नगरपालिकामा पनि गर्दैछौ । चित्रकला भनेको साइनबोर्ड र वालमा गरिने व्यापारीक विज्ञापन चित्र मात्र होइन । ‘चित्रकला एउटामात्र यस्तो विधा हो, जो ६४ विधा मध्य सर्वश्रेष्ठ हो’, भन्ने मान्यतालाई जनमानसमा विकास गर्ने र स्थानीय प्रतिभालाई पहिचान गरी अवसरको लागि सहयोग गर्न हामी तयार छौ ।

सम्पर्क ठेगाना

मोबाइल नं.: ९८५८०३९५३७

इमेल: [email protected]

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata