‘माधव नेपालले स्थायी समितिमा नै गीत गाउनुपर्छ’

बुधबार, अशोज १७, २०७५



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले विवाद छ । शीर्षतहका नेतादेखि दोस्रोतहका नेताहरु पनि आरोप प्रत्यारोपमा उत्रिएका छन् । माधवकुमार नेपालले संसदमा सरकार विरुद्ध र चियापान गरेर पार्टी नेतृत्व विरुद्ध अभिव्यक्ति दिएपछि वाहिर आएको विवादले बहसकै रुप लिएको छ । खास विवाद के हो ? नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँगको छोटो कुराकानी

पार्टी एकता पुरा नहुँदै पार्टीभित्र विवाद सुरु भयो नी ?
पार्टीभित्र केही असन्तुष्टि हुनु स्वभाविक हो । यसलाई बसेर समाधन गर्नुपर्छ । एकता नसकिदै विवाद भएको होइन एकता प्रक्रियामा केही असन्तुष्टि देखिएका हुन् ।

माधवकुमार नेपालको असन्तुष्टि के हो ?
माधवकुमार नेपालको चियापानमा म पनि गएको थिए । त्यो उहाँले गुटको भेला होइन । उहाँले नै भने अनुसार पार्टीको आन्तरिक विषयमा अनौपचारीक छलफल गर्न चियापान गरेको भन्नुभयो । मैले उहाँलाई तपाईको असन्तुष्टि के हो ? तपाई आफै सचिवालयमा हुनुहुन्छ यी छलफलहरु त्यसमा राख्नुपर्छ भन्दा अस्वीकार गर्नुभएन ।

संसदमा देश डुब्न लागेको गीतसहित सरकार विरुद्धको आलोचना चै के ?
मैले त्यो पनि उहाँलाई सोधेँ । तपाईले त संसदमा यस्तो गीत गाउनु भएको छ । त्यसो नगरेको भए हुन्थ्यो भन्दा उहाँको जवाफ चै सरकार माझिजस्तो डुब्न लागेको मान्छेलाई बचाउने हुनुपर्छ भनेको हुँ भन्ने थियो । सरकारको पक्षमा नै बोलेको हु भन्नुहुन्थ्यो । त्यसकारण यसलाई त्यसैगरि नै बुझ्नुपर्छ जस्तो मलाई लाग्छ ।

त्यसो भए पार्टीभित्र विवाद नै भएको होइन ?
मैले अघि नै भने केही असन्तुष्टि हुन सक्छन् । त्यसलाई समाधान गर्ने एउटा विधी छ, प्रक्रिया छ । त्यो विधी प्रक्रियाभित्र बसेर छलफल गर्नुपर्छ । बाहिर सार्वजनिक रुपमा विरोध गर्नुको अर्थ छैन ।

जिम्मेवारी विभाजनमा मलाई वाइपास गरियो भन्ने छनी माधव नेपालको ?
म कसैको बारेका विवाद गर्न र खण्डन गर्न चाहान्न । हामी कुनै काम विधी प्रक्रिया भन्दा बाहिर गएर बोल्छौ, कुनै काम गर्छौ भने त्यसले पार्टीलाई अप्ठ्यारोमा धकेल्छ । पार्टीको पद्धति र प्रक्रिया जसले सिकाउनुहुन्छ । ती नेताहरु आफैले उल्लंघन गर्नुहुँदैन । भन्ने, बोल्ने ठाउँ छ । स्थायी समितिका व्यक्तिले स्थायी समितिमा, सचिवालयका व्यक्तिले सचिवालयमा भन्नुपर्छ । बाहिर भन्दै हिड्ने होइन । त्यसो लागेको भए राख्ने ठाउँ जहाँ हो त्यही राख्नुपर्छ ।

‘मनमोहन प्रधानमन्त्री हुँदा तीन महिनामा आएको लहर केपी ओली हुँदा किन आएन ?’ झलनाथ खनाल 

माधव नेपाल नभएको बेला निर्णय चै किन भएको त ?
वास्तवमा सचिवालयले विभिन्न निर्णय गरिरहेएको छ । त्यो निर्णय गर्दा कहिले कोही नहुने कहिले कोही नहुने देखिएकै छ । सबैजना भएकै अवस्थामा निर्णय हुनु राम्रो त हो । तर त्यसमा नै कसैलाई चित्त नबुझेको भए । कुरा राख्ने पार्टीभित्र होकी सार्वजनिक स्थलमा हो ? भन्ने मेरो प्रश्न हो । विवाद हुनुसक्छन्, केही समस्या छन् । त्यसलाई समाधान गर्नुपर्छ हामी समाधान गर्न सक्छौ ।

सरकारले सिन्को नभाँचेको नै हो त सात महिनामा ?
अहिले जुन बहस भइरहेको छ । त्यो गलत छ । यो सरकारकाले जिम्मेवारी लिदा सून्यको अवस्था थियो । संविधान अनुसार माघ ७ भित्र मौलिकहकहरु जारी हुँदैनन की भन्ने चिन्ता थियो । त्यसमा सरकारले गम्भिरता पूर्वक काम गरेको छ । नेकपाले सरकारको जिम्मा लिदा प्रत्येक क्षेत्र ध्वस्त थियो । त्यसलाई बनाउन नागरिकले नेकपालाई जिम्मा लगाएका हुन् ।

यो ६ महिनामा सरकार असफल भयो भन्ने निस्कर्षमा पुग्ने बेला भएको हो त ? भारतसँगको सम्बन्ध कुन अवस्थामा थियो अहिले कहाँ पुगेको छ । चीन लगायतका छिमेकीहरुलाई नेपालको विकासमा केन्द्रित गराउन सरकारले के गरिरहेको छ । भारत र चीन अहिले नेपाललाई सहयोग गर्ने विषयमा प्रतिस्पर्धामा छन् । बन्दरगाहामा नेपालको सिधै पहुँच स्थापीत भएको छ । यति ऐतिहासिक काम भएको छ । सरकार ठीक बाटोमा हिडिरहेको छ ।

3980 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank