के मेरी हजुुरआमा ‘रअ’ को एजेन्ट बनेर नेपाल आएकी हुन र ? -अध्यक्ष झा

अन्तर्वार्ता

बुधबार, मंसिर २९, २०७३

loading...


नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा आफ्नो राजनीतिक जीवनभर तराइ–मधेश केन्द्रीत राजनीतिमा क्रियाशील छन् । बाबुराम भट्टराई नेतृत्वको सरकारमा आपुर्ति मन्त्री भएका झा छिटो कुरा बुुझ्ने नेता मानिन्छन् । श्रीमति डा. डिम्पल कुमारी झालाई सांसद बनाएका उनको दल पनि मधेशी मोर्चामा आवद्ध छ । अंगीकृतलाई पनि वंशज सरह अधिकार दिनुपर्ने माग गर्दै आएका नेता झासँग नेपालपाटीले गरेको कुुराकानीः

यहाँलाई स्वागत छ ।
धन्यवाद

तपाईहरुले नागरिकता सम्बन्धी सवाल संधै किस्ता किस्तामा उठाईरहनुुको कारण के हो ?
यो मधेशको सवैभन्दा पुरानो समस्या हो । हाम्रो समस्याका बारेमा राज्य कहिल्यै पनि सकरात्मक हुन सकेन । नागरिकता सम्बन्धी सवाललाई जहिले पनि भारतीयसँग जोडेर हेर्ने गरिन्छ । यो उचित हुन सक्दैन । जबसम्म राज्यले नागरिकता सम्बन्धी मधेशीको मागलाई सम्बोधन गर्दैन तबसम्म उठिरहन्छ ।

अंगीकृत नागरिकलाई पनि वंशजसरह अधिकार दिनुपर्छ भन्ने माग हाम्रो होइन भनेर मधेशी मोर्चाकै नेता उपेन्द्र यादवले भनिरहनुु भएको छ । यो माग चाँही हो कस्को ?
कसले के भन्यो भनेर त्यता नजाऔँ । हामीले पनि सवै अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउनुुपर्छ भनेर माग गरेको होइन । हामिले मागेको त बैवाहीक अंगीकृतलाई राज्यको उपल्लो निकायमा जानबाट बन्चित नगरौँ मात्र भनेको हो । मधेशीलाई मध्यनजर गर्दै नागरिकता सम्बन्धी संविधानको व्यवस्थामा विभेद गरिएको छ । भारतको विहार, सीतामढी लगायतसाग हाम्रो सदियौँदेखीको रोटी र बेटीको सम्बन्ध छ । भारतबाट नेपालमा र नेपालबाट भारतमा वर्षेनी हजारौँको संख्यामा चेलीबेटीहरुको वैवाहिक सम्बन्ध जोडिन्छ । मैले भन्न खोजेको के हो भने वैवाहीक अंगीकृतलाई विभेद गर्नु हुुदैन । यो आफ्नै हजुरआमा, आमा र श्रीमतिलाई विभेद गर्ने कुरा हो ।

अंगीकृत भन्नाले त पछी अंगीकार गरिएको नागरिक हो । तर विहे गरेर भोलिपल्टै नागरिकता पाउनेलाई किन एकै पटक यती धेरै अधिकार चाहियो ?
समस्या हाम्रो मानसिकतामा छ । भारत बाहेकका देशहरुबाट विवाह गरेर आउनेहरुले राष्ट्रघात नगर्ने तर सदियौँदेखिको सम्बन्ध रहँदै आएको भारतबाट आउनेले राष्ट्रघात गर्ने भन्ने हुुन्छ र ? हेर्नुहोस् अहिलेको संविधानले अंगीकृत नागरिक रक्षा मन्त्री बन्न पाउने तर प्रधानसेनापति बन्न नपाउने व्यवस्था गरेको छ । मन्त्री बन्न पाउने तर कर्मचारी हुुन नपाउने व्यवस्था पनि हुुन्छ र ? मेरो हजुरआमा, आमा र श्रीमति तीन जना भारतबाट नेपालमा विवाह गरेर आउनु भएको हो । के उहाँहरु ‘रअ’ वा ‘सिआईए’ को एजेन्ट बनेर आउनुु भएको हो र ?

यहीँनेर झा जी, नेपालबाट भारतमा विहे गरेर जाने नेपाली चेलीले चाँही नागरिकता पाउन ७ वर्ष पर्खनुपर्ने तर नेपालमा विहे गरेको १२ घण्टामा नागरिकता पाउँदा पनि किन असन्तुष्टि ?
के भारतमा नागरिकताको व्यवस्था छ ? यहाँका मानिसहरु थाहा नभएको कुरा गर्छन । मेरो मावली र ससुराली दुवै भारतमा पर्छ । त्यहाँ नागरिकताको व्यवस्था छैन । वैवाहिक अंगीकृतलाई वंशजसरह अधिकार दिदा कुुन किसिमको राष्ट्रवाद हुुन्छ ? यो वाहियात कुरा हो । विहे गरेर आउने भनेको त कुल नै परिवर्तन गरेर आउने कुरा हो । छोरी जाँदा कुल छोडेर जान्छ भने बुुहारी आउँदा कुुलको सम्पुर्ण अधिकार बोकेर आउँछ । मेरो दिदी वा बहिनीलाई मेरो कुलमा प्रवेश गर्ने अधिकार छैन तर मेरो श्रमतिलाई छ । भनेपछी बुहारीलाई किन अर्को देशको नागरिक सम्झीने ? यो मिल्दै मिल्दैन ।

अंगीकृत नागरिक भएकै कारणले भारतमा सोनिया गान्धी प्रधानमन्त्री बन्नबाट बन्चित भइन । तर नेपालमा तपाईहरुले यही कुरालाई बटमलाईन बनाएर किन आन्दोलन गरेको ?
अरे ! सोनियाजी नागरिकताको कारणले प्रधानमन्त्री हुन नपाएको भन्ने कुरा गलत हो । उहाँ आफ्नै रुचीका कारण प्रधानमन्त्री नहुनुु भएको हो । भारतका प्रायःजसो नेताहरुसँग मेरो राम्रो सम्बन्ध छ । तर हाम्रो आन्दोलनको एजेण्डा नागरिकता मात्र होइन । प्रदेशको सीमा निर्धारणलगायतका अन्य कुराहरु पनि छन् ।

वैवाहीक अंगीकृतलाई मात्र अधिकार दिनुपर्छ भन्ने माग सही हो ?
ठिक हो । आफ्नो हजुरआमा, आमा, श्रीमतिमाथि विभेद भएको कुरा मान्य हुदैन । अन्यका सवालमा जे गर्दा पनि हुुन्छ, तर वैवाहिक अंगीकृतका सवालमा अहिलेको प्रावधानमा परिवर्तन गर्नुपर्छ । नत्र संविधान मान्य हुुदैन ।

2682 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv