चौतर्फी विरोधपछि पूर्वराजाले पाए काठमाडौं आउने पास



काठमाडौं । चौतर्फी विरोध पछि पूर्व राजा ज्ञानेन्द्र शाहले काठमाडौं आउने सवारी पास पाएका छन ।

नीजि भ्रमणका लागि झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कमल राज्य लक्ष्मी शाहलाई काठमाडौं आउन सवारी पास रोएकिपछि सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भएको थियो । बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए । त्यसको व्यापक विरोध पछि गृहमन्त्रालयले पास उपलब्ध गराएको हो ।

लकडाउनका कारण पूर्व राजा दम्पति करिब दुई महिनादेखी लकडाउनका कारण झापामै बस्न बाध्य भएका थिए । पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments