अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण :नेता थापा



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले बालुवाटार स्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेका छन ।

सांसद थापाले बिहीबार ट्वीट मार्फत नेपाली कांग्रसेका नेता विजय गच्छदारको विषयमा अदालतले निर्णय गर्ने उल्लेख गरेका छन । उनले ,गच्छेदार सहि वा गलत भन्ने कुरा अदालतले गर्ने उल्लेख गर्दै अदालतको निर्णय सबैले मान्नु पर्ने धारणा व्यक्त गरेका छन ।

उनले तत्कालिन मन्त्रीपरिषदमा पेश गर्ने मन्त्री दोषी त्यसलाई सदर गर्ने प्रधानमन्त्रीलाई उन्मूक्ति दिएको भन्दै आक्रोश व्यक्त गरेका छन । उनले विष्णु पौडेलका छोरा नविन पौडेल र कुमार रेग्मीले आफ्नो नाममा रहेको जग्गा नेपाल सरकारलाई छाडिने मञ्जुर गरेको तर्कका आधारमा दोषी नदेख्ने अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण रहेको जनाएका छन । नेपाली कांग्रेसले गच्छदारको बचाउ गर्दै बिहीबार प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको थियो ।

त्यस्तै नेपाली कांग्रेसले प्रतिशोधका आधारमा सरकारले उक्त निर्णय गरेको आरोप लगाएको छ ।आफ्नालाई जानी जानी जोगाउन खोजेको र प्रतिपक्षलाई फसाउन खोजको कांग्रेसले आरोप लगाएको छ ।  साथै कांग्रेस भातृसंगठने शुक्रबार माइतीघर मण्डललामा विरोधको कार्यक्रम घोषणा गरेको छ ।

यस्ताे छ नेता थापाकाे धारणा

gajan thapa

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments