देउवाको निर्णयले पार्टीलाई हित गर्दैन: डा.शेखर कोइराला



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संस्थापन पक्ष र इतरपक्षबीचको विवाद चुलिदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सदस्यबाट एक वर्ष थप कार्याकाल लम्बाउने निर्णय सँगै पौडेल र सिटौंला पक्षले त्यसको विरोत्र जनाउँदै आएका छन ।

सोहि क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देउवाको उक्त कदमको विरोध जनाएका छन । प्रेस युनियन मोरङले सोमबार विहान कोइराला निवासमा गरेको पत्रकार सम्मेलनमा बोल्दै त्यसको विरोध जनाएका हुन । उनले देउवाको निर्णय प्रति आश्चर्य चकित भएको प्रतिक्रिया दिएका छन । उनले भने, सभापतिले परम्परा तोड्नु भयो । उहाँले लचक हुनु पथ्र्याै । बहुमतको हुर्मतमा उहाँले उक्त निर्णय गर्नु भयो । यसले पार्टीको हित गर्दैन । ल

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments