अध्यक्ष ज्यु ! यस्तै हुन्छ राजनीतिक प्रतिवेदन ?

सोमवार, फाल्गुन २, २०७३

loading...

- विपीन ढकाल



संघलाई अधिवेशन, वैठक आदि गरी आद्यावधिक नगरी केहि प्रचारमुखी कार्यक्रमलाइ निरन्तरता दिई अगाडि वढ्ने प्रयासमा वहाँ भए जस्तो देखिन्छ । प्रतिवेदन भारत फोवियावाट अतिग्रशित देखिन्छ । भारत चाहि रोग र चिन चाहि औषधि जस्तो गरि विश्लेषण एवं व्यवख्या गर्न खोजिएको छ । सिक्किमीकरणबाट त्रसित जस्तो देखिनुहुन्छ तर तिव्वतिकरणका वारेमा एक अक्षर पनि समावेश गरेको छैन ।

प्रत्येक चार चार महिनामा हुनु पर्ने बैठक १८ महिना पछि वसेकोले धेरै साथिहरुमा यसले जुन खालको रक्त सञ्चार गर्नु सक्नु पर्दथ्यो त्यो गर्न सकिरहेको जस्तो लाग्दैन । केहि नेताहरुले महाधिवेशनको मिति र स्थान फेसवुकमा हालेपनि अहिलेसम्म उप समितिहरु सहित पत्रकार सम्मेलन गर्न नसक्नु फेरी पनि वैठकका उपलब्धिहरु प्रति धेरै कमरेडहरुले गहिरो शङकाबाट निस्कन नसकेको अनुभुती भइरहेको छ । माक्र्सवादी विद्यार्थी भएकाले केन्द्रीय कमिटिमा अध्यक्षबाट प्रस्तुत राजनैतिक प्रतिवेदन प्रति आफ्ना केहि विचार लेख्ने प्रयास गरेको छु । आशा छ, पाठकहरुले यसलाई अझ परिष्कृत वनाउन सहयोग गर्नु हुनेछ ।

मुलत हामी राजनैतिक प्रतिवेदन के हो ? भन्ने कुरामा नै द्विविधामा नै छौ कि जस्तो लाग्यो । केहि उपलब्धीहरु जस्तो कि युथ फोर्स आन्दोलनलाई सुरु देखि अन्त्यसम्म कहि उल्लेख नगरी केहि नेताको नाम भने धेरै पटक अनावश्यक दोहो¥याएकोले नेतृत्व कतै वायस पो भएको हैन जस्तो लाग्छ । राजनैतिक प्रतिवेदन भनेको हाम्रो राजनैतिक चरित्र कस्तो छ भनेर देखाउने राजनैतिक डकुमेन्ट हो । जुन सवै राजनैतिक संगठनमा महत्वपूर्ण हुन्छ । अझ कम्युनिष्टहरुको लागि यो झन महत्वपूर्ण मानिन्छ । राजनैतिक प्रतिवेदन संगठनको तत्कालको राजनैतिक कार्यभार निक्र्यौल गरिएको दस्तावेज हो जसले वर्तमान राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिको व्याख्या गर्ने, विश्लेषण गर्ने संगठनको लक्ष्य घोषित गर्ने तथा उक्त घोषित लक्ष्य तथा उद्देश्य प्रप्तीको लागि अवस्था कत्तीको सहयोगी छ ? अवसर र चुनौति के केस्ता छन ? त्यसको पनि सूश्म अध्यन र निष्कर्ष निकाल्नु हो ।

राजनैतिक प्रतिवेदनले सहयोगी र विरोधि शक्तीहरुको व्याख्या विश्लेषण गर्ने र यसका आधारमा प्रतिस्पर्धी र विरोधिसँग कस्तो सम्बन्ध बनाउने दिसानिर्देश पनि गर्न सक्नु पर्दछ । अहिले सम्म गरिएका गतिविधिहरुको समिक्षा गर्ने अवका दिनमा गरिने कार्यक्रमको निक्र्यौल गर्नु पर्दछ । तर यहाँ आफ्ना कामहरुको अतिरञ्चना एवं ठुलो आन्दोलनलाई विर्सेर वैगुनि चरित्र देखाइएको छ । कम्युनिष्ट पार्टीहरुले अत्यन्तै महत्वका साथ राजनैतिक प्रतिवेदनलाई शुरुवातदेखि नै लिएका छन् । जस्तो कि कम्युनिष्ट घोषणा पत्र पनि राजनितिक कार्यक्रमका रुपमा प्रथम इन्टरनेशनलमा माक्र्स र एङ्गेलल्सले प्रस्तुत गरेका थिए भने नेकपाले स्थापना देखि नै राजनितिक प्रतिवेदन मार्फत आफ्नो दिशा निक्र्यौल ग¥यो ।

यसले तत्कालका राजनैतिक लाइन र दिर्घकालिन रणनीति समेत प्रतिवेदन मार्फत छलफल चलाउन सकिन्छ । तर हामी पुग्ने लक्ष्यमा पनि अध्यक्षबाट प्रस्तुत यो प्रतिवेदन अपुरो छ । नेपालमा वामपन्थी र लोकतान्त्रिक शक्तीहरु मिली जनआन्दोलन मार्फत प्रजातन्त्रलाई सुदृढ गर्ने कुरा क.पुष्पलालले धेरै पहिलेदेखि नै आफ्नो प्रतिवेदनमा ल्याउनु भयो । यसरी हेर्दा २०४६ को जनआन्दोलन सफल हुनुमा क. पुष्पलालको राजनैतिक लाइनकै देन हो भन्न सकिन्छ । अझ २०३५ सालमा नेकपा माले वने पछि त दस्तावेज लेख्ने, छाप्ने छलफल चलाउने कुरा अझ प्रभावशाली बन्यो जसको फलस्वरुप ठुला ठुला बहसहरु पनि भए ।

क. अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा आयोजक कमिटी भनि स्वीकार गर्नु भएको तर छ महिनामा आयोजक कमिटिले गर्नु पर्ने महाधिवेशन के कारणले गर्दा हुन सकेन त्यो खुलाउन सक्नु भएको छैन । यसको अर्थ संघलाई अधिवेशन वैठक आदि गरी आद्यावधिक नगरी केहि प्रचारमुखी कार्यक्रमलाइ निरन्तरता दिई अगाडि वढ्ने प्रयासमा वहाँ भए जस्तो देखिन्छ । प्रतिवेदन भारत फोवियावाट अतिग्रशित देखिन्छ । भारत चाहि रोग र चिन चाहि औषधि जस्तो गरि विश्लेषण एवं व्यवख्या गर्न खोजिएको छ । सिक्किमीकरणबाट त्रसित जस्तो देखिनुहुन्छ तर तिव्वतिकरणका वारेमा एक अक्षर पनि समावेश गरेको छैन । भारत चीन र नेपालको सम्बन्धलाई पार्टी र संघको दृष्टिकोण भन्दा पनि आफ्नै तरिकाले चित्रण गर्नु भएको छ । कहि कहि यति धेरै हैसिनु भएको छ कि जसमा अध्ययन अनुसन्धान नभई केटा केटी पाराको विश्लेषण गरिएको कुरा देखिन्छ ।

त्यस्तै वहाँ मधेशी मोर्चालाई विखण्डनकारी एवं अजात शत्रुका रुपमा विष्लेषण गर्नु हुन्छ तर उहाँहरु सँग मिलि फेरी पनि हामी सरकार बनाउने र संविधान कार्यान्वयन एवं देश विकासमा साझा एजेण्डा वनाउनु पर्ने छ । हामी वाहेक अरु सवै अराष्ट्रवादी तत्व देखाउन खोज्नु पञ्चायती राष्ट्रवादको पार्टो हो । जुन हामी जस्तो सवै जात जाति मिलेर वसेको राष्ट्रका लागि अनुपयुक्त सावित भई सकेको छ । मधेसवादी दल क्षेत्रीयतावादी हुन की हैनन् भन्ने कुरामा प्रश्न चिन्ह खडा गर्न सकिन प्रसस्तै आधारहरु छन् । तर विखण्डनकारी भनि चित्रण गर्न खोज्नु कमजोर राजनैतिक संस्कार हो ।

त्यस्तै उहाँ एमालेको चतुर्याइ पुर्ण अगुवाईमा संविधान वनेको भन्नुहुन्छ तर मेरो विचारमा संविधान एमालेको इमान्दार नेतृत्वले गर्दा केहि पर सारौं भन्ने काँग्रेस र माओवादी समेत पछाडि नहटि जारी भएको हो । हाम्रो नेतृत्वलाई चतुर¥याई भन्ने कुरा अर्को चतुरेले मात्र सक्दछ । त्यस्तै वारम्बार अरुलाई विस्तारवादी एजेन्ट भन्नु कमजोर राजनैतिक ज्ञानहो भन्दा फरक नपर्ला ।

पृष्ठ पाँचमा आफु सम्मिलीत नेतृत्वलाई प्रचण्डले आफै अविश्वासको प्रस्ताव दायर गर्नु अराजनैतिक कदम हो भन्नु हुन्छ त्यती नै अराजनैतिक कदम आफ्नो संगठनको नेतृत्व माथि आफै हस्ताक्षर क्याम्पेनिङ गराउनु पनि हो । साथै प्रचण्डलाई एकता गरी नेतृत्व लिइ दिनु हुन आग्रह गर्दै प्रचण्ड निवास पुगेको हाम्रा सामु ताजै छ ।

हाम्रा कामले दिन प्रतिदिन स्थापित हुँदै गएको जस लिने प्रयास गर्नुहुन्छ तर हिजो भन्दा आज संगठनमा इन्रोलमेन्ट कमि हुदै गएको र संगठन संस्थागत ढंगवाट नचलि व्यक्तिगत तवरले अगाडि नबढेको कुरा धेरै कमरेडहरुले सार्वजनिक रुपमै अभिव्यक्ति गर्दै आउनु भएको छ । ‘हिमाल पहाड तराई कोही छैन पराई’ भन्ने अभियान जसले एक किसिमको राजनैतिक सञ्चारको भुमिका खेलेको जस हामीले पाउनै पर्दछ । तर रंगेली घटनामा घाइते भएका क. मनोज राई जस्ता योद्धाहरुले अझैसम्म पनि क्षतीपूर्ति पाउन नसक्नु कार्यकर्ताको संरक्षणको कमि हो ।

त्यस्तै प्रतिवेदनले नेपाली एयरपोर्टमा भारतीय एयर मार्सल राख्ने कुरामा पनि केहि लेख्ने प्रयास गरेको छ । कुनै पनि देशको सुरक्षा उक्त देशले आफै गर्नु पर्दछ तर भारत लगायत कतिपय मुलुकहरु हाम्रो सुरक्षा प्रणालिवाट विस्वस्त हुन सकेका छैनन् । हामीले सुरक्षा निकायलाई आधुनिक वनाउँदै सवैको मन जिती विश्वास दिलाउन सक्नु पर्दछ । जहाँ पायो त्यही जे पायो त्यही सन्धी गर्ने र हतियार सहितको सुरक्षाकर्मी हाम्रो मुलुकमा राख्ने कुरा कदापी मान्य हुन सक्दैन । यसमा प्रतिवेदनले अलि हलुका ढंगले सतही भएर कुरा राखेको छ । जुन अध्यक्ष जस्तो व्यक्तित्वलाई सुहाउँदैन । दुनियाँले चिनलाई जिम्मेवार नेतृत्व प्रदान गर्ने कुरा लेखिएको छ । जसले वस्तुगत यथार्थ भन्दा चाकडी जस्तो देखाउँछ ।

भारत र चिनको माउते वन्ने कुराका आधारहरु केहि पनि खुलाइएको छैन । रत्नपार्कमा रुखमा चढि राष्ट्रपति वन्ने शैलिमा माउतेको कुरा आएको केन्द्रिय कमिटिका धेरै नेताहरुले टिप्पणी गरेको सुनियो । बरु हामी यी दुवै देशसँग समान सम्बन्ध कायम गरी त्यहाँको पुँजी र सिप लगानी गरि २०–२५ वर्ष भित्रमा विकसित वन्न सक्ने धेरै आधारहरु छन् । जसको मुख्य सर्त छ÷छ महिनामा फेरीने सरकारको साटो चार या पाँच वर्षसम्म टिक्ने सरकार हुनु पर्दछ भन्ने कुरा कहि कतै खुलाएको छैन । यस्तै हाम्रो विदेश निति पञ्चशिलमा आधारीत छ र हामी यु एन का सिद्धान्तहरु मान्दै आएका कुराहरु पनि समावेश छैनन् । यो राजनैतिक प्रतिवेदनको अन्तराष्ट्रिय परिस्थिती खण्डमा चाइनाको पत्रिकाले गर्ने उसको आफ्नो स्थुति गानलाई पेष्ट गरिएको जस्तो देखिन्छ, जुन वैज्ञानिक छैन ।

भारतले नेपाललाई खान खाजेको भन्ने कुरा पनि कतिको यथार्थपरक छ, त्यो अध्ययनको विषय वन्नु पर्दछ । जुन अहिलेसम्म संगठनले थालेकै छैन । विना अध्ययन चिया गफमा भएका कुराहरु राजनैतिक प्रतिवेदनमा राख्नु भनेको डाइसमा पैसा राख्नु जस्तै हो जुन पर्ने र नपर्ने सम्भावना वरावरी हुन्छ । भारतलाई गालि गर्ने र विजेपीकै एउटा मोर्चा संगठनले वोलाउँदा सुटुक्क दिल्ली जाने कुराले शंका उव्जाएको छ । त्यहाँ के कस्ता राजनैतिक सांगठनिक उपलब्धी भए यस प्रतिवेदनमा खुलाइएको छैन ।

विदेशि सहायताले नेपालमा पारेको प्रभाव पनि सतहि ढंगले आएको छ । एनजिओको नेतृत्व कसले गरिरहेका छन् भन्ने कुरा हामी सवैलाई थाहै छ । साथै विदेश सहायतालाई राष्ट्रिय अखण्डताका विरुद्ध मात्र प्रयोग भएको जसरी चित्रण गर्नु वायसनेसको अर्को उदाहरण हो ।
संगठन र पार्टीको सम्बन्धमा यो एउटा घोसित जनसंगठन हो भनि स्वीकारिएको छ । तर वहुमतबाट सवै कुरा हुनुपर्दछ भन्ने व्यवहारत देखिन्छ । हस्ताक्षर अभियान मधेस संवाद अभियानको जस लिने राम्रो प्रयास गरिएको छ । अराजक एवं आतकंकारी शैलिको वाइसियलको ज्यादतिका विरुद्ध भएको मुभमेन्ट र युथ फोर्स लाई एक इन्च पनि स्थान दिन सकिएको छैन ।

थ्री पि (प्राटेक्सन, प्रोजेक्सन, प्रमोसन) को कुरा गरिएको छ तर पक्षधरताका आधारमा विदाई र मनोनयन गर्ने कुरामा विधान विपरित कार्यहरु भएका छन् । कसैलाई पनि विदायी तथा कारवाही गर्दा उसको कमि कमजोरी के हो ? किन कारवाही गरिदैछ ? यो कुरा मतलव नराखी कहि कतै त झन जिल्ला भ्रमणमा गएको वेला पत्रकार सम्मेलनमा कुनै केन्द्रिय सदस्य काम विशेषले आउन नभ्याउदा समेत कारवाहीको धम्की दिने कुरा पञ्चायती शैलिको छ । अधिकारको लागि लड्नुपर्ने अवस्थाको समाप्तीको घोषणा वैज्ञानिक छैन यो कपि पेष्ट मात्र हो । युवाहरुले पाउनु पर्ने अधिकारहरु अझैसम्म पनि पाएका छैनन् ।

पृष्ट १५ को अन्तिमा वाक्यमा संघलाई ज्यादा जिस्क्याउने कुरा महाङ्गो हुने उल्लेख गरिएको छ । तर वकिल बम पिटिदा, दुर्गा तिवारी मारिदा, सन्तोष वुढाथोकी र संदिप राई काटिदा सुर्खेतका अध्यक्ष खिमलाल देवकोटा कुटिदा हामीले के के गरियो त्यो हामीसँग ताजै छ । आक्रोसित भिडले एउटा गाडि जलाउँदा संगठनको तर्फबाट जुन स्तरमा माफि मागियो त्यसले कार्यकर्ताको मनोवल गिरेको छ । कानुनी राज्यमा जवाफी कारवाही हामीले गर्न मिल्दैन । तर यसरी हाम्रा साथिहरु कुटिदा, काटिदा, मारिदा धेरै सहेर वस्न पनि सकिदैन ।
संविधान संशोसधनको विरुद्ध नौ दलको संयुक्त आन्दोलनको नेतृत्व लिएको कुरा उल्लेख गरिएको छ जसले राष्ट्रघातका विरुद्ध युवा विद्यार्थीहरुलाई एकिकृत पार्ने प्रयास गरेको थियो ।

तर हाम्रै नेतृत्वमा भएको आन्दोलनमा पनि संघियता विरोधी गीतमा अध्यक्ष नाच्ने कुराले हामीलाई संघियता विरोधि कित्तामा धकेली दिन सक्छ । यो हाम्रो घोषित निती होइन । हामी संघियता र पहिचान दुवैको पक्षधर हौं ।

यसरी असाध्यै ढिलै गरि वसेको वैठक भए पनि यसले कार्यकर्तामा उत्साह भरेको छ । तर वैठक सकिएको यति दिनसम्म पनि पत्रकार सम्मेलन मार्फत महाधिवेशनको घोषणा गर्न नसक्नुमा शङ्का रहित छैन । युवा संघको संस्थापक अध्यक्ष पार्टीको पनि अध्यक्ष भएको र इतिहासमै सवैभन्दा वढी जनप्रीय प्रधानमन्त्री वनेकाले हामीले ल्याउने राजनैतिक प्रतिवेदन लाई धेरै तह तथा तप्काबाट अध्ययन गरिने हुँदा अझ वढी अध्ययन अनुसन्धान गरी राजनैतिक प्रतिवेदन ल्याउनु हुन्छ भन्ने आशा सहित लाखौ कार्यकर्ताहरु मन बुझाएर वसेको देखिन्छ ।

ढकाल युवा संघका विभागीय सचिव हुन ।

6307 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank