सम्पूर्ण युवा वर्गमा मेरो अनुरोध

बिहिबार, अशोज ४, २०७५

loading...

- बुद्ध गौतम- लखनपुर, रामेछाप



- बुद्ध गौतम- लखनपुर, रामेछाप

हामी अरुको मुख ताकेर परिवर्तन अरुले गरिदेलान् र त्यसको स्वाद हामि चाखौला भनेर बाटो मात्र हेर्नु भन्दा परिवर्तनको झिल्का हामी आफै बाट बनौ । हामीले झिल्का कोर्न मात्र पर्छ ताकी झिल्का एक दिन स्वत फैलिएर संसार उज्यालो हुनेछ । हाम्रो समाजमा कुरिती र विकृति ब्याप्त छन् । त्यसलाई अब हामीले नै बिस्तारै चिर्दै लग्नु पर्छ ।

हामी परिवर्तन चाहि चाहने तर दुई हजार बर्ष भन्दा पहिलेको बेथिति र कुरितीलाई पनि त्याग्न नसक्ने र पुरानो सोच र पुरानो मनस्थिति मात्रै अगालिरहने हो भने हामि कहिल्यै परिवर्तन हुन सक्दैनौ । सेतोलाई सेतो र कालो लाई कालो भन्न नसक्ने हुनलाई हाम्रो आखामा रतन्धो लागेको छैन । हामी बौद्दिक भनि रुचाउने तर बौद्दिक बन्न नखोज्ने परिपाटीको अब अन्त्य गरौ ।

एङ्ग लिङ्कन बिसपको चिहानमा यस्तै शब्द लेखिएका थिए । जब म सानो थिए मेरो कल्पनाको कुनै सिमा थिएन म पुरै दुनिया बदल्ने सपना देख्थे, जब म ठुलो र समझदार भए तब मैले दुनिया त्यति सजिलै बदलिदैन भन्ने बुझे त्यस पछि हतास भएर अन्तिम चोटी कोसिस गरे कि म मेरो परिवार बदल्नेछु जो मेरा सबै भन्दा नजिकका थिए । तर मेरो परिवार पनि बदलिनको लागि तयार थिएनन् । जब म मृत्यु सैयामा सुतेको थिए तब मलाई अचानक होस् आयो कि यदि मैले दुनिया बदल्ने सपना नदेखेर आफैले आफैलाई बदलेको भए साएद मलाई देखेर मेरो परिवार बदलिदाहुन् । अनि मेरो परिवारको साथ सहयोग र प्रोत्साहन पाएर म समाज हुदै देशलाई नै बदल्न सक्थे, कि के थाहा एक दिन मा पुरै दुनियालाई नै पो बदल्न सक्थे कि ।

बस मेरो जिन्दगीले यहि सन्देश दिन्छ दुनिया बदल्ने सपना देख्नु भन्दा पहिले आफैले आफैलाई बदल्न सक्नु पर्छ सुरुवाती आफै बाट गर्नु पर्छ । यस पात्रले अरुलाई दोष दिने भन्दा पनि आफु भित्र भएको दोष आफैले खोतल्ने कोसिस गर्छ । मैले केहि बर्ष यता नियालेर हेर्दा हाम्रो नेपालि समाज यति पिछडीएको पाए कि अझै पनि सामान्य भन्दा सामान्य कुरामा पनि हामीमा परिबर्तन आउन सकेको छैन । देश प्रजातन्त्रबाट लोकतन्त्र हुदै आज गणतन्त्र सम्म आयो तर त्यसमा मात्र शासक फेरिए, मात्र तन्त्र फेरियो तर अबस्था र हामी जनमासमा बिचार र शैली कहिल्यै फेरिएन ।

विश्व कहाँबाट कहाँ पुग्यो, प्रविधिले फट्को मारेको मार्येछ तर हामीमा चाहि उही पुरानै बिचारले अझै जरो छोड्न सकेको छैन र अझै कतिन्जेल यहि संस्कार चलिरहने हो यसै भन्न सकिने अबस्था छैन । हंगकंगका ड्याभिड ह्यान्डसनले यस्तो रोबर्ट बनाए जुन मानिस भन्दा कम बुद्दिमानी छैन । सोनी कम्पनिले आज भन्दा २० बर्ष अगाडी नै यस्तो क्यामेरा बनाएको थियो जुन कपडाको वारपार सबै देख्न सकिन्थ्यो, पछी पब्लिकको बिरोधको कारण कम्पनीले सबै क्यामेरा वापस फिर्ता लिनु परेको थियो । चरा उडेको देखेर हवाईजहाज बनाइयो । माछा पौडेको देखेर पानि जहाज बनाइयो । विकासको क्रम बढ्दो छ तर हाम्रो चेतना जही त्यहि छ ।

भनिन्छ हाम्रो हिन्दु धर्म संस्कृति सबै भन्दा पुरानो धर्म संस्कृति हो । हिजो ढुंगे युगमा जुन बेथिति र कुसस्कार थियो आज आधुनिक युगमा पनि त्यो कायमै छ । उदाहरणको लागि हाम्रो समाजको छुवाछुत प्रथालाई हेर्न सकिन्छ । यस प्रथा मान्नेमा असिक्षित सर्बसाधारण मात्र नभएर समाजका पढेलेखेका बुद्दिजिबी बर्ग समेत सामेलछन् । हामीले आफु परिबर्तन हुन नचाहाने अनि आफ्नै कारणले पाएको पिडा र भोग्नु परेको सास्तीमा नेता तथा अन्य व्यक्तिलाई दोस तेर्साएर आफु पानि माथिको ओभानो बन्ने प्रयास कतिन्जेल भैरहने ? मलाई त्यस्ता सुकिलामुकिला युवाजमात देख्दा घृणा जाग्छ जो केवल पोशाकमा सुकिला तर बिचारमा अत्यन्तै घृणित ।

अरुको खुट्टा तान्ने र अरुलाई बदनिय गरेर आफु सभ्य बन्न रुचाउने हाम्रो युवा जमात अब साच्चिकै परिवर्तन हुन जरुरी छ । परिवर्तन पोशाकको होइन, परिबर्तन भेषभुषाको होईन परिवर्तन व्यबहारको हुनु पर्छ । मैले आफ्नो तर्फबाट आफ्नो ब्रम्हाण्डले भ्याए सम्म त्यस्ता कुरीति र विकृतिलाई चिर्ने कोसिस गरेको छु, तर त्यो प्रयाप्ति त छैन तर सुरुवाती भने अबस्य भएकोछ िमलाई लाग्छ हाम्रा धेरै युवाहरुले अब मैले जसरि गर्न जरुरी छ ।

सबै भन्दा पहिले छुवाछुत गाउगाउबाट अन्त हुनु पर्छ । मैले त्यस बिरुद्द आज भन्दा करिब २० बर्ष अगाडी नै एक दलित भनिने व्यक्तिलाई घर भित्र हुलेर एक चित्र पेस गरेको थिए । जस कारणले मलाइ धेरैले गालि गलौज समेत गरेका थिए।अर्को नम्बरमा हाम्रो संस्कारका बेथितिहरुलाई समयानुकुल परिमार्जन गर्दै जानु पर्छ । उदाहरणको लागि म सानोमा स्कुल पढ्दै गर्दा एक जना तामाङ समुदाएका एक व्यक्ति अत्यन्तै गरिब थिए । जो गरिबीको कारण बाचुन्जेल राम्रोसँग खान लगाउन पाएनन् र बिरामी हुादा समेत उपचार हुन सकेन तर त्यहि व्यक्तिको मृत्यु पश्चात भने निकै खर्च गरेर काज किरिया गरियो जुन चरम बेथिति थियो ।

त्यसलाई चिर्नको लागि मैले मेरो बुबाको पण्डित लगाएर काज किरिया गरिन बरु त्यस काज किरिया गर्ने खर्चले गरीबका बच्चा पढ्ने स्कुलमा अक्षयकोष खोले आज त्यस स्कुलका सबै बच्चाहरुले पठनपाठनका सम्पूर्ण सामाग्रीहरु निसुल्क पाईरहेकाछन् । आज मैले मेरा बुबा आमाको सालिक बनाएर सबैलाई आमा बुबा प्रति यस्तो माया र सद्भाब हुनुपर्छ भन्ने सन्देस दिन सकेको छु । यस्ता कुप्रथाहरू हाम्रो समाजमा जरा गाडेर बसेका छन् अब ति सबैलाई केलाउदै गोडमेल गर्न जरुरी छ ।

अर्को अत्यन्तै डरलाग्दो कुरो अहिले गाउघर पुरै संसानघाट जस्तो बनेको छ । गाउमा पढेलेखेको जमात कोहि बस्न चाहदैन । गाउ बृद्द आश्रम हो कि संसानघाट छुट्याउनै नसक्ने स्थिति छ । अलिकति कमाउनले सहरमा घडेरी नै किन्नु पर्ने र घरै बनाउनु पर्ने जुन भुत चढेको छ यसले क्षणिक लाभ त देला तर दिर्घकालिन असर परिरहेको कसैले देखेको छैन। शहरमा मात्र थुप्रिने हो भने शहरको रुप कस्तो हुने र गाउघर अबस्था कस्तो हुने यो सोचनीय बिषय छ । हामि आफ्नो घरमा छदा आफ्नो जुठो हात समेत श्रीमतीले धोईदिनु पर्ने अनि परदेश गएर चाहि दुनियाको गुलाम गर्न समेत पछि नपर्ने हाम्रो मानसिकता कति दरिद्र छ भन्ने कुरा यस बाट पनि जान्न सकिन्छ ।

पढेलेखेका र केहि कमाउन सक्ने युवाहरुले अब गाउघरमै उद्योग धन्दा तथा कलकारखाना खोल्नु पर्छ । शहरमै घडेरी हुनु पर्छ र घर बनाउनु पर्छ भन्ने मानसिकता अब पूर्ण रुपले त्यागिदिनु पर्छ । सस्तो कौडीको भाउमा श्रम बेच्न मलेसिया र कत्तार जाने होईन अब गाउ फर्क अभियान चालु गरेर आफ्नै खोईरोमा बाख्रा र कुखुरा पालन थाल्नु पर्छ । हरेक बर्ष खरबौको मासुजन्य पशुहरु बाहिर बाट भित्रने गरोको तथ्यांक छ । कोदो र गुन्द्रुक समेत पनि बाहिरकै भर पर्नु पर्ने स्थितिमा कृषि प्रधान देश हुनुको नाताले अत्यन्तै लाजमर्दो बिषय हो ।

त्यसैले मैले यस कुरालाई मध्यनजर गर्दै काठमाडौंमा घर बनाउने सपना नदेखेर आफ्नै खोईरो खनेर कागती र अलैची लगाएको छु र भोलि मेरो कागती खेति सफल भयो भने मैले मेरो पुरै गाउलाई नै कागती गाउ बनाउने सोच राखेको छु । अब यस्तो कार्य गाउ गाउ बाट हुनु पर्छ । हरेक घर घर बाट हुनु पर्छ ।

अर्को कुरो हरेक परिवारमा धुम्रपान नगर्ने व्यक्ति सायद कमै होलान् त्यसैले अब धुम्रपान मुक्त समाज निर्माण गर्न युबा जमातहरुले जनचेतनामुलक अभियान नै चलाउनु पर्ने देखेको छु नेपालमा मात्रै हरेक बर्ष धुम्रपानको कारण २७,१०० भन्दा बढी मानिसको ज्यान जाने गरेको एक तथ्यांकले देखाएको छ र ज्यान जानेको संख्या भन्दा तेब्बर व्यक्ति चाहि धुम्रपान सेवन गरि रोगि भएर बस्नेको संख्या छ ियस्ता रोगीहरु बाट न देसले केहि पाउन नै सक्छ उल्टै देसै रोगि बनेर रहनेछ ।

ग्यास्ट्रिकको कुरा गर्ने हो भने त नेपाल ग्यास्ट्रिक प्रधान देस हो िहाम्रो देशमा लाखौ मानिसहरु ग्यास्ट्रिकको कारणले ज्यान गुमाउन पुगेकाछन् ।   बास्तबमा भन्ने हो भने ग्यास्ट्रिक रोग भन्दा पनि अज्ञानताको कारण खानपानमा संयमता नअपनाउदा यो बिमार हुने गर्छ ियस्तो साधारण केस बाट लाखौ मानिसको ज्यान जान्छ भने यस बिषयमा जनचेतना फैलाउन जरुरि छ । समाजमा भएका कुरीति र बेथितिलाई राज्यले गर्छ भन्ने भन्दा पनि हामि नागरिकको आफ्नो दायित्व सम्झेर हामीले सकारात्मक भूमिका निर्बाह गर्न सके देश र समाजले धेरै राहत पाउन सक्थ्यो।

सामाज रुपान्तरण तपईहामी युवाहरुले नै गर्ने हो राज्य त एउटा बाटो देखाउने मात्र हो । राज्यले समाजको हरेक कुना कुनामा देख्न सक्दैन त्यसैले त्यस ठाउमा तापाई हाम्रो नजर पुग्न जरुरि छ  । गरे असम्भब केही छैन । ओस्कार पिस्टोरिसका दुवै खुट्टा थिएन तर पनि उनि सफल धावक बन्न सके विथोभेन जो सुन्न सक्दैनथे तर पनि उनि महान संगीतकार बन्न सके ।

जेङ्तावो जसको दुवै हात थिएन तर पनि उनि प्रसिद्द स्विमर बन्न सके लुइस ब्रेल दुवै आखा देख्दैनथे तर पनि उनले ब्रेल लिपिको अविस्कार गर्न सके । स्टिफन हकिङ् बोल्न सक्दैनथे तर पनि उनि महान बैज्ञानिक बन्न सके । त्यसकारण तपाईले गर्न नसक्ने कुरा केहि छैन । इच्छा सक्ति लिएर अघि बढ्दा हरेक कुरा पुर्याउन सकिन्छ । जब सम्म समाज सभ्य बन्दैन तब सम्म देश सभ्य हुदैन । असभ्य समाजको धनि नागरिक हुनु भन्दा सभ्य समाजको गरिब नागरिक हुनु बेस हुन्छ।

708 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank