न झाडी न चर्पी

आइतवार, चैत्र १०, २०७५

loading...


‘यह तो वहि बात हो गई: तुम्हे ढुँडते हुए हम निकल गए तुम चलपडे हमे पानेको’ भएको ठ्याक्कै यस्तै हो । नेपालिहरु कामको खोजिमा बाहिरिने क्रम निकै तीव्र छ । कुनै भोजमा टपरी थापेर बसेको जस्तो लाईन वैदेशिक रोजगारिको फारम भर्नको लागि बसेकाहरुका देखिन्छ ।

फारम भरेर जाने त अलग भै’हाले, अर्को जमात गैरकानुनी रुपमा देश छाडिरहेकाछन-  कामकै लागि । तर, बिडम्बना के भने, हामी हाम्रो कामबाट पन्छिएर ठूलो भाग खोज्दै परदेशिन्छौं । र, यहाँ लत्याएर हिडेकै काम त्यहाँ ढुक्कले गर्छौं । यहाँ भने त्यही काम गर्न विदेशीहरु आउँछन् ।

हामी देख्न सक्छौं हरेक विकासे कार्यक्रमहरुमा विदेशी कामदारको उपस्थिती निकै धेरै हुने गर्दछ । कामकै लागि विदेशीएका नेपालिहरु भने विभिन्न बहानामा लुटिन्छन, ठगिन्छन । कतिपयको ज्यान जान्छ, कोहि अंगभंग भएर फर्किन्छन । जो जो फर्की आउछन उनिहरुको काम खोसिएको हुन्छ । समग्रमा भन्दा चर्पिको लोभमा झाडी फाँड्छन, तब न झाडी न चर्पी ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata