सिमसार क्षेत्रको महत्त्व

सोमवार, माघ २०, २०७६

loading...

- माधव ढकाल



सिमसार :

विश्वभर फेबु्अरी २ मा विश्व सिमसार दिवस मनाइ रहँदा यस सन् २०२० वर्षको नारा “सिमसार र जैविक विविधता” (Wetlands and Biodiversity) नेपालमा भने २१औँ शताब्दीमा आइपुग्दा सिमसार क्षेत्रको महत्त्व मानव जीवनसँग अन्तरसम्बन्ध रहँदा रहँदै आएको छ । सिमसार क्षेत्र जैविक विविधता र उर्वर भूमिले ढाकेको क्षेत्र हो सिमसार क्षेत्रले धेरै जिवजन्तु तथा पशुपन्छीलाई वासस्थान प्रदान गरेको हुन्छ ।

यस क्षेत्रमा वनस्पतिको विविधता पनि धेरै हुन्छ सिमसार क्षेत्र संरक्षणको लागि सन् १९७१ मा इरानको रामसारमा गरिएको सन्धी ‘रामसार सन्धी हो। नेपालले पनि उक्त सन्धीलाई सन् १९७५ मा रामसार सन्धि समर्थन गरी नेपालमा १० वटा सिमसार क्षेत्र रामसार क्षेत्रमा सूचीकृत रहेको छ । जसमा कोशीटपु वन्यजन्तु आरक्ष, जगदीसपुर ताल, घोडाघोडी ताल, बीस हजारी ताल, रारा ताल, फोक्सोन्डो ताल, गोसाईंकुण्ड, गोक्यो ताल, कास्कीको ९ वटा ताल समेत रामसार क्षेत्रमा सूचीकृत गरिएको छ ।

Wetlands in Nepal. Photo: THT

नेपालमा ताल संरक्षण समितिले नेपालको तालको टोपो नक्शाको अध्ययन गर्दा ५,३५८ प्राकृतिक ताल रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। साना ठुला गरी ३२५२ हिमताल छन् । तराई क्षेत्रमा १६३ वटा सिमसार छन् । तराई क्षेत्रमा मात्र २३०० भन्दा बढी पोखरीहरू रहेको छ । सन् २०१६ मा जैविक विविधता निश्चित मापदण्ड पुरा गरेका कास्कीका फेवा, रुपा, बेगनास, खास्टे, कमल पोखरी, गुइडे, निउरेली, दिपाङ्क र मैदी समेत सामूहिक रूपमा रामसार सुचीमा सुचीकृत गरेको छ । यी तालको पानीले ९२४ हेक्टर क्षेत्र ओगटेको छ । नेपाल सरकारले थप ४ वटा सिमसार क्षेत्रलाई रामसार सुचीमा सुचिकृत गराउन पहल गरी रहेको छ । नेपाल कुल क्षेत्रफलको ५ प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ ।

सिमसार क्षेत्र भन्ने बित्तिकै बाह्रै महिना पानी जमी रहने हिलो वा दलदल भएको क्षेत्र ताल तलैया पोखरी लाई सिमसार क्षेत्र भनिन्छ ।

सिमसार क्षेत्रको महत्त्व

पृथ्वीमा प्राकृतिक प्रणालीलाई सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । सिमसार क्षेत्रमा जमिन भित्र पानी पठाउन, वातावरण प्रदूषण नियन्त्रण गर्ने पारिस्थितिक प्रणालीमा सहयोग पुर्‍याउने काम गर्दछ । त्यसै गरी चराचुरुङ्गी वासस्थान र प्रजनन प्रणालीमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । प्रकृतिमा रहेका मानिस, जीवजन्तु तथा वनस्पति पानीमा आश्रित रहेका हुँदा चाहिने पानीलाई फिल्टर गरेर जमिन मुनि मूलका रूपमा वा भूमिगत जलस्रोतका रूपमा पानी आपूर्ति गर्ने कार्य यिनै सिमसार सिमसार क्षेत्रले गर्दछ । माछा, भ्यागुता, डल्फिन, गोही जस्ता गोही प्राणीको अण्डा पार्ने, बच्चा कोरल्ने, बच्चा हुर्काउने सम्पूर्ण जीवन प्रणाली नै पानीसँग जोडिएको छ । वन्यजन्तु गैँडा, बाघ तथा हात्ती जस्ता विश्वमा दुर्लभ मानिएका सिमसार क्षेत्रमा नै क्रीडास्थल बनाएर बाचेका हुन्छन् ।

पर्यटकीय गन्तव्य तथा समृद्धिको आघार बन्दै सिमसार क्षेत्र :

विश्व भरिका अधिकांश सुन्दर, मनोरम पर्यटकीय ठाउँ ताल-तलैयाको वा नदी किनारमा छन् । विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य ताल, सागर, नदीको किनारमा रहेकाले सिमसारको महत्त्व बढ्न गएको छ । नेपालमा पनि सिमसार क्षेत्रको आसपास कास्कीमा रहेका ९ वटा ताल, रारा ताल, चितवनको बीस हजारी ताल प्रमुख आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रूपमा फस्टाउँदै आइरहेको छ । विश्वमा कयौँ सिमसार क्षेत्रहरूले जैविक विविधता तथा पशुपन्छी संरक्षण र खोज अनुसन्धानमा अत्यन्तै धेरै सहयोग गरेको पाइन्छ । कृषि क्षेत्रमा समेत सिमसार क्षेत्रको आसपास पर्याप्त मात्रामा पानीको मुहान हुने भएकाले उत्पादनमा बढाउन भूमिका खेलेको छ, जसले गर्दा विश्वको कुल अर्थतन्त्रमा सिमसार क्षेत्रले योगदान पुर्‍याएको छ ।

सिमसार क्षेत्र संरक्षणमा समस्या र चुनौतीहरू :

विश्वमा सिमसार क्षेत्रको अवस्था हेर्दा करिब ८० प्रतिशत फोहोर तथा विषादी युक्त पानी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिमसार क्षेत्रमा फाल्ने गरेको पाइएको छ । सिमसार क्षेत्रमा आश्रित जीव जनावरहरूलाई प्रत्यक्ष रूपमा असर पर्ने गरेको छ । कतिपय जलचरको अस्तित्व लोभ हुने अवस्था पुगेको छ । नेपालमा हेर्ने हो भने सिमसार क्षेत्र मासेर खेतीपाती गर्ने सहरीकरणको विस्तार, खेल मैदान, अव्यवस्थित रूपमा सडक निर्माण, भवन, बगैँचा निर्माण, डोजर आतङ्कले सिमसार क्षेत्रमा भूक्षय, जमिन अतिक्रमण गरिएका छन्, पछिल्लो समय जलवायु परिवर्तनको कारणले पनि सिमसार क्षेत्रलाई असर पुर्याएको पाइन्छ । विस्तारै सिमसार क्षेत्रमा भएका जलचर प्राणी जडीबुटीहरूको संरक्षणमा खासै प्रदेश तथा सङ्घीय सरकारले दिएको पाइँदैन ।

अन्त्यमा पछिल्लो समय नेपाल सरकारले सिमसार, पानीका मुहान, पोखरी जस्ता क्षेत्र संरक्षणमा अर्थनीतिमा उल्लेख गरेरै संरक्षण गर्न स्थानीय तह देखि केन्द्रीय सरकारले अभियानकै रूपमा अगाडी बढाएको छ । विभिन्न पर्यापर्यटनका लागि जैविक विविधता तथा वन्यजन्तु संरक्षणका लागि सिमसार क्षेत्र संरक्षण गर्न सामुहिक अवधारणा बनाएर अघि सारेको पाइन्छ  । विभिन्न नीतिगत व्यवस्था जस्तै राष्ट्रिय वन नीति, सिमसार नीति, जैविक विविधता संरक्षण नीति तथा गैर सरकारी संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग मार्फत सिमसार क्षेत्रको व्यवस्थापन तथा सदुपयोग गर्ने काम भइरहेको छ ।

माधव ढकाल
वातावरण संयोजक
वातावरण संरक्षण परियोजना

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments