शेरबहादुर तामाङको राजीनामा र उब्जिएको प्रश्न

मङ्लबार, साउन १५, २०७५

loading...

- उशाकला राई



- उशाकला राई

पद आउँछ जान्छ, ठुलो विषय होइन । मन्त्री र सांसद बन्नु पनि ठूलो कुरो होइन । हामी कसैलाई ठूलो लाग्दो हो भने त्यो पनि ठुलै भ्रम हो भन्ने मलाई लाग्दछ । किन भने यो महत्त्वपूर्ण जिम्मेवारी मात्र हो र पद सधै अस्थायी हुने गर्छ तर कामको आधारमा कमाइने प्रतिष्ठा सधैं बाचिरहन्छ ।

सन्दर्भ जोड्न खोजेको मैले के हो भने शेरबहादुर तामाङको मन्त्री पदको राजीनामा र  राजीनामासँगै उब्जिएको प्रश्न ।

मुलुक भ्रष्टाचारले आक्रान्त छ । भ्रष्टाचारको अन्त्य विना समृद्धि निर्माण हुन सक्दैन । भ्रष्टाचार अन्त्य गरेर समृद्धि निर्माण गर्ने अभियानमा लागेको यो सरकार र सरकारको नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्रीको निर्देशन बमोजिम कुरा मात्र होइन काममा निष्ठा देखाए शेरबहादुर तामाङले । सोझा र इमानदार मात्र होइन मलाई त उहाँ गौतम बुद्ध जस्तै लाग्छ ।

मान्छेको हद हुन्छ, हद भन्दा सान्त सुशील मान्छे हो उहाँ । श्रीमानले श्रीमतीलाई माया मात्र होइन सम्मान पनि दिनुपर्छ मलाई तेस्तो लाग्थ्यो । यो जगतमा, मेरो यो जुनिमा कुनै लोग्ने मान्छेबाट मैले पाएको उच्च सम्मान उहाँबाटै हो । महिलाको आत्मसम्मान, पहिचानको विषयमा म लडेको पहिलो संविधान सभा र उहाँको साथ म जीवनमा विर्सन सक्दिनँ ।

शेरबहादुर तामाङ जब कानुनमन्त्री बन्नुभयो । उहाँले दुस्साहसी काम थालनी गर्नुभयो । यस मानेमा दुस्साहसी हो कि भ्रष्टाचारले आक्रान्त यो मुलुकमा भ्रष्टाचार अन्त्य गर्छु त्यो पनि कानुन बनाएर भन्नू निकै जटिल कुरा हो भन्ने म बुझदै थिएँ ।

भ्रष्टाचार अन्त्य गर्ने, न्यायलयको पादर्शिता, न्यायलयको स्वच्छता, न्यायाधीशहरुको सम्पत्ति सार्बजनिक हुने व्यवस्था, सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको सम्पती सार्वजनिक गर्ने, र दातृ राष्ट्रहरूबाट हाम्रो मुलुकमा आउने पैसा पारदर्शी र एकद्वार प्रणालीअनुसार हुनु पर्ने बिषयहरु चानचुने थिएनन् ।

यो कामको थालनी कम्तीमा शेरबहादुर तामाङले गर्नुभयो । म एउटा व्यक्ति जसले उहाँलाई नजिकबाट चिन्दछु । उहाँले गरेको कामप्रति नत मस्तक छु । एकचोटि सलाम कमरेड भन्न मन लागेको छ ।

धेरै साथीहरूको स्ट्याटसमा शेरबहादुरको समर्थन गर्दै उल्लेख छ सत्यको जित कहाँ हुन्छ र सतिले सरापेको देशमा ।

तर साथीहरू !!!
भगवान गौतम बुद्धले भनेका छन् संसारमा तीन कुरा लामो समय छुप्दैन ती हुन चन्द्र, सूर्य र सत्य ।
सत्य बाहिर आईसकेको छ । सत्य बाहिर आउदै जानेछ ।
उहाँको बङलादेशमा पढ्ने हाम्री छोरीहरूको चित दुखाउने कुनै नियत थिएन बरु हाम्री छोरीहरूले अर्काको देशमा भोग्नु पर्ने समस्या र हिंसा अन्त्य गर्नु पर्ने आवश्यकता उजागर गर्न खोज्नु भएको थियो । शब्द, शब्द खोज्दा एउटा शब्दले चेलीहरूको चित दुखेकोमा आफैँ दुःखी हुँदै माफी माग्नु भो त्यतिले पुगेन नैतिकताको आधारमा राजीनामा दिनुभयो ।

उहाँले पत्रकार सम्मेलनमा भक्कानिदै भनेका शब्दहरु !
उहाँले थालेको भ्रष्टाचार विरोधी अभियान अव हाम्रो काँधमा आएको छ । त्यो सरकारले पुरा गरोस् ।

यो विषयमा, न्यायको पक्षमा उभिएर हामीलाई ऐक्यवद्धता गर्नूहुने, हामीलाई घरमै आएर सान्त्वना सद्भाभाव प्रकट गर्नु्हुने, फोनमार्फत भन्नू हुने र फेसबुक ट्विटरमार्फत आफ्ना अमुल्य भनाई लेखेर साथ दिनुहुने हाम्रा नेता, नेतृत्व, बुद्धिजीवी, लेखक, पत्रकार तथा सर्वसाधरण जनताप्रति हार्दिक सलाम । हार्दिक आभार व्यक्त गर्दछु ।

877 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank