ठमेलमा ‘रेडलाइट एरिया’ को आवश्यकता

बिहिबार, फाल्गुन २४, २०७४

loading...

- संझना पौडेल



- संझना पौडेल

एक गाँस भातको लागि एक अंगालोभरी पुरुषलाई च्यापेर यौनको तिर्खा मेटाउन विबश छिन उनी । ग्राहक सोफामा बसेर कर्के नजर लगाइरहेका हुन्छन, इशारासँगै आफुलाई र जवानीलाई लुटाउनु पर्ने बाध्यता छ, उनलाई। चुरोटको धुँवा, मदिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेकोलागि उनिहरु डान्स बारमा झुमिरहेका हुन्छन् । यो उनीहरुको दैनिकि नै हो । केही दिन अघि हामी ठमेलका बिभिन्न डान्स बारहरुमा गएका थियौं । यस्तै दृश्यहरुलाई नियाल्ने र खोतल्ने अवसर पनि जुट्यो ।

सिन्धुलीकी रश्मी (नाम परिवर्तन)ले भनिन ‘क्लाइन्टलाई तान्न सकिएन भने जागिर धरापमा पर्छ, त्यसैले पनि हल्का नांगिनुनै पर्छ ।

हो काठमाडौंमा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित रात्री व्यवसायका नाममा सञ्चालनमा रहेका डान्सबारहरुमा मनोरञ्जनको बाहानामा अन्य कुराहरु पनि हुने गरेको छ । डान्सको बाहानामा साङ्केतिक यौनसँग जोडिएकाले काठमाडौंका डान्सबारहरु बिस्तारै ग्राहकका आकर्षणका केन्द्रविन्दु बनेका छन् ।

पोखराकी गीता पनि काठमाडौंमा मोडल बन्ने रहरले आएकी हुन्, तर उनलाई आफन्तलेनै डान्सबारमा कामको लागि पुर्याइदिए । शूरुमा वेटरको काम गरिन । दिनहुँजसो ग्राहकले हात तान्ने, सँगै बस भन्ने, जुठो खान दिने बानी गर्दा गर्दै उनी त्यही बारमा नर्तकिको रुपमा काम गर्न विबश भइन। ग्राहकलाई फकाउनु, धेरै रक्सी र चुरोट बिकाउनु र जति सक्दो बिल उठाउनु उनीहरुको दायित्व हुन्छ, त्यसका लागि पातलो पहिरनमात्र होइन ग्राहकसँग टाँसिनु पर्ने बाध्यता पनि उनले सुनाइन ।

हैटौडाबाट काठमाडौं पढ्न आएकी सुहना कार्कि (नाम परिवर्तन)ले भनिन् ‘हिरोइन हुने सपनाले डान्सर बनायो, अब बाँकी जीवन कसरि बिताउँछु केही थाहा छैन । काठमाडौंमा गुपचुप कुमारीत्व लिलाम भइरहेको हुन्छ उनका अनुसार, कसैले काम दिने भन्छन्, त कसैले दुख पर्दा दाम दिने भन्छन्, तर नराम्रो नजरलेनै हेर्छन । ‘घर जान्नौ ?’ जिज्ञाशामा उनले भनिन ‘दाइले थाहा पाउनु भएछ, मलाई भेटे भने मार्छु भनेका छन् ।

ओजश्वी (नाम परिवर्तन) नाम बताउने सँग केहीबेर अघिपनि कुरा भएको थियो । टेबुलको ग्राहकले पाँच सयको नोट दिँदा उनी हजारको नोट पाउने बितिकै ब्रा भित्रै छिराउन दिन्छिन् । रात ढल्दै गएपछि एउटै नर्तकिले एउटै नाचले दुईतिर निशाना बनाइरहेका हुन्छन् । त्यसैलेत डान्सबारको कारोबार एकाएक उकालो लागेको छ ।

जब रक्सिले मातेर ग्राहाकहरु लठ्ठै हुन्छन्, तब सुरु हुँदो रहेछ मोलमोलाइ । ‘आज जाने हो ?’ नशाका सुरमा चुर भएर ग्राहकले हाकाहाकी भनेपछि ह्वीस्की अरु थपिन्छ । वेटर बनेर तीन वर्षदेखि कार्यरत रीना राना (नाम परिवर्तन) भन्छिन्न ‘राति अफिसलेनै घर पु¥याउने भएकाले रुममा गइन्छ । अनि मात्र कुराकानी हुन्छ ।’ मन मिल्यो भने सबै पनि गरीन्छ ।

उनका अनुसार पछिल्लो समय रात्री व्यवसाय सरकारको पनि नजरमा परेकाले समस्या भएको छ । व्यापारी, ठेकेदार र केही धनीमानीहरुले माया गर्छन् औँठी, नेकलेश, बाला उपहार दिन्छन् । कोहीकोहीले फ्लाटनै दिएर पनि राख्छन् । तर आफ्नो उमेर भन्दा धेरै कम नातानै लगाउने हो भने नातिनी सम्मकासँग घरबार कति नै टिक्छ र ? तैपनि नक्कली विवाह गरेर सक्कली जीवन बर्बाद पार्ने कम छैनन् काठमाडौंमा ।

एक हिसाबले गैरकानुनी मानिने यौनको शीकार हुन पुगेका छन् , डान्स बारमा काम गर्नेहरु । तर यसमा लगानी गर्ने र काम गर्नेहरु भविष्य सुरक्षित देखिरहेका छैनन् । अर्कातिर राज्यले पनि कडाइ गरिरहेको छ ।

यौनसँग जोडिएकाले महंगो पनि भएकाले ग्राहक तान्नु र व्यापार गराउनु डान्सरको बाध्यता छ । प्रहरी प्रशासनलाई खुशी पार्नु मालिकहरुको बाध्यता पनि अर्कोतिर छ । ठमेलको रात्री जीवन अघोषित ‘रेडलाइट एरिया’ बन्ने भनेर तर्कवितर्क सुरु भएको छ । कानुनी घेरामा ल्याउनु पर्ने आवाज पनि चर्को रुपमा उठेको छ । जे जस्तो भएपनि समयको माग अनुसार सरकारले बार र त्यसमा काम गर्नेहरुलाई सुरक्षीत बनाउन सही कदम चाल्नुपर्ने देखिन्छ ।

3349 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank