कर आतंकको दृश्यहरु

सोमवार, भदौ ४, २०७५

loading...

- पासाङ तामाङ



- पासाङ तामाङ

किसानले आफुले उब्जाएको अनाज पहिला आफ्नो परिवारलाई भरपेट खुवाउने अनि मात्र राज्यलाई कर तिर्ने भनेर जसले कुरा उठाए उसैलाई मृत्युदण्ड दिईन्थियो । गरिब जनतालाई मृत शरीरमा अग्नि संस्कार गर्ने दाउरामा समेत कर लगाएपछि मृत शवहरु या त एकै ठाउमा धेरैवटा जलाउन बाध्य थिए ।  कति शवहरु सडेर जाने जनावरले खाने जस्ता भयभावक बिकराल अवस्था सिर्जना भएको थियो ।

हरेक बस्तुमा लगाएको करको कारण सारा मगतबासी आतंकित थिए । ३२३ पु. मा मगतका अत्याचारी राजा धनान्दको शासनकालमा भएको कर आतंकको यो एउटा किस्सा मात्र हो।

वर्तमान परिप्रेक्ष्यमा विशेष गरि स्थानीय स्थिरमा जताततै सर्बत्र कर वृद्धिको असन्तुष्टिहरु व्यापक रूपमा चुलिरहेको देखिन्छ विभिन्न शिर्षकका जथाभावी अशुल गरिरहेको कर बाट गरिब जन्ता आजित भएको देखिन्छ । वास्तवमा सफल राज्य संचालको निम्ति कर प्रणाली स्पष्ट र न्यायोचित हुन जरुरी हुन्छ जसलाई निसदेह रूपमा कार्यान्वयन गर्न सकियोस् ।

राज्य हाक्ने लोकतान्त्रिक सरकार जनतासंग सदैव जवाफदेही हुन पर्छ पारदर्शी हुन पर्छ ।  साथसाथै हरेक कार्यक्रमहरु जनताको हित बिपरित हुनु हुदैन। अर्कोतिर सरकारले अघि सारेको हरेक कार्यक्रमलाई यथोचित ढंगले साथ दिनु एउटा असल नागरिकको कर्तव्य मात्र नभएर दायित्व पनि हो  । तर आजको शृंखलाहरु , दृश्यहरु ठिक बिपरित देखिन्छ सरकार जताततै करको बोझ थोपार्न तल्लीन देखिन्छ । नागरिकले यसलाई सकारात्मक लिईरहेको देखिदैनन् ।

अर्कोतिर संघीय शासन चल्दैन भनेर हामीले त हिजैदेखि भनेकै थियौ त्यसैको परिणाम हो यो भनेर भ्रामक सम्चारहरु फैलाउने अराजक समुहहरुलाई अझै यसले बल पुगेको छ । वास्तवमा कुनै पनी प्रणाली आफैमा कम्जोर हुदैन ।  यसकाे कार्यन्वयन र ब्यबस्थापन पक्ष मुल बिषय हो  । त्यसैले दोष शासन प्रणाली लगाउन कुनै तुक छैन  ।  साथ साथै यो बहस वर्तमान परिपेक्षमा समय अनुकुल नहुन सक्छ ।

नागरिकले राज्यबाट पाउने न्युनतम आधरभुत आवश्यकताको कुराहरु महशुस समेत गर्न पाउदैन भने लोकतन्त्र जिवित रहन सक्दैन ।  लोकतन्त्र भनेको बहुमतको मत लिएर सरकार बनाउने प्रक्रिया मात्र नभएर जनतालाई दिने सेवा , सुबिधा अनि सुरक्षाको डेलिभर पनि हो।

स्वास्थ्य, शिक्षा ,स्वच्छ खानेपानी, बिजुली ,बाटो घाटो जस्ता अधारभुत पुर्वधारका कुराहरुमा सरकारको समुचित लगानी हुन जरुरी हुन्छ । जनताले कर तिरेपछि त्यसवाफत सेवा र सुबिधाहरु पुर्णरूपमा उपभोग गर्न पाउन पर्छ । साथसाथै सेवा र सुबिधा उपभोग गरे वाफत कर तिर्नु जनताको दायित्व हुन आउछ ।

आज विश्वको विकसित मुलुकहरूको कुरा गर्दा नागरिकले सरकारको निति नियम भित्र रहेर पर्याप्त मात्रमा कर तिर्ने गर्छ । कर तिर्न नागरीकले कुनैपनि आपति जनाउदै संकोच मान्दैन सन्तुष्टि नै हुन्छ ।

किनभने तिरेको करको सम्मान हुन्छ । जुनजुन शिर्षकमा कर ,शुल्क तिरेको छ त्यहाँ सेवा र सुबिधा पर्याप्त उपलब्धता हुन्छ ।  नागरिकले तिरेको कर बापत नै नगरिकलाई स्वस्थको सेवा शिक्षाको सुबिधा आभासको सुबिधा लगायत पर्याप्त मात्रमा सामाजिक सुरक्षाको समेत सुनिश्चितता गरिदिएको हुन्छ । जति धेरै कर त्यति धेरै सुबिधा भएकोले नै नगरिकले सरकार संग तिरेको करमा प्रश्न चिन्न उठाउदैन । आज मैले तिरेको कर मेरै सुरक्षा र सुबिधाको लागि हो भन्नेमा सरकारको कार्यान्वयन पक्षले पुर्ण बिश्वास दिलाएको कारण नै कर तिर्न नागरिक सन्तुष्टि मात्र हैन कर तिर्नको निम्ति प्रोत्साहित हुने गर्छन् ।

तर हाम्रो मुलुकमा जनताले कर तिरेवाफत न स्वास्थ सुलभ छ न शिक्षा सुलभ छ न कुनै सामाजिक सुरक्षाको प्रत्याभूति नै छ बद्लामा जनता महंगिको चपेटाले आजित छन् ।  सरकार ले आफ्नो दायित्व पुरा नगरेकै कारण जनता सरकारले हरेक क्षेत्रमा वृद्धि गरेको कर संग निराश देखिन्छ। सेवा र सुबिधा बिनाको एकतर्फी कर नै जन्ता आतंकित हुनको मुल कारण हो।

यहाँ गम्भीर प्रकृतिको रोगको कुरा नगरौं जीवन भर जोडेको घर खेत बेचेर उपचार गर्दा गर्दै बिरामी सगै भएको जेथा समेत सकिनेहरु मात्र हैन सामान्य रुघाखोकीमा समेत सिटामोलको अभावमा सामान्य झाडापखालामा एक पुरिया जीवन जलको अभावमा मृत्यु वरण गर्नु परेको दृश्यहरु हाम्रो अँखा अगाडि जगजाहेर नै छ।

हरेक दुर्गम क्षेत्रमा एउटा कम्पनी पुग्न सक्छ चाउचाउ र कोकाकोला पुगेको छ तर हरेक बस्तुमा कर उठाउन पुग्ने सरकार एउटा जीवन जल र सिटामोल लिएर किन पुग्दैन  । सायद असन्तुष्टिका जवारभाटाहरुको मुल कारण पनि यहीँ हो । अर्कोतिर शत्तासिनहरु सामान्य रोगको उपचार समेत बिदेशको महंगा महंगा सुबिधा सम्पन्न अस्पतालहरुमा हुने गर्छ त्यो पनि राज्यको ढिकुटी बाट । एकातिर गरिब जन्ता भएकै कारणले एउटा सिटामोलको अभावमा एक पुरिया जीवन जलको अभावमा मृत्युवरण गर्नु पर्ने अर्कोतिर नेतृत्व तहमा पुगेकै कारणले राज्यको ढिकुटीमा अमनचयन गर्न पाउने काहासम्म न्यायोचित हुनसक्छ ।यो खाली एउटा दृष्टान्त मात्र हो।

एउटा गरिब किसानले कुखुरा बाख्रा कृषि जन्य कुराहरू बेचेर कर बुझाउछ एउटा सानो खुद्रा ब्यापारीले पनि नियम ऐनको पलना गर्दै कर बुझाउछ ।  तर ठुला ठुला ब्यापारी उद्योगपति हरुलाई भने कर फर्स्यौट आयोगले अर्बऔ रुपैया रजस्व मिनाहा गरिदिने गलत अभ्यास पनि हाम्रै मुलुकमा हुने गर्छ ।

दुई चार वटा हास ,कुखुरा, परेवा ,बाख्रा पालेर दुई चार लिटर दुध बेचेर दैनिक जीवन गुजारा गर्ने गरिब कृषक दुई चार वटा मकै पोलेर चट्पटे बेचेर हात मुख जोड्ने ब्यापारीको सानोतिनो उपार्जनमा राज्यले कर लगाएर राज्य समृद्धिमा जादैन जब सम्म राज्यमा उत्पादन र उत्पादकत्वको निम्ति बृहत् योजनाहरु हुदैन राज्य समृद्धिको महान अभियानमा सफल हुन सक्दैन ।

जब सम्म देशमा नै ठुला ठुला कल कारखाना उद्योग धन्दा ब्यापारको विकास हुदैन । उत्पादन र उत्पादकत्व बडदैन भने करको दायरा वृद्धि गर्ने बहानामा सानो तिनो झिना मसिना एउटा गरीब जनताको आय आर्जनमा नै नकारात्मक प्रभाव पर्ने तवरले करको भार थपिन्छ भने यसले राज्यलाई सहि मार्गमा डोर्‍याउदैन ।

आज जनताले एकैचोटी परिवर्तन खोजेको छैन ।  आज सुतेर भोलि उठदा परिवर्तन भएको हुन पर्छ भनेर पनि खोजेको छैन तर सरकारले चुनावमा कुन म्यान्डेट लिएर गएको थियो  । सोही अनुरुप कार्यक्रमहरु लक्ष्यित छ कि छैन भन्नेमा जन्ता केन्द्रित छ प्रारम्भिक चरणमा सरकारको कार्यक्रमहरु कम्तीमा पनि सकारात्मक दिशातिर दिशानिर्देशीत हुन पर्छ भन्ने हो । प्रणाली परिवर्तन सम्रचनाहरु परिवर्तन भए संगै केहि चुनौतीहरु अवस्थ नै छ तर चुनौतीहरुको बीचमा नै कुशल ब्याबस्थापन हुन जरुरी छ संसारको हरेक मुलुकहरु अव्यवस्थित भएकै कारण अविकसित भएको हो।

राज्यको नीति नियम अनि कानुनको परिधिभित्र रहेर नागरिकले सरकारको कार्यक्रमलाई सहयोग गर्नु कर्तव्य मात्र नभएर दायित्व पनि हो कर तिरे बाफत नागरिकले सेवा सुबिधा उपभोग गर्नु पाउन पर्छ ।नागरिकको पसिना कदर हुन पर्छ सरकार आफ्नु दायित्व बाट कुनैपनी हालतमा चुक्नु हुदैनन्  । अर्थतन्त्रको मेरुदण्ड नै रजस्व हो त्यसैले यो न्यायोचित र ब्याबस्थित गर्ने तिर समयमा नै सोच्ने हो की ।

 

382 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank