फड्को मार्दै सुदुरपश्चिम- पूर्वाधार विकासमा अर्बाैं लगानी

बिहिबार, मंसिर २७, २०७५

loading...

- पदमराज भट्ट



- पदमराज भट्ट

कैलाली ।  नेपाल–भारत आवागमनमा सहजता मात्र नभई सुदुरपश्चिम प्रदेशको समृद्धिसँग जोड्ने गरिएको महाकाली नदीको चार लेनको पक्की पुल निर्माणको गति द्रुत गतिमा अघि बढेको छ । पूर्वमा कर्णाली नदिदेखि पश्चिम महाकाली नदिसम्म फैलिएको सुदुरपश्चिम प्रदेशको विकास तीनै नदीबाट सुरुवात भएको छ ।

भारतको औद्योगिक क्षेत्रसँगै राजधानी नयाँ दिल्ली पनि स्थलदुरीका हिसाबले गड्डाचौकी नाका नजिकको दुरीमा रहेको छ । महाकाली नदीमा रहेको बनबाशा पुलमा आवागमनको असहजताले नाकाको चहलपहल घटेको लामो समय बितिसक्यो । महाकाली नदिमा गत बर्षदेखि थालिएको चार लेनको पुल बने सुदुरपश्चिमको व्यापार,व्यवसायको ढोका खुल्नेमा यहाँका व्यापारीहरु आशावादी देखिका छन ।

‘महाकालीमा पुल बनेर भारतसँग व्यापारीक नाकाका रुपमा पनि विकास गर्न सहज हुनेछ ।’ कञ्चनपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जंगलबहादुर मल्लले भने, ‘त्यस कारण पनि पुललाई समृद्धिको ढोकाका रुपमा हेरिएको हो ।’

mahakali 01

हाल सञ्चालनमा रहेको बनबाशा पुल जिर्ण भएकाले भारतले ठुला सवारीसाधनलाई दैनिक ६ घण्टा मात्रै सुचारु गर्ने गरेको छ । यहाँ भइरहेका राष्ट्रिय गौरवका आयोजना निर्माणको गति भने सुस्त नै देखिन्छ । महाकाली सिँचाइ तेस्रो चरणको मुल नहर निर्माणको काम प्रक्रियागत कारणले नै कछुवा गतिमा छ ।

बहुचर्चित पञ्चेश्वर र पश्चिम सेती परियोजना

बहुचर्चित पञ्चेश्वर परियोजना र पश्चिम सेती परियोजना दशकौंदेखि अघि बढ्न सकेका छैनन । झण्डै साढे तीन दशकदेखि रटान थालिएको पश्चिम सेती अझै बन्नेमा अन्यौलता नै छ । भने बेलाबखतमा चर्चा पाउने पञ्चेश्वर परियोजना बनाउने बनेको पनि दुई दशक बितिसक्यो ।

आर्थिक बर्ष २०६३/०६४ देखि निर्माण थालिएको महाकाली सिँचाइको नहर निर्माण हालसम्म १३ किलोमिटर पुगेको छ ।  महाकाली सिँचाइ तेस्रो चरणको कार्यालय भीमदत्तनगरका अनुसार निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पुरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर सिँचाइ सुविधा पुग्नेछ ।

mahakali02

सन् २०२२ सम्म पुरा गरिसक्ने स्वीकृत लक्ष्य रहेपनि सिँचाइ नहर निर्माणको गति भने सिन्तोषजनक देखिदैन । निर्माण अघि बढाउने भनिएको नहरको १५ किलोमिटर क्षेत्रमा मुआब्जा वितरणको काम भने अझै बाँकी छ ।

बर्खा सकिएसंगै महाकाली नदीमा भने पुल निर्माणले गति पाएको छ । पुलसंगै बन्ने पहुँचमार्ग र सहायक पुलहरु पनि एकसाथ निर्माण भइरहेको पुल निर्माण कम्पनी कुमार सीएसईसी जेभीका इन्जिनियर किशोरराज पाण्डेले भनाई रहेको छ ।

‘पहुँचमार्गमा पर्ने जग्गाको मुआब्जाका कारण केही समय सडक निर्माणमा गति लिन नसकिएको हो ।’ उनका अनुसार ‘पुल निर्माण तोकिएको समयमा हुन्छ ।’ पुल निर्माणको लागत रु ३ अर्व २७ करोड ९३ लाख ३४ हजार रहेको छ ।

रानीजमरा, कुलरिया सिँचाइ आयोजना

कर्णालीबाट रानीजमरा, कुलरिया सिचाई आयोजना अन्र्तगत कैलालीमा सिँचाईका लागि ठुलै योजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

पश्चिम महाकाली देखी कैलालीको मालाखेती सम्म सिँचाइ पु¥याउन महाकाली सिँचाइ तेस्रो चरणले १३ किलोमिटर मुल नहर निर्माण गरी १५ किलोमिटर नहर निर्माणलाई अघि बढाएको छ ।

कैलालीको २० हजार तीन सय हेक्टर क्षेत्र सिँचाइ सुविधा पुगाउने आयोजनाको लक्ष्य रहेको रानीजमरा, कुलरिया सिँचाइ आयोजनाको काम पनि निर्माणधीन अवस्थामै छ । सरकारी प्रक्रियामा हुने झन्झटका कारण समय÷समयमा काम प्रभावित हुन्छ । सिचाई आयोजना अन्र्तगत लम्की शाखा नहर निमार्णको काममा मुआब्जाका कारण पुनः प्रभावित हुने देखिएको छ । ‘हामीले वनको प्रक्रिया सकेर ६ किलोमिटर नहर निर्माण गर्दैछौं ।’

rani jamra 04jpgनहर निर्माणको जिम्मा पाएको कालिका–कुमार जेभीका कार्यक्रम प्रवन्धक सुनीलले भने–‘मुआब्जा लगायतका कारणले अब अघि बढ्ने अवस्था तत्काल छैन ।’ १४.७ किलोमिटर लम्बाइ रहेको लम्की शाखा नहर निर्माणको गत २०७३ साउन २३ गते रु १ अर्ब ७१ करोड ७९ लाख १५ हजारमा ठेक्का सम्झौता भएको थियो । रानीजमरा, कुलरिया सिँचाइ आयोजना कार्यालय टीकापुरका अनुसार पथरीयादेखि थप १८ किलोमिटर शाखा निर्माणका लागि सर्वेको काम हुँदैछ । आयोजनाका अनुसार नहर आधुनिकीकरणका लागि विश्व बैंकले झण्डै ६ अर्ब लगानी गर्दैछ । आयोजना अन्र्तगत नयाँ शाखाहरु निर्माणमा सरकारको लगानी छ ।

हाल १२ अर्व ६३ करोड लगानी रहेको आयोजना अन्र्तत कर्णालीको चिसापानीमा इन्टेक (मुहान) निर्माण सम्पन्न भइ करिब ५.८ किलोमिटर मुल नहर निर्माण समेत अन्तिम अवस्थामा रहेको छ । आयोजनाका कार्यालयका इन्जिनियर कृष्णबहादुर विष्टले आगामी बर्षदिनभित्र ८.८ मुल नहर र जलविद्युत निर्माणको काम सकिने बताए ।

‘आयोजनाको भौतिक संरचना निर्माणतर्फ ३६ प्रतिशत काम सकिएको छ ।’ उहाँले भन्नुभयो–‘शाखा नहर निर्माणको गति पनि बढ्दैछ ।’ आयोजना अन्र्तगत रानी, जमरा र कुलरिया गरी तीन वटा शाखा नहर विस्तार यसअघि नै भइसकेको उनले जानकारी दिए ।सिंचित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया, र मोहना नदीहरुमा तटबन्धन कार्य गर्ने लक्ष्य रहेकोमा हाल सम्म २१ किलोमिटर लामो भागमा तटबन्धनको काम भएको छ ।

मेडिकल कलेज

सुदुरपश्चिमको समृद्धिसंग जोडिएको कैलालीको गेटास्थित मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यले गति लिएको छ । सरकारले विसं २०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । मेडिकल कलेजका निर्माणाधीन अस्पताल भवनको पहिलो चरणको काम अन्तिमचरणमा पुगेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए ।

अस्पताल भवनका बाँकी तीन तलासहित अन्य सातवटा संरचना निर्माणका लागि हालै बोलपत्र आह्वानसमेत भइसकेको छ । पहिलो चरणमा कलेजको तीन तले अस्पताल भवन निर्माणको काम चाँडै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।

medical college 03 (1)

कलेजका लागि दुई तलाको र तीन तलाको गरी दुईवटा छुट्टा छुट्टै भवन निर्माणाधीन रहेकोमा ५५ प्रतिशत निर्माणकार्य पूरा भइसकेको छ । यस्तै पाँच तलाका दुईवटा छात्रवास भवनको काम पनि करीब ४० प्रतिशत पूरा भइसकेको छ ।

गेटा मेडिकल कलेज ६०० शैयाको निर्माण गर्ने लक्ष्य छ । कलेजको पहिलो चरणमा निर्माणाधीन अन्य कतिपय भौतिक पूर्वाधारको काम आर्थिक वर्ष २०७७÷७८ मा पूरा गर्ने लक्ष्य छ ।
भौतिक संरचना निर्माणका लागि हालसम्म रु ३ अर्ब पाँच करोडको ठेक्का भइसकेकोमा चालु आर्थिक वर्षमा थप १ अर्ब बराबरका संरचना निर्माणका लागि ठेक्का दिइएको छ ।
मेडिकल कलेज स्थापनाको घोषणासँगै खुशी भएका सुदुरपश्चिम प्रदेशवासी कलेजमा पठनपाठन सञ्चालन हुने योजनाको प्रतिक्षामा छन् ।

चमेलिया जलबिधुत आयोजना

सुदुरपश्चिमको राष्ट्रिय गौरबको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना गत माघदेखि सञ्चालनमा आएको छ । उक्त आयोजनाले १५–१५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ ।

बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २०६३ सालको पुसदेखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले २०६८ सालमा निर्माण सक्ने लक्ष्य राखिएपनि पटकपटक म्याद थप गर्दै ६ वर्ष ढिलो सकिएको छ ।

rani jamra 02

चमेलिया जलविद्युत आयोजनाले गएको पुसदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । साढे ८ अर्ब रुपैयामा निर्माण गरिसक्ने भनिएको आयोजनाको कुल लागत बढेर १६ अर्ब पुगेको आयोजनाले जनाएको छ । आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरेको हो ।

अन्य पूर्वाधार

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा सडक पुर्वाधारण निर्माणले प्राथमिकता पाएको छ । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा समेत उल्लेखनीय विकास हँुदै गएको छ ।
त्यसैगरी कैलाली–कञ्चनपुरमा हुलाकी सडक निर्माणाधीन अवस्थामा रहेको छ । सघनशहरी विकास कार्यक्रम अन्र्तगत विकास निर्माणको कामलाई प्राथमिकता दिइएको छ ।  स्थानीय तहहरुले पनि पुर्वाधारण लगायत अन्य विकासमा योजना बनाएर अघि बढेका छन ।

mahakali 04

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank