संघियता : पिशावको सीमाङ्कन नवनोस् !

बुधबार, पुस १३, २०७३

loading...

- सूनिलबाबु पन्त

जिनेटिक संरचना हेर्ने हो भने मानिस र चिम्पान्जिमा ९६.५ समानता छ । मानिस र बिरालोमा ९०.५ छ भने मानिस र मुसामा ८५.५ समानता छ । यस्तै मानिस र गाईमा ८०.५ छ भने मानिस र अर्को मानिसमा ९९.९५ समानता भएको बैज्ञानिकहरु बताउंछन् ।

जनावर र मानिसमा रहेको अर्को अहम भिन्नता भनेको मानिसमा रहेको दिमागको अग्रभाग (फ्रन्टल कोरटेक्स्ट) जनावरको दिमागको अग्रभागको तुलनामा निकै ठूलो हुन्छ । दिमागको अग्रभाग (फ्रन्टल कोरटेक्स्ट)ले नै मानिसको व्यक्तित्व निर्माण गर्ने र मानिसलाई कल्पनाशिल वनाउंछ । त्यसैले त मानिस नयाँ नयाँ उपायहरुको कल्पना गर्दै विकासको क्रममा हमेसा अगाडी वढिरहन सक्षम छ र अन्य प्राणि भन्दा श्रेष्ठ मानिन्छ । जनावरहरु आफ्नो जीवन रक्षाका लागि खास –खास भूगोलमा आफ्नो सीमा–क्षेत्र (टेरिटोरि) निर्धारण गर्छन ।  त्यस सीमा क्षेत्रको पिशाव गरेर सीमाङ्कन गर्छन् र हिंश्रक तरिकाले त्यसको रक्षा (डिफेण्ड) पनि गर्छन् ।

मानव विकासका क्रममा  मानिसहरुले भौगोलिक खास–खास सीमा क्षेत्र (टेरिटोरी) भित्रको सामुहिक बसोवास, जीवनशैली छाडेर जमिनलाई सम्पत्ति (प्रोपर्टि)को रुपमा जोड्ने, गुफा छाडेर घर वनाएर वस्ने, सीकार छाडेर कृषि पेशा अपनाउन थालेको पनि हजारौं वर्ष भैसकेको छ । अव त कृषी यूग तिब्र गतिमा बिस्थापित हुदै औद्योगिक यूगको विकासलाई पनि पछि पार्दै डिजिटल यूगमा मानव सभ्यता प्रवेश गरीसकेको अवस्था छ ।

इन्टरनेट, मोवाइल फोन जस्ता प्रविधिले राष्ट्र– राष्ट्रबीचको सीमा पनि तोडिदै छन ।  मानव–मानवबीचको सम्बन्ध संकिर्ण सामुदायिकता, भौगोलिकता वा राष्ट्रियताको सीमालाई भत्काउँदै ग्लोवल भिलेज (विश्व नै एउटा समग्र गाँउ ) बनिसकेको छ । तर नेपालमा संघियताको वहस जसरी अगाडि बढेकोे छ, मानौं केही समुदायका नाइकेहरु (जनावरले जस्तै) पिशाव गरेरै भए पनि आफ्नो सीमा क्षेत्र) सीमाङ्कन गर्ने र हिंस्रक रुपमै भए पनि त्यस सीमा क्षेत्रको रक्षा (डिफेण्ड) गर्न उद्दत देखिएका छन । यो मानव विकासको सहि दिशा हो जस्तो लाग्दैन । संघियताको बहस जनताको सुविधालाई केन्द्रमा राखेर हुनु पर्ने हो, ना कि केहि खास नेताहरुको ‘टेरिटोरी’ स्थापनाका लागि ।

281 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom