लोग्नीलाई काम अराउँदा पोइटिंग्रे, स्वास्नीलाई सघाउँदा जोइटिंग्रे, यो कस्तो समाज ?

बुधबार, फाल्गुन २५, २०७३

loading...

- शुकदेव थपलिया



- शुकदेव थपलिया

लुकेर रहेका समलिङगीहरुलाई पनि साथमा लिएर अगाडी बड्न सक्नुपर्छ

आजको युगमा नारी पुरुष समान हुन् भनिन्छ तर त्यतिले मात्रै पुग्दैन सबैलाई समान देख्न हाम्रो समाजमा लुकेर रहेका समलिङगीहरुलाई पनि साथमा लिएर अगाडी बड्न सक्नुपर्छ मानव जगत सबै एकै हो सबै मीली मानव अस्तीत्वको रक्षा गर्ने हो भने नारी दिवशमा हरेक मानवहरुको समान सहभागीता जरुरी छ । नारी एक्लैले मात्रै मनाईदै आएको नारी दिवशमा पुरुष र समलिङगीहरुको पनि सहभागीतामा र उनिहरुसँगको सहकार्यमा मात्रै हरेक दिवशहरको समाजमा अस्तीत्व रहन्छ भन्ने कुरालाई हामीले मनन गर्नु उचित हुन्छ ।देशका कानुनले कुनै पनि लिङगीय आधारमा विभेदका नितीहरु अबलम्बन गर्छ भने त्यो केवल एउटा अशान्तीको बिरुवा मात्रै रोपेको ठहरिन्छ भन्ने कुरालाई सरकारले कुन रुपमा हेरेको छ । समाज व्यवहार र कानुन हामीले नै बनाउने हो कसैलाई काखा कसैलाई काखा गर्ने हो भने अशान्ती खोज्न टाडा जानै पर्दैन त्यहीँ बाट सुरु हुन्छ कलहका रुपहरु ।

आज विश्वका थुप्रै देशमा नारी दिवश मनाउँछन् त्यसमध्ये एक नेपाल हो ।यहाँ बर्षौँ देखि नारी दिवशको दिन नारीहरु नाच्ने रमाउने भेला हुने ,गर्छन तर भोलिपल्ट देखि त्यो दिवशमा गरेका प्रतिबद्धताहरु बिर्सदै गर्छन अझै कुनै साल त सम्झने फुर्सद समेत हुँदैन ।ग्रामीण भेगमा त के नारी दिवश को कुरा गर्नूु दिउँसै पुरुषका खप्की खाँदै दिनहरु कटाईरहेका हुन्छन् अझै साँझ परेपछि त पुरुषले मनोमानी ढङगले नारीमाथि आफ्नो निर्णयहरु बर्षात सरी  बर्साउँछ ।
यसरी नै अर्को बर्ष आउँछ जान्छ यता शहरमा आधुनिक नारीहरुले पुर्ण आधुनिकतासँग परिचित भएझैँ अर्ध नग्न बस्त्रहरु लगाएर आफुलाई पुर्ण स्वतन्त्रता भएको आभाष गर्दै  दिवश मनाउँदै आएका छन् ।यशै दिवशको दिन पुरुषको गतिवधी हर्ने हो भने ठाँउ ठाँउमा गरिएको कार्यक्रममा सहभागीता जनाउँदै अनेकौँ प्रतिबद्धता व्यक्त गर्दछ तर घरसम्म पुग्दा उसले भनेका कुरा भुलिसक्छ र आँफैँ गर्न थाल्दछ पुरुषत्वको राज अनि आधा हिस्साको गफ केवल गफका लागी मात्रै सिमीत बन्न पुग्दछ । किनकी उसलाई नेपाली समाजको डर छ समाजले जोइटिंग्रे भएछ भन्छन् भन्नी डर यता नारीलाई पनि उत्तीकै अप्ठेरो आफ्नो लोग्नीलाई काम गराउँदा देख्नेले पोइटिंग्रे भन्लान भन्ने डर आखिर बाधक जुनै दृष्ट्रीकोणबाट पनि समाज नै हुन जान्छ ।अनि त्यै समाजमा बसेर परिवर्तनको कुरा गर्ने पनि हामी आफैँ हुन्छौँ ।
बिडम्बना बन्न पुग्छ यस्ता हरेक दिवशका यथार्थताहरुलाई व्यवहारमा उतार्न कमजोरीहरु सच्याउन सक्नुपथ्र्यो तर त्यसो भएन बरु कसैले सुरुवात गर्यो भने त्यसलाई पराष्त पार्न नारी पुरुष हामी नै लागी रहेका हुन्छौँ ।एउटा बसमा यात्रा गर्ने हामी यात्रीहरु यस्ता सबै कुरामा सबल भएका थियौँ भने आज किन पथ्र्यो त्यो बसको सिटमा महिला सिट भनेर आखिर फरक यहीँ त छ नजरहरु ,एक सोचाई अनेक ,व्यवहार अनेक व्यवहारिकतामा भने सन्नाटा नै छाउन पुग्छ । हाम्रो समाज जति नै आधुनिकतामा पुगे पनि उसले नारी र पुरुष बिचको अन्ततर केलाएरै बस्ने हो भने एक दिन हामी नेपाली धेरै पछुताउने अवसर समेत पाउने छैनौँ किनकी त्यसबेला सम्म अन्तराष्ट्रिय स्तरमा नारी र पुरुष बिचको लैङगीक विभेद पनि समाप्त भैसकेको हुनेछ ।

यता विश्वको सन्दर्भमा केलाउने हो भने धेरै नारीवादी आन्दोलनहरु भएका छन् ।नारीहरुले धेरै सफलता पनि प्राप्त गरेका ईतिहाँस पनि छन् तर नारीको सफलतालाई नारीले नै असहयोग गरेको घटनाहरु पनि छन् । जसले गर्दा पनि नारहिरको हक हितका कार्यक्रमहरु प्रभापकारी हुन नसकेको बताईन्छ । यती हुँदा हुँदे पनि हामी पुरुषहरुले नारी प्रति राख्ने दृष्ट्रिकोणमा केही सुधार गर्न नसक्नु मानव हितको पक्षमा छैन भन्ने हो ।भने नारी बाहेकको अर्को समलिङगी पक्षलाई गर्ने विभेदले गर्दा र उनिहरुमा निराशपनको स्थीती सम्म पनि दखाएको हालको यथार्थतालाई हामीले महसुस गरी व्यवहारमा उतार्न सक्नुपर्छ सबै हामी मिलेनै संसार चलेको छ कुनै एक बिना अर्को चल्न सक्दैन ,अस्तित्व रहँदैन,अर्थ छैन र विबल्प पनि छैन भने यस्तो परिपुरक सम्बन्धलाई प्रगढ बनाएर सँगै यात्रा गर्न किन अबेर गर्ने हामीहरु आज एक सेकेन्ड समयको धेरै महत्व छ ताकी एक सेकेन्ड समयले नै मानव कल्याणको हितमा र हरेक निर्णयहरु गर्ने हुन् ।

यदी सामान्य कुराहरुलाई भुलेर हिँडने हो अनि त्यही सामान्य कुराले महत्वपुर्ण बिषयहरुलाई प्रभाव पार्छ भने छोटै यात्राको बाटोबाट लामो यात्रा अगाडी बडाउन सक्नुपर्छ । दिर्घकालिन असर गर्ने बिषयहरुमा एक हो नारी र पुरुष बिचको विभेद यसले समाजलाई कहिले पनि कुनै पक्षमा साथ दिँदैन ।हाम्रो समाजमा नारी पुरुष बाहेकको अर्को पक्ष उभयलिङगीहरु पनि छन् ।यीनीहरुको पनि मानव अस्तीत्वको साथ अगडी लान सके झनै राम्रो र अतिउत्तम कदम हुन्छ भन्ने कुरामा सबैको ध्यान जानुपर्छ ।यता आज पनि नारीहरु लाई दिईएको हक र अधिकारको चरम दुरुपयोग हुँदै पुरुषहरुलाई सताँईदै आएका घटनाहरु पनि सार्वजानिक नभएका होईनन् । यदी हर मानवहरुको  अस्तित्वहरुको रक्षा गर्ने हो भने ,संसारमा शान्ती ,अमनचयन र स्थायीत्व बिकास मा लगाव राख्ने हो भने सबै लिङगीहरुको साथ र समथ्र्थनको खाँचो छ ।

कोही बिना कसैको अस्तित्व रहँदैन भने एक पक्षिय रुपमा अगाडी बड्नुको औचित्य नरहन सक्छ ।मानव मर्यादाहरु लाई ख्याल गर्ने हो भने मानविय संवेदमा आधारीत रहेर कार्य गर्नु उचित हुन्छ । नारी पुरुष र समलिगी बिचको मानविय सम्बन्धलाई हरेक दिवशले ख्याल राखोस र सबैलाई समेटेर अगाडी बडाउने निती लागु होस नारी दिवश एकदिनमा मात्रै केन्द्रीत नहोस भन्ने कुरा नै  हामी मानव जगतले कहिल्यै भुल्नु हुँदैन ।

952 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank