जीवन रोकिएको छैन, मुस्कुराउँदै फुल्दै छ

बिहिबार, चैत्र २७, २०७६

loading...

- दिवस खनिया



म एक नेपाली ! विश्वको जनसङ्ख्यामा कुनै औचित्य नराख्ने सङ्ख्या तर मनुष्य हुँ । यो धर्ती मेरो पनि घर हो। म नेपाल सरकारले लागु गर्ने लकडाउन अवधिभर घर भित्र आफ्नो परिवार बाहेक कोही सँग सम्पर्कमा नआएर बसिरहेको छु। मोटो हुन्छु, गोरो हुन्छु, दारी आउला, कपाल बढ्ला तर बिरामी हुँदैन । साथै अरूलाई पनि बिरामी हुनबाट जोगाउने प्रयास गर्छु। यो मेरो पारिवारिक, सामाजिक र अहिलेको राष्ट्रिय जिम्मेवारी हो। म जुन देशमा जन्मिएको छु, न हामी यहाँ आणविक परीक्षण गर्छौँ, न भाइरस परीक्षण गर्छौ । न त ठुलो मात्रामा पर्यावरणलाई क्षति पुग्ने किसिमको रासायनिक पदार्थको उत्पादन र प्रयोग, न त हामी कहाँ ठुला-ठुला उद्योग कलकारखाना छन्न ।  त प्रदूषण गर्ने अन्य उपाय, विश्व एउटा गाउँ हो भनेको सुनेको छु। यो कस्तो गाउँ हो जहाँ मैले शान्तिले सफा सास फेर्न पाएको छैन । शान्तिले बाच्न पाएको छैन ।

भ्रमण गर्न चाहिँ यहाँ देशहरूको भिसा चाहिने तर यहाँहरूले आविष्कार गर्नु भएको रोग, डर, त्रास बिना भिसा हामी कहाँ पठाउँदा हामी खपेर बस्नु पर्नेछु यसको जिम्मेवार को हो ? किन हामी शान्तिले बस्न नपाउने ? आफ्नो सभ्यता, संस्कृति त्यागेर गाउँ गाउँमा विदेशी सोच कसले ल्यायो ? पुरानो सभ्यता छोडेर जुत्ता लगाएर खाना खान कसले सिकायो ? हाम्रो देशमा निर्मित सुतीको वस्त्र छोडेर चिप्पिक टाँसिएको लुगा लगाउन कसले सिकायो ? तामाको भाँडा छोडेर मेलामाइनको भाँडामा खान कसले सिकायो ? नमस्कार छोडेर हात मिलाउन कसले सिकायो ? परम्परा काल देखि चलेर आएको क्रियाको वास्तविकता नबुझी कसले हटायो ? लास जलाउने जस्तो वैज्ञानिक विधि छोडेर गाड्न कसले सिकायो ? यी त केही उदाहरण मात्र हुन। नेपालीले यी कुराहरू बुझ्न सकेनन्। समग्र विश्वले हामीलाई बुझ्यो र डरायो। मनुष्यको जीवन आज रोकिएको छ। तर धर्ती मनुष्यको मात्र होइन सम्पूर्ण पर जातिको हो। तसर्थ जीवन रोकिएको छैन । मुस्कुराउँदै फुल्दै छ। हामीले आफ्नो जीवनमा सरलता ल्यायौँ भने जीवन फेरि मुस्कुराउँछ। हालको लागि घर(घरमा बसौँ, अनुशासित भएर हात धुने र सरसफाइमा ध्यान दिऊँ। जब महामारी टर्छ, जीवनशैलीमा सरलता ल्याऊँ।

नेपालमा बनेको, नेपालको उत्पादनलाई प्रोत्साहन गरौँ। करेसाबारीमा आत्मनिर्भरताको बिउ रोपौँ। फजुल खर्च कटौती गरौँ र सबैले आफू भन्दा कमजोरलाई सक्ने सहयोग गर्ने जीवनशैलीको सुरुवात गरौँ। कि सम्पूर्ण मनुष्य सुरक्षित हुन्छ, कि सम्पूर्णको विनाश भन्ने कुरा आज कोरोना भाइरसले प्रमाणित गरेको छ । मेरो घर, मेरो परिवार भन्ने परम्पराको अन्त होस र हाम्रो समाज हाम्रो देश भन्ने शब्दको प्रयोग बढोस्। मनुष्यको घमन्डले यो धर्ती केवल आफ्नो मात्र घर भन्ने गल्ती गर्‍यो। आज रोग र महामारीले हामी पनि केवल एक तुच्छ प्राणी मात्र हौँ भन्ने प्रमाणित गरिदिएको छ। यो धर्तीको सन्तुलन बिगारेको मनुष्यले हो। लोभ, विकास र आधुनिक जीवनको खोजले विनाश निम्त्याएको छ। जङ्गल काटेर घर-घरमा बाटो पुर्‍याउनु, नदीनालाको बालुवा र ढुङ्गामा नोट देख्नु, हातमा माटो लाग्ला भन्ने पिर गर्नु, आफ्नो बारीको उत्पादनको प्रयोग छोडेर प्याकेज खानामा रमाउनु जस्ता गल्तीहरू प्रति सचेत बनौँ। लाखौँ रुख काटेर एयरपोर्टको औचित्यको बारेमा सोचौँ। बिना स्वास्थ्य परीक्षण कुनै विदेशीलाई पर्यटनको नाममा भित्र्याउने बारेमा सोचौँ, सहर झलमल्ल गर्ने र चिल्लो सडक भन्दा ग्रामीण
स्वास्थ्य संस्थाका बारेमा सोचौँ, अनलाइन भन्दा ओनग्राउन्ड विकासको बारेमा सोचौँ। मनुष्यले यो युद्ध जित्छ तर यो गल्तीबाट विश्वले ज्ञान नलिए फेरि दोहोरिँदैन भन्न सकिने अवस्था छैन। यो सबै धनका लोभी बस्ने समाज हो जुन मेरो सामाजिक यात्रामा धेरै अनुभव गरेको छु।
आज कोरोनाले ल्याएको जीवन र मरणको अनिश्चितता र पैसाले उपचार नपाउने सबैभन्दा ठुलो डरले हामी सबैलाई एउटै सतहमा ल्याएको छ । कति धेरै गुनासो थिए हाम्रा मनमा अहिले कोरोना मात्र जाओस् ।म यो गर्छु, त्यो गर्छु, भन्ने भावनाहरू मस्तिष्कमा होलान्। भूकम्पमा नक्कली पीडितको लर्को देख्दा मेरो भित्री हृदय रोएको थियो।

ठुला-ठुला महल भएकाहरूले पनि रातो किताबलाई आफ्नो सामाजिक प्रतिष्ठाको रूपमा देखे। आज सरकारले, राजनीति दलले, सङ्घ सङ्गठनले केही गरेन भन्ने सुन्छु। भ्रष्टाचारको हामी ठुला-ठुला परिभाषा गर्छौ। जग्गा जमिन बेच्दा कर छल्ने, मालपोत मिलाउने, व्यापारमा कर छल्ने, बिल बढाएर भुक्तानी लिने, पद दुरुपयोग गरेर घुस लिने, प्रकोपमा कालोबजारी गर्ने, फाइदाको लागि नक्कली औषधी बेच्ने लगायत लाखौँ कुकर्म हामी गर्छौँ। कमाएको, लुटेको धन काम नलाग्ने होला भनेर कहिल्यै सोच्न नसक्ने हाम्रो घमन्ड हल्लाउँदै अहिले कोरोना आएको छ। मरिन्छ कि भन्ने पिर मनुष्यमा हुनु स्वाभाविक हो र कुकर्म गर्नेमा अझै बढी हुनु पनि स्वाभाविक हो। अब त पैसा छ कसले के
गर्न सक्छ मलाइ ? यो देशको कानुनले छुन सक्दैन, चुनाव त म जितेर आइहाल्छु, छोराछोरीलाई विश्वमा जहाँ जान पनि कसले रोक्नेछु, भन्नेहरू पनि अहिले डराएर बसेका छन्।

लुट भन्दा पहिलेको हिँडाइ सम्झनुस् त्यस त्यो सरल खाना, त्यी कहिलेकाहीँ मात्र आउने पाहुना, त्यो सरल लुगा, त्यो रातीको अचेत निद्रा, त्यो सामाजिक सक्कली इज्जत, त्यो पारिवारिक एकता र प्रेम। अहिले समय आएको छ । अब आफूले गरेको कुकर्मको पश्चात्ताप गर्ने र यो महामारीबाट जीवित रहे सुधार हुने हृदय सङ्कल्प गर्नेमनको शान्तिका लागी अचुक औषधि भनेको एक्लो समय बिताउनु नै हो। अन्तमा, कोरोनाले नेपाल र नेपालीको केही बिगार नगरोस् तर हरेक व्यक्तिलाई लोभमुक्त र इमानदारीता सिकाएर जाओस् । श्री पशुपतिनाथले सबैको रक्षा गरून्। मेरो लेखाइले कसैको मन दुख्यो भने आफू परिवर्तन हुनुहोला म क्षमा पार्थी छैन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments